Bible Explorer एप लिनुहोस्

बाइबल › भजनसंग्रह › 84

ULB · अध्याय 84 / 150

भजनसंग्रह 84

1हे सर्वशक्तिमान् परमप्रभु, तपाईं बस्‍ने ठाउँ कति सुन्दर छ!

2परमप्रभुको चोकको निम्‍ति म उत्कट इच्‍छा गर्छु। यसको निम्ति मेरो इच्छाले मलाई थकित बनाएको छ। मेरो हृदय र मेरो सारा प्राणले जीवित परमेश्‍वरमा पुकारा गर्छ।

3हे सर्वशक्तिमान् परमप्रभु, मेरो राजा, र मेरो परमेश्‍वर, भँगेराले आफ्नो गुँड, अनि गौंथलीले तपाईंको वेदीहरूको नजिकै त्यसका बचेराहरू राख्‍न आफ्नो गुँड भेट्टाएको छ।

4तपाईंका मन्‍दिरमा बस्‍नेहरू धन्यका हुन्। तिनीहरूले निरन्तर तपाईंको प्रशंसा गर्छन्। सेला

5त्यो मानिस धन्यको हो जसको बल तपाईंमा छ, जसको हृदयमा सियोन जाने मूलबाटो छ।

6आँसुको बेसीबाट जाँदा तिनीहरूले पिउनलाई पानीको मूलहरू भेट्टाउँछन्। सुरुको वर्षाले यसलाई आशिष्‌ले ढाक्छ।

7तिनीहरूले बलमाथि बल पाएर जान्‍छन्। तिनीहरूमध्‍ये हरेक सियोनमा परमेश्‍वरको सामु देखा पर्छन्।

8हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस्। हे याकूबका परमेश्‍वर, म के भन्‍दैछु सो सुन्‍नुहोस्। सेला

9हे परमेश्‍वर, हाम्रा ढाल हुनुहोस्। तपाईंको अभिषिक्‍त जनको निम्ति चासो देखाउनुहोस्।

10किनकि तपाईंको चोकको एक दिन अन्‍त कतैको हजार दिनभन्दा असल हुन्छ। दुष्‍टहरूका पालहरूमा बस्‍नुभन्दा म आफ्‍नो परमेश्‍वरको मन्‍दिरको पाले हुनेछु।

11किनकि परमप्रभु परमेश्‍वर हाम्रो सूर्य र ढाल हुनुहुन्छ। परमप्रभुले अनुग्रह र गौरव दिनुहुनेछ। इमानदारितामा हिंड्नेहरूलाई उहाँले कुनै असल थोक रोक्‍नुहुन्‍न।

12हे सर्वशक्तिमान् परमप्रभु, त्यो मानिस धन्यको हो, जसले तपाईंमा भरोसा गर्छ।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org