खोजी गर्नुहोस् › विषयहरू › सिंहहरू
प्रकृति
बाइबलमा सिंहहरू
पवित्र बाइबल (ULB) का 31 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- सिंह आफ्नो सिकारमाथि गर्जन्छ; जवान सिंह आफ्नो ओडारमा घुर्छआमोस 3:4
पदहरू
आमोस 3:4जङ्गलको सिंहले कुनै सिकार नपाउँदा पनि, के त्यो गर्जन्छ र? जवान सिंहले आफ्नो ओडारमा केही फेला नपारेसम्म, के त्यो ङ्यार्रङ्यार् गर्छ र?
- सिंहनी र जवान सिंहहरू ओडारमा टुक्रुक्क बस्छन् र झाडीमा ढुकेर बस्छन्अय्यूब 38:39–40
पदहरू
अय्यूब 38:39–40के सिंहनीको निम्ति तैंले सिकार खोज्न सक्छस्, अर्थात् त्यसका डमरूहरूको भोकलाई तृप्त पार्न सक्छस्, जति बेला तिनीहरू आफ्नो खोरमा ढुकिबस्छन्, अनि गुप्तमा लुकेर पर्खिरहन्छन्?
- सिंहले आफ्ना डमरुहरूका निम्ति सिकार चिथोर्यो र ओडार सिकारले भर्योनहूम 2:11–12
पदहरू
नहूम 2:11–12सिंहको गुफा, जहाँ जवान सिंहहरूलाई खुवाइन्थ्यो, जहाँ सिंह र सिंहनी आफ्ना डमरुहरूसँग हिँड्थे, जहाँ तिनीहरू कोहीसँग डराउँदैनथे, त्यो ठाउँ कहाँ छ? सिंहले आफ्ना डमरुहरूका निम्ति त्यसका शिकारहरूलाई टुक्रा-टुक्रा गर्यो। त्यसले आफ्ना सिंहनीहरूका निम्ति शिकारको घाँटी निमोठी मार्यो, र आफ्नो गुफालाई शिकारहरूले, र आफ्नो ओडारलाई टुक्रा-टुक्रा पारिएका सिनुहरूले भर्यो।
- बूढो सिंह सिकार नपाएर मर्छ; सिंहनीका डमरुहरू छरिन्छन्अय्यूब 4:10–11
पदहरू
अय्यूब 4:10–11सिंहको गर्जन, हिंस्रक सिंहको सोर र जवान सिंहहरूका दाँत— ती भाँचिएका छन्। सिकारको अभावले बुढो सिंह नष्ट हुन्छ। सिंहनीका डमरुहरू जताततै छरपष्ट भएका हुन्छन्।
- पशुहरूमध्ये शक्तिशाली, कसैको सामु पछि नहट्नेहितोपदेश 30:30
पदहरू
हितोपदेश 30:30सिंह पशुहरूमध्ये सबैभन्दा शक्तिशाली हुन्छ, जो कुनै प्राणीदेखि तर्कंदैन।
- सिंहहरू यर्दनका झाडीमा बस्थेयर्मिया 49:19, यर्मिया 50:44, जकरिया 11:3
पदहरू
यर्मिया 49:19हेर्, यर्दनका जङ्गलहरूबाट हरिया खर्कहरूमा सिंहझैं ऊ माथितिर उक्लनेछ। किनकि म एदोमलाई त्यहाँबाट तुरुन्तै भाग्ने बनाउने छु, र चुनिएको कुनै व्यक्तिलाई म त्यसको जिम्मा लगाउनेछु। किनकि मजस्तो को छ र कसले मलाई बोलाउनेछ? कुनचाहिं गोठालोले मेरो विरोध गर्न सक्छ?”
यर्मिया 50:44हेर्, त्यो यर्दनका जङ्गलहरूबाट सधैं हरिया रहने ठाउँमा सिंहझैं माथि उक्लनेछ। किनकि तिनीहरूलाई म तुरुन्तै त्यहाँबाट भाग्न लगाउनेछु, र यसको जिम्मामा म चुनिएको कसैलाई नियुक्त गर्नेछु। किनकि मजस्तो को छ अनि कसले मलाई बोलाउनेछ र? कुनचाहिं गोठालोले मेरो विरोध गर्न सक्छ?
जकरिया 11:3गोठालाहरू वेदनामा रुन्छन्, किनभने तिनीहरूको महिमा नष्ट पारिएको छ! जवान सिंहहरू गर्जन्छन्, किनकि यर्दन नदीको घमण्ड नष्ट पारिएको छ।
- गोठालोले सिंहको मुखबाट दुईवटा खुट्टा वा कानको एक टुक्रा मात्र खोस्न सक्थ्योआमोस 3:12
पदहरू
आमोस 3:12परमप्रभु यस्तो भन्नुहुन्छः “जसरी गोठालाले सिंहको मुखबाट दुईवटा खुट्टा, वा कानको एक टुक्रामात्र छुटाउँछ, यसरी नै सामरियामा बस्ने मानिसहरूलाई पनि छुटाइनेछ। तिनीहरूसित केवल पलङ्गको एउटा कुना वा खाटको एक टुक्रा मात्र छोडिनेछ।”
- कराउने गोठालाहरूको हुलले पनि सिंहलाई सिकारबाट तर्साउन सक्दैनथ्योयशैया 31:4
पदहरू
यशैया 31:4परमप्रभुले मलाई यसो भन्नुहुन्छ, “गोठालाहरूका समूह आफ्नो विरुद्धमा आउँदा पनि जसरी सिंह अर्थात् जवान सिंह आफ्नो शिकारमाथि गर्जेर झम्टन्छ तर तिनीहरूका सोर सुनेर डराउँदैन, न तिनीहरूका सोर सुनेर भाग्छ, त्यसरी नै सर्वशक्तिमान् परमप्रभु सियोन पर्वतमा अर्थात् त्यो पहाडमा लडाइँ गर्न ओर्लनुहुनेछ।
भेटघाट
- शिमशोनले खाली हातले एउटा जवान सिंहलाई चिरेन्यायकर्ताहरू 14:5–6
पदहरू
न्यायकर्ताहरू 14:5–6तब शिमशोन आफ्ना बुबा र आमासँग तल तिम्नामा गए, र तिनीहरू तिम्नाको दाखबारीमा गए। अनि हेर, त्यहाँ जवान सिंहहरूमध्ये एउटा माथि आयो र तिनीमाथि गर्जन थाल्यो। परमप्रभुका आत्मा अचानक तिनीमाथि आउनुभयो, र तिनले एउटा सानो पाठोलाई झैं तुरुन्तै त्यो सिंहलाई च्यातिदिए, र तिनको हातमा तिनीसित कुनै कुरा पनि थिएन। तर आफूले जे गरेका थिए, त्यो तिनले आफ्ना बुबा वा आमालाई भनेनन्।
- पछि उनले सिंहको सिनोमा मौरी र मह भेट्टाएन्यायकर्ताहरू 14:8–9
पदहरू
न्यायकर्ताहरू 14:8–9केही दिनपछि जब तिनी उनलाई विवाह गर्न भनेर फर्के, तब त्यो सिंहको सिनु हेर्नलाई तिनी त्यतातिर गए। अनि हेर, तिनले छाडेका त्यो सिंहको सिनुमा मौरीको झुण्ड र मह थियो। तिनले आफ्ना हातमा मह लिए र तिनी जाँदा खाँदै गए। जब तिनी आफ्ना बुबा र आमाकहाँ आए, तिनले अलिकति मह तिनीहरूलाई पनि दिए, र तिनीहरूले खाए। तर तिनले त्यो मह सिंहको सिनुबाट लिएका थिए भन्ने कुरा तिनले भनेनन्।
- उनको पहेली: खानेबाट केही खाने कुरो निस्क्योन्यायकर्ताहरू 14:14, न्यायकर्ताहरू 14:18
पदहरू
न्यायकर्ताहरू 14:14तिनले उनीहरूलाई भने, “खानेबाट केही खाने कुरो निस्क्यो, बलियोबाट केही गुलियो कुरो निस्क्यो।” तर तिनका पाहुनाहरूले तिन दिनमा त्यसको उत्तर पाउन सकेनन्।
न्यायकर्ताहरू 14:18सातौं दिनमा सूर्य अस्ताउनअगि सहरका मानिसले तिनलाई भने, “महभन्दा गुलियो के हुन्छ र? सिंहभन्दा बलियो के हुन्छ र?” शिमशोनले तिनीहरूलाई भने, “तिमीहरूले मेरो कोरेलीलाई नजोतेका भए, तिमीहरूले मेरो अड्कोको उत्तर पाउनेथिएनौ।”
- गोठालो केटा दाऊदले थुमा लैजाने सिंह र भालुहरू मारे१ शमूएल 17:34–36
पदहरू
१ शमूएल 17:34–36तर दाऊदले शाऊललाई भने, “तपाईंको दासले आफ्ना बुबाका भेडाहरूको हेरचाह गर्ने गर्थ्यो। जब सिंह वा भालु आएर भेडालाई बगालबाट लान्थ्यो, म त्यसलाई लखेट्थें र त्यसलाई आक्रमण गर्थें र त्यसको मुखबाट यसलाई छुटकारा दिन्थें। जब त्यो मेरो विरुद्ध आइलाग्थ्यो, मैले त्यसको दाह्रीमा समातेर त्यसलाई प्रहार गर्थें र मार्थें। तपाईंको दासले सिंह र भालु दुवै मारेको छ। यो पलिश्ती पनि तिनीहरूमध्ये एउटाझैं हुनेछ, किनभने यसले जीवित परमेश्वरको फौजलाई चुनौती दिएको छ।”
- बनायाह हिउँ परेको दिन खाडलमा ओर्ले र एउटा सिंह मारे२ शमूएल 23:20
पदहरू
२ शमूएल 23:20यहोयादाका छोरा कब्सेका छोरा बनायाह थिए। तिनी बलिया मानिस थिए जसले वीरतापूर्ण काम गरे। तिनले मोआबको अरिएलका दुई जना छोरालाई मारे। तिनले हिउँ परिरहेको बेला एउटा खाल्डोमा पसेर एउटा सिंहलाई मारे।
- एउटा सिंहले परमेश्वरका जनलाई मार्यो, तर न उनलाई खायो न उनको गधालाई छोयो१ राजाहरू 13:24–28
पदहरू
१ राजाहरू 13:24–28परमेश्वरका जन गइसकेपछि बाटोमा एउटा सिंहसित तिनको जम्काभेट भयो। सिंहले तिनलाई मारिदियो, र तिनको लाश बाटोमै पडिरह्यो। तब गधा र सिंह लाशको छेउमा उभिएका थिए। मानिसहरू त्यो बाटो भएर जाँदा तिनीहरूले बाटोमा लाश छाडिएको र लाशनेर सिंह उभिरहेको देखे। तिनीहरू ती वृद्ध अगमवक्ता बस्ने सहरमा आएर यो कुरा बताइदिए। जब तिनलाई फर्काएर ल्याउने अगमवक्ताले यो कुरा सुने तिनले भने, “तिनी परमप्रभुको वचन नमान्ने परमेश्वरका जन हुन्। त्यसकारण परमप्रभुले तिनलाई सिंहको मुखमा पर्न दिनुभयो जसले तिनलाई टुक्राटुक्रा पारी मारिदियो जस्तो परमप्रभुको वचनले तिनलाई चेताउनी दिएको थियो।” त्यसैले ती वृद्ध अगमवक्ताले आफ्ना छोराहरूलाई यसो भने, “मेरो गधमा जीन काठी कस।” तिनीहरूले त्यसै गरे। तिनी बाटो लागे र तिनले बाटोमा लाश पडिरहेको अनि लाशको छेउमा गधा र सिंह उभिरहेका देखे। सिंहले लाशलाई खाएको थिएन न त गधालाई आक्रमण गरेको थियो।
- अगमवक्तालाई हिर्काउन नमान्ने मानिसलाई एउटा सिंहले मार्यो१ राजाहरू 20:35–36
पदहरू
१ राजाहरू 20:35–36अगमवक्ताका छोराहरूमद्ये कोही एक जनाले आफ्नो कुनै अगमवक्ता साथीलाई परमप्रभुको वचनद्वारा भने, “मलाई हिर्काऊ।” तर ती मानिसले तिनलाई हिर्काउन इन्कार गरे। तब अगमवक्ताले आफ्ना मित्र अगमवक्तालाई भने, “तिमीले परमप्रभुको कुरा नमानेकाले तिमी मबाट जानेबित्तिकै एउटा सिंहले तिमीलाई मार्ने छ।” ती मानिस प्रस्थान गर्नेबित्तिकै एउटा सिंह आएर तिनलाई मारिदियो।
- सामरियाका सहरहरूमा ल्याइएका केही बसोबासीलाई सिंहहरूले मारे२ राजाहरू 17:25–26
पदहरू
२ राजाहरू 17:25–26तिनीहरूले बसोबाससुरु गर्दा तिनीहरूले परमप्रभुलाई आदर गरेनन्। त्यसैले परमप्रभुले तिनीहरूका बिचमा सिंहहरू पठाउनुभयो जसलेतिनीहरूमा कसैलाई मारे। त्यसैले तिनीहरूले अश्शूरका राजालाई यसो भने, “तपाईंले बन्दी बनाएर लैजानुभएका जातिहरू र सामरियाका सहरहरूमा बसोबास गरेका मानिसहरूले यस देशका देवताले चाहेका अभ्यासहरूका जान्दैनन्। त्यसैले उहाँले तिनीहरूका बिचमा सिंहहरू पठाउनुभएको छ, र सिंहहरूले यहाँ मानिसहरूलाई मर्दैछन् किनकि तिनीहरूले यस देशका देवताले चाहेका अभ्यासहरू जान्दैनन्।”
- दानिएललाई सिंहको खोरमा फालियो, ढुङ्गा र राजाको औँठीले छाप लगाइयोदानिएल 6:16–17
पदहरू
दानिएल 6:16–17अनि राजाले आज्ञा दिए र तिनीहरूले दानिएललाई भित्र ल्याए र तिनीहरूले उनलाई सिंहको खोरमा फाले। राजाले दानिएललाई भने, “तिमीले निरन्तर सेवा गर्ने तिम्रो परमेश्वरले तिमीलाई बचाऊन्।” खोरको ढोकामा एउटा ढुङ्गो ल्याएर राखियो, र दानिएलको विषयमा केही पनि परिवर्तन नहोस् भनेर राजाले त्यसमा आफ्नो अनि आफ्ना भारदारहरूका औंठीको मोहर लगाए।
- बिहान झिसमिसेमा दानिएललाई कुनै चोटबिना बाहिर निकालियोदानिएल 6:19–23
पदहरू
दानिएल 6:19–23अनि राजा बिहान सबेरै उठे र उनी झट्टै सिंहको खोरतर्फ गए। जसै तिनी खोरको नजिक आए, तिनले निरास भएको सोरले दानिएललाई यसो भनेर बोलाए, “ए दानिएल, जीवित परमेश्वरका सेवक, के तिमीले निरन्तर सेवा गर्ने तिम्रा परमेश्वरले तिमीलाई सिंहहरूबाट बचाउन सक्षम हुनुभएको छ?” अनि दानिएलले राजालाई भने, “महाराजा, अमर रहून्! मेरा परमेश्वरले आफ्नो सन्देशवाहक पठाउनुभएको अनि सिंहहरूका मुखहरूलाई बन्द गर्नुभएको छ, र तिनीहरूले मलाई कुनै हानी गरेका छैनन्। किनभने उहाँ अनि हजुर, महाराजाका सामु म दोषरहित भेट्टाइएँ, र मैले हजुरलाई कुनै हानी गरेको छैनँ।” अनि राजा अत्यन्तै खुशी भए। तिनले दानिएललाई खोरबाट माथि निकाल्ने आदेश दिए। यसैले दानिएललाई खोरबाट माथि निकालियो। उनमा कुनै पनि चोट भेट्टाइएन, किनभने उनले आफ्ना परमेश्वरमाथि भरोसा गरेका थिए।
- उनलाई दोष लगाउनेहरूलाई भित्र फालियो, र भुइँमा पुग्नुअघि नै सिंहहरूले तिनीहरूलाई दबाएदानिएल 6:24
पदहरू
दानिएल 6:24राजाले आदेश दिए र दानिएललाई दोष लगाउने मानिसहरूलाई तिनीहरूले ल्याए अनि तिनीहरू, तिनका छोराछोरी, र तिनका पत्नीहरूलाई सिंहहरूको खोरमा फालिदिए। तिनीहरू भुइँमा पुग्न नपाउँदै, सिंहहरूले तिनीहरूमाथि झम्टे, र तिनीहरूका हड्डीहरूलाई टुक्रा टुक्रा पारे।
कुँदिएका सिंहहरू
- सोलोमनको सिंहासन: हरेक हत्ताछेउ एउटा सिंह र छवटा खुड्किलामा बाह्रवटा सिंह१ राजाहरू 10:19–20
पदहरू
१ राजाहरू 10:19–20सिंहासनमा उक्लने छवटा खुड्किला थिए, र यसको पछाडिपट्टि गोलाकार टुप्पो थियो। बस्ने आसनको दुवैपट्टि हात अड्याउने बाहु थिए, र बाहुका छेउ-छेउमा उभिएका एक-एकवटा सिंह थिए। छवटै खुट्किलाको एक-एकपट्टि एउटा-एउटा सिंह गरी खुट्किलाहरूमा बाह्रवटा सिंह खडा थिए। अन्य कुनै पनि राज्यमा यस्तो किसिमको सिंहासन थिएन।
- सिंह, गोरु र करूबहरूले मन्दिरका काँसाका ठेलाहरू सजाएका थिए१ राजाहरू 7:29, १ राजाहरू 7:36
पदहरू
१ राजाहरू 7:29र ती पाटा र फ्रेमहरूमा सिंह, गोरु र करूबहरू थिए। सिंह र गोरुहरूको माथि र तल ढलौटे मालाहरू थिए।
१ राजाहरू 7:36पाटा र टेकाहरूका खाली ठाउँमा हुरामले करूबहरू, सिंहहरू र खजूरका रुखहरूको चित्र कुँदी त्यसको वरिपरि मालाहरू लगाए।
भनाइहरू
- मरेको सिंहभन्दा जिउँदो कुकुर असल होउपदेशक 9:4
पदहरू
उपदेशक 9:4सबै बाँचेकाहरूसित मिल्न जानेको आशा हुन्छ। मरेको सिंहभन्दा जिउँदो कुकुर असल हो।
- अल्छी भन्छ: बाहिर सिंह छ!हितोपदेश 22:13, हितोपदेश 26:13
पदहरू
हितोपदेश 22:13अल्छे मानिसले भन्छ, “बाटोमा एउटा सिंह छ। मलाई खुला ठाउँहरूमा मारिने छ।”
हितोपदेश 26:13अल्छे मानिसले भन्छ, “सडकमा सिंह छ। खुला ठाउँहरूका बिचमा सिंह छ।”
- राजाको डर सिंहको गर्जनजस्तो होहितोपदेश 20:2
पदहरू
हितोपदेश 20:2राजाको डर गर्जिरहेको जवान सिंहको डरजस्तै हुन्छ। तिनलाई रिस उठाउनेले आफ्नो जीवन गुमाउँछ।
- शाऊल र जोनाथन गरुडभन्दा छिटा, सिंहभन्दा बलिया थिए२ शमूएल 1:23
पदहरू
२ शमूएल 1:23शाऊल र जोनाथन जीवनमा प्रेमिलो र कृपालु थिए र आफ्नो मृत्युमा तिनीहरू छुटेनन्। तिनीहरू गिद्धभन्दा द्रूत र सिंहभन्दा बलिया थिए।
- गादी योद्धाहरूका अनुहार सिंहका जस्ता थिए र तिनीहरू हरिणझैँ छिटा थिए१ इतिहास 12:8
पदहरू
१ इतिहास 12:8कोही गादीहरू पनि उजाड-स्थानको किल्लामा दाऊदसँग सहभागी भए। तिनीहरू युद्धका निम्ति तालिमप्राप्त योद्धाहरू थिए, जसले ढाल र भाला चलाउन सक्थे, जसका अनुहारहरू सिंहका अनुहारहरूजस्तै डरलाग्दा थिए। तिनीहरू पहाडहरूमा हरिणझैं तेजिला थिए।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार