Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › गर्मी र जाडो

प्रकृति

बाइबलमा गर्मी र जाडो

पवित्र बाइबल (ULB) का 40 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

  • बीउ छर्ने समय र कटनी, चिसो र गर्मी, गर्मी र जाडो कहिल्यै रोकिनेछैनन्उत्पत्ति 8:22
    पदहरू
    उत्पत्ति 8:22पृथ्वी रहुञ्‍जेलसम्म बिउ छर्ने र कटनी गर्ने समय, जाडो र गर्मी, ग्रीष्‍म र हिउँद अनि दिन र रातको अन्त्य हुनेछैन।
  • ऋतु, दिन र वर्ष चिनाउन आकाशमा ज्योतिहरूउत्पत्ति 1:14, भजनसंग्रह 104:19
    पदहरू
    उत्पत्ति 1:14परमेश्‍वरले भन्‍नुभयो, “दिनलाई रातबाट अलग गर्नको निम्ति आकाशमा ज्योतिहरू होऊन् र तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरूका निम्ति चिन्हहरू होऊन्।
    भजनसंग्रह 104:19उहाँले चन्द्रमालाई ऋतु चिनाउनलाई तोक्‍नुभयो। सुर्यले आफ्‍नो अस्ताउने समय जान्दछ।
  • एउटा भजन: तपाईंले गर्मी र जाडो बनाउनुभयोभजनसंग्रह 74:17
    पदहरू
    भजनसंग्रह 74:17तपाईंले पृथ्वीको सबै सिमाना तोक्‍नुभएको छ। तपाईंले हिउँद र ग्रीष्म बनाउनुभएको छ।
  • समयमा वर्षा: शरद् र वसन्तका वर्षाव्यवस्था 11:14, योएल 2:23, यर्मिया 5:24
    पदहरू
    व्यवस्था 11:14म तोकिएको ऋतुमा तिमीहरूको देशमा अगिल्लो वृष्‍टि र पछिल्लो वृष्‍टि पठाउने छु, ताकि तिमीहरूले तिमीहरूको अन्‍न, नयाँ मद्य र तेल जम्मा गर्न सक।
    योएल 2:23ए सियोनका मानिस हो, खुशी होओ, आफ्‍ना परमप्रभु परमेश्‍वरमा आनन्दित होओ। किनकि उहाँले ठिक समयमा चाँडै शरदको वर्षा दिनुहुनेछ, र तिमीहरूका निम्ति झरी पार्नुहुनेछ, पहिलेझैं नै शरद् र बसन्तका दुवै झरी हुनेछन्।
    यर्मिया 5:24किनकि तिनीहरूले आफ्ना हृदयमा यसो भन्दैनन्, “हामी परमप्रभु हाम्रा परमेश्‍वरको भय मानौं जसले वर्षा ल्‍याउनुहुन्‍छ, हामीले खेति गर्नुपर्ने हप्‍ताहरूमा, ठिक समयमा अगिल्लो र पछिल्लो वर्षा दिनुहुन्‍छ।”
  • वसन्तमा, जब राजाहरू युद्धमा निस्कन्छन्२ शमूएल 11:1
    पदहरू
    २ शमूएल 11:1बसन्त ऋतुमा यस्‍तो भयो, यो समयमा राजाहरू सामान्यतया युद्धमा जान्छन्, जसले गर्दा दाऊदले योआब, तिनका सेवकहरू र इस्राएलका सबै फौजलाई पठाए। तिनीहरूले अम्‍मोनका फौजलाई नाश गरे र रब्बालाई घराबन्दी गरे। तर दाऊदचाहिं यरूशलेममा नै बसे।
  • दाख टिप्ने समयसम्म दाँई, बीउ छर्ने समयसम्म दाख टिप्नेलेवीहरू 26:5
    पदहरू
    लेवीहरू 26:5दाख बटुल्‍ने समयसम्मै तिमीहरूले दाइँ गर्ने छौ, र रोपाइँको समयसम्मै दाख बटुल्‍ने छौ। तिमीहरूले भरपेट रोटी खाने छौ र भूमिमा तिमीहरूले जहाँ आफ्नो घर बसाल्छौ त्यहाँ सुरक्षितसाथ जिउने छौ।
  • रूथ जौको कटनीको सुरुमा आइन् र गहुँ भित्र्याइन्जेल सिला बटुलिन्रूथ 1:22, रूथ 2:23
    पदहरू
    रूथ 1:22यसरी तिनि र तिनकी मोआबी बुहारी रूथ मोआब देशबाट फर्के। तिनीहरू बेथलेहेममा जौको कटनी सुरु हुने समयमा आइपुगे।
    रूथ 2:23त्यसैले तिनी जौ र गहूँको कटनीको अन्तसम्म शिला-बाला जम्मा गर्न बोअजका महिला कामदारहरूको नजिकै रहिन्।
  • गहुँको कटनीमा शमूएलले गर्जन र वर्षा मागे१ शमूएल 12:17–18
    पदहरू
    १ शमूएल 12:17–18के आज गहुँ कटानीको समय होइन? म परमप्रभुलाई पुकार्छु ताकि उहाँले गर्जन र झरी पठाउनुहुनेछ। तब तिमीहरूको दुष्‍टता माहन् छ भनी तिमीहरूले जान्‍ने र देख्‍नेछौ, जुन तिमीहरूले आफ्नो निम्ति राजा मागेर परमप्रभुको दृष्‍टिमा गरेका छौ।” त्यसैले शमूएलले परमप्रभुलाई पुकारा गरे। अनि त्यसै दिन परमप्रभुले गर्जन र झरी पठाउनुभयो। तब सबै मानिस परमप्रभु र शमूएलको भय धेरै भयो।
  • याकूबका वर्षहरू: दिनमा गर्मी र रातमा तुसारोउत्पत्ति 31:40
    पदहरू
    उत्पत्ति 31:40मेरो हालत यस्तो थियो, कि दिउँसो गर्मीले मलाई पोल्थ्यो भने राती चिसोले ठिर्‍याउँथ्यो। मलाई निद्रा लाग्दैनथ्यो।

गर्मी

  • एग्लोन आफ्नो माथिल्लो कोठाको शीतलतामा बसेन्यायकर्ताहरू 3:20, न्यायकर्ताहरू 3:24
    पदहरू
    न्यायकर्ताहरू 3:20एहूद तिनीकहाँ आए। राजाचाहिं माथिल्लो शीतल कक्षमा एक्लै बसिरहेका थिए। एहूदले भने, “मसँग तपाईंको निम्ति परमेश्‍वरको एउटा सन्देश छ।” राजा आफ्नो ठाउँबाट उठे।
    न्यायकर्ताहरू 3:24एहूद गइसकेपछि, राजाका सेवकहरू आए। तिनीहरूले माथिल्लो कक्षका ढोकाहरूमा ताल्चा लागेको देखे। यसैले तिनीहरूले विचार गरे, “पक्‍कै पनि उहाँ माथिल्लो शीतल कक्षमा दिसा गरिरहनुभएको होला।”
  • जाडोका घर र गर्मीका घरआमोस 3:15
    पदहरू
    आमोस 3:15म हिउँदमा बस्‍ने घरलाई गर्मीमा बस्‍ने घरसँगै नाश गर्नेछु। हस्तिहाडका घरहरू नाश हुनेछन्, र ठुला-ठुला घरहरू लोप हुनेछन् — यो परमप्रभुको घोषणा हो।”
  • सीबाले दाऊदका निम्ति गर्मीका एक सय फल ल्याए२ शमूएल 16:1–2
    पदहरू
    २ शमूएल 16:1–2दाऊद डाँडाको चुचुरोबाट अलिकति पर पुग्दा, मपीबोशेतको नोकर सीबा केही गधाहरू जीन-काठी कसेर दाऊदलाई भेट्न आए। तिनमा दुई सयवटा रोटी, एक सय झुप्‍पा किसमिस, नेभारा एक सय झुप्‍पा र एक मशक दाखमद्य थिए। राजाले सीबालाई भने, “तिमीले यी कुरा किन लिएर आयौ?” सीबाले जवाफ दिए, “गधाहरू राजाका घरानालाई सवार हुन, रोटी र नेभाराका डल्लाहरू तपाईंका मानिसहरूले खान र दाखमद्यचाहि उजाडस्‍थानमा मूर्छित हुनेहरूका लागि पिउनलाई हुन्।”
  • गदल्याह: दाखमद्यका दाख, गर्मीका फल र तेल भाँडामा भण्डार गरयर्मिया 40:10, यर्मिया 40:12
    पदहरू
    यर्मिया 40:10हामीकहाँ आउने कल्दीहरूसित भेट गर्न म मिस्पामा बस्दैछु। त्यसैले तिमीहरूले दाखमद्य, ग्रीष्म ऋतुका फलहरू र तेलको खेती गर र आफ्ना भाँडाहरूमा जम्मा गर। तिमीहरूले छानेका सहरहरूमा बस।”
    यर्मिया 40:12त्यसैले सबै यहूदी आफू छरपष्‍ट भएको हरेक ठाउँबाट फर्के। तिनीहरू यहूदाको देशको मिस्पामा गदल्याहकहाँ फर्केर आए। तिनीहरूले प्रचुर मात्रा दाखमद्य र ग्रीष्म ऋतुको फल उत्पादन गरे।
  • कमिलाले गर्मीमा आफ्नो खाना भण्डार गर्छहितोपदेश 6:6–8, हितोपदेश 30:25
    पदहरू
    हितोपदेश 6:6–8ए अल्छे मानिस, कमिलालाई हेर्। त्यसका चालहरूलाई विचार गरेर बुद्धिमानी बन्। त्यसको कुनै अगुवा, हाकिम वा शासक हुँदैन, तरै पनि ग्रिष्म ऋतुमा त्यसले आफ्नो भोजन तयार गर्छ, र कटनीको बेला आफ्नो खानेकुरा सञ्चय गर्छ।
    हितोपदेश 30:25कमिलाहरू निर्बल प्राणी हुन्, तरै पनि तिनीहरूले ग्रीष्म ऋतुमा आफ्नो भोजन तयार पार्छन्।
  • गर्मीमा खलाको भुस, बतासले उडाएर लैजान्छदानिएल 2:35
    पदहरू
    दानिएल 2:35तब फलाम, माटो, काँसा, चाँदी र सुन सबै सँगै टुक्रा-टुक्रा भए र ती ग्रीष्म ऋतुमा अन्‍न चुट्ने खलाका भुसझैं भए। बतासले तिनलाई उडायो र त्यहाँ तिनका कुनै नाउँ निशाना रहेन। तर त्यो सालिकलाई हिर्काउने ढुङ्गोचाहिं एउटा ठुलो पर्वत बन्यो र त्यसले सम्‍पूर्ण पृथ्वीलाई ढाक्यो।
  • नेभाराको रूखमा पात पलाउँदा गर्मी नजिक हुन्छमत्ती 24:32
    पदहरू
    मत्ती 24:32अन्जीरको बोटबाट पाठ सिक। जब त्यसका हाँगाहरू कलिला हुन्छन् र पातहरू पलाउँछन्, तब ग्रीष्म ऋतु आउँदै छ भनेर तिमीहरूले थाहा पाउँछौ।
  • गर्मीको तापमा झैँ मेरो बल सुकेर गयोभजनसंग्रह 32:4
    पदहरू
    भजनसंग्रह 32:4किनकि दिन र रात ममाथि तपाईंको हात गह्रौं भयो। ग्रीष्‍टमको सुख्‍खाझैं मेरो बल सुक्यो।

जाडो

  • हिउँद बितिसक्यो; वर्षा सकियो र गयोश्रेष्ठगीत 2:11–13
    पदहरू
    श्रेष्ठगीत 2:11–13हेर, हिउँद बितिसकेको छ; वर्षा पनि सकिएर गयो। पृथ्वीमा फुलहरू देखा परेका छन्। छिँवल्ने र चराचुरुङ्गीहरूले गीत गाउने समय आएको छ, अनि हाम्रो देशमा ढुकुरहरूको सोर सुनिएको छ। अञ्‍जीरका बोटमा अञ्‍जीरका हरिया दाना लागिसकेका छन् र दाखहरूको मुजुरा लागेका छन्। तिनीहरूले आफ्ना बास्‍ना फिँजाउँछन्। हे मेरी प्रिय, मेरी सुन्दरी, उठेर आऊ।
  • नवौँ महिनामा राजा आगोको छेउमा आफ्नो जाडोको घरमा बसिरहेका थिएयर्मिया 36:22
    पदहरू
    यर्मिया 36:22नवौँ महिनमा राजा हिउँदमा बस्‍ने महलमा बसिरहेका थिए, र तिनको सामु मकलमा आगो बलिरहेको थियो।
  • वर्षायाममा मानिसहरू मुसलधारे पानीमा चोकमा काँप्दै बसेएज्रा 10:9, एज्रा 10:13
    पदहरू
    एज्रा 10:9त्यसैले यहूदा र बेन्यामीनका सारा मानिस तिन दिनमा यरूशलेममा भेला भए। यो नवौं महिनामा र उक्‍त महिनाको बाह्रौं दिनमा भएको थियो। सारा मानिस परमेश्‍वरको मन्दिरको सामुन्‍ने चोकमा खडा भए, र वचन र वृष्‍टिको कारणले थरथर काँपे।
    एज्रा 10:13यद्यपि, मानिसहरू धेरै छन्, र यो पानी पर्ने समय हो। बाहिर खडा हुन हामीसित ताकत छैन, र यो केवल एक वा दुई दिनको काम होइन, किनकि हामीले यस विषयमा घोर अपराध गरेका छौं।
  • जाडोमा समर्पणको चाड; येशू सोलोमनको दलानमा हिँड्नुभयोयूहन्ना 10:22–23
    पदहरू
    यूहन्ना 10:22–23त्यसपछि यरूशलेममा समर्पणको चाडको समय थियो। यो हिउँदको समय थियो र येशू मन्दिरमा सोलोमनको दलानमा हिँडिरहनुभएको थियो।
  • तिमीहरू हिउँदमा भाग्नु नपरोस् भनेर प्रार्थना गरमत्ती 24:20
    पदहरू
    मत्ती 24:20हिउँदमा वा शबाथको दिनमा तिमीहरू भाग्‍न नपरोस् भनी प्रार्थना गर।
  • उपवासपछि समुद्री यात्रा खतरनाक भयो; तिनीहरूले हिउँद बिताउन बन्दरगाह खोजेप्रेरित 27:9, प्रेरित 27:12
    पदहरू
    प्रेरित 27:9हामीले ज्यादै धेरै समय लगायौँ। यहूदी उपवासको समय पनि बितिसकेको थियो। सामुद्रिक यात्रा खतरनाक भएको थियो। त्यसैले, पावलले तिनीहरूलाई चेताउनी दिए,
    प्रेरित 27:12किनभने जाडो समयमा त्यो बन्दरगाहमा समय बिताउन सजिलो थिएन। त्यसैले, जहाज चालकहरूमध्ये धेरै जनाले जसरी भएपनि फोनिक्स सहरमा पुगेर जाडो बिताउनको लागि त्यहाँबाट यात्रा गर्न सल्लाह दिए। फोनिक्स क्रेटको एउटा बन्दरगाह हो, जुन उत्तर-पूर्व र दक्षिण-पूर्वपट्टि फर्केको छ।
  • अलेक्जेन्ड्रियाको एउटा जहाजले टापुमा हिउँद बिताएको थियोप्रेरित 28:11
    पदहरू
    प्रेरित 28:11तिन महिना पछि त्यस टापुमा हामीले अलेक्जेन्ड्रियाको जहाजमा यात्रा सुरू गर्‍यौँ, जुन हिउँदमा यसै टापुमा थियो, र त्यसमा जुम्ल्याहा दाजुभाइको तस्विर थियो।
  • पावलले निकोपोलिसमा हिउँद बिताउने निर्णय गरेतीतस 3:12
    पदहरू
    तीतस 3:12जब म अर्तिमास वा तुखिकसलाई तिमीकहाँ पठाउँछु, चाँडो गर, र निकोपोलिसमा आऊ, जहाँ मैले हिउँद बिताउने निर्णय गरेको छु।
  • पावल तिमोथीलाई: हिउँद लाग्नुअघि मकहाँ आउने भरमग्दुर कोसिस गर२ तिमोथी 4:21
    पदहरू
    २ तिमोथी 4:21हिउँद लाग्‍नुभन्दा अगाडि नै मकहाँ आउने कोसिस गर। युबुलसले तिमीलाई अभिवादन पठाएका छन् र पुडेस, लिनस, क्लौडिया र सबै भाइहरूले पनि।
  • ऊनझैँ फिँजाइएको हिउँ, खरानीझैँ छरिएको तुसारोभजनसंग्रह 147:16
    पदहरू
    भजनसंग्रह 147:16उहाँले हिउँलाई ऊनझैं बनाउनुहुन्छ। उहाँले तुषारोलाई खरानीझैं छर्नुहुन्छ।

हितोपदेशका भनाइहरू

  • गर्मीमा बटुल्ने बुद्धिमान् छोरा होहितोपदेश 10:5
    पदहरू
    हितोपदेश 10:5बुद्धिमान् छोरोले ग्रिष्म ऋतुमा फसल जोहो गर्छ, तर कटनीको समयमा सुत्‍नेले अपमान ल्याउँछ।
  • गर्मीमा हिउँ र कटनीमा वर्षाजस्तैहितोपदेश 26:1
    पदहरू
    हितोपदेश 26:1ग्रिष्म ऋतुमा हिउँ वा फसलको समयमा झरी परेझैँ मूर्ख आदरको योग्य हुँदन।
  • कटनीको समयमा हिउँको शीतलताजस्तैहितोपदेश 25:13
    पदहरू
    हितोपदेश 25:13कटनीको समयमा हिउँको शीतलझैँ विश्‍वासयोग्य दूत त्यसलाई पठाउनेहरूका लागि हुन्छ। त्यसले आफ्ना मालिकहरूको जीवन फर्काएर ल्याउँछ।
  • अल्छीले समयमा जोत्दैनहितोपदेश 20:4
    पदहरू
    हितोपदेश 20:4अल्छेले शरद् ऋतुमा जोत्दैन। त्यसले कटनीको बेला फसल खोज्छ, तर केहीँ पाउने छैन।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार