खोजी गर्नुहोस् › विषयहरू › बिच्छीहरू
प्रकृति
बाइबलमा बिच्छीहरू
पवित्र बाइबल (ULB) का 8 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- उजाडस्थानमा विषालु सर्प र बिच्छीहरू थिएव्यवस्था 8:15
पदहरू
व्यवस्था 8:15उहाँलाई नबिर्स जसले तिमीहरूलाई विषालु सर्प र बिच्छीहरू भएको पानी नपाइने विशाल र डरलाग्दो उजाड-स्थानबाट ल्याउनुभयो, जसले तिमीहरूका निम्ति चट्टानबाट पानी निकाल्नुभयो।
- बिच्छीहरूका बीचमा बसे पनि इजकिएललाई नडराउन भनिन्छइजकिएल 2:6
पदहरू
इजकिएल 2:6ए मानिसको छोरो, तँचाहिं तिनीहरूदेखि अथवा तिनीहरूका कुरादेखि नडरा। तँ सिउँडी र काँढा भए, अथवा तँ बिच्छीहरूका बिचमा बसे तापनि तँ नडरा। तिनीहरूका वचनहरूदेखि नडरा वा तिनीहरूका अनुहारहरूदेखि भयभीत नहो, किनकि तिनीहरू विद्रोही घराना हुन्।
- येशू चेलाहरूलाई सर्प र बिच्छीहरूलाई कुल्चने अधिकार दिनुहुन्छलुका 10:17, लुका 10:19
पदहरू
लुका 10:17सत्तरी जना आनन्दित हुँदै फर्के र भने, “प्रभु, तपाईंको नाउँमा भूतहरू पनि हाम्रो वशमा आउँछन्।”
लुका 10:19हेर, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुका सबै शक्तिमाथि कुल्चने अधिकार दिएको छु र कुनै कुराले तिमीहरूलाई हानि पुर्याउनेछैन।
भनाइहरू
- छोराले अण्डा माग्दा के बुबाले बिच्छी दिन्छ र?लुका 11:12
पदहरू
लुका 11:12अथवा उसले अन्डा माग्दा, तिमीले बिच्छी दिन्छौ र?
- रहबाम: मेरा बुबाले तिमीहरूलाई कोर्राले हिर्काए, म बिच्छीले हिर्काउनेछु१ राजाहरू 12:11, १ राजाहरू 12:14, २ इतिहास 10:14
पदहरू
१ राजाहरू 12:11त्यसैले अब मेरा पिताले तिमीहरूमाथि गरुङ्गो जुवा बोकाउनुभएको थियो। म त्यो अझै गरुङ्गो पारिदिने छु। मेरा पिताले तिमीहरूलाई कोर्रा लगाउनुभएको थियो, तर म तिमीहरूलाई बिच्छीहरूले डस्न लगाउने छु'।”
१ राजाहरू 12:14तिनले युवाहरूको सल्लाह मानी तिनीहरूलाई भने, “मेरा पिताले तिमीहरूमाथि गरुङ्गो जुवा बोकाउनुभएको थियो। म त्यो अझै गरुङ्गो पारिदिने छु। मेरा पिताले तिमीहरूलाई कोर्रा लगाउनुभएको थियो, तर म तिमीहरूलाई बिच्छीहरूले डस्न लगाउने छु।”
२ इतिहास 10:14ती जवान मानिसका सल्लाहको अनुसरण गरेर उनीहरूसँग तिनले यसो भनेर, “मेरा बुबाले तिमीहरूको जुवा गह्रौं बनाउनुभयो, तर म त्यसमा थप्नेछु। मेरा बुबाले तिमीहरूलाई कोर्राले दण्ड दिनुहुन्थ्यो, तर म तिमीहरूलाई बिच्छीहरूले दण्ड दिनेछु।”
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार