Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › लेबनानका देवदारु

प्रकृति

बाइबलमा लेबनानका देवदारु

पवित्र बाइबल (ULB) का 32 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

  • सोलोमनले लेबनानको देवदारुदेखि भित्ताको हिसपसम्म रूखहरूबारे बोले१ राजाहरू 4:33
    पदहरू
    १ राजाहरू 4:33तिनले बोट बिरुवाहरूको विषयमा लेबनानको देवदारुदेखि लिएर भित्तामा उम्रने हिसपसम्मका बिरुवाहरूको वर्णन गरे। तिनले पशुपक्षी, घस्रने प्राणीहरू र माछाको बारेमा पनि वर्णन गरे।
  • एउटा भजन: लेबनानका देवदारुहरू तृप्त हुन्छन्भजनसंग्रह 104:16
    पदहरू
    भजनसंग्रह 104:16परमप्रभुका रूखहरूले प्रशस्‍त पानी पाउँछन्। लेबनानको देवदारु जसलाई उहाँले रोप्‍नुभयो।
  • सोलोमनको समयमा देवदारु पहाडका फेदीका गूलरझैँ प्रशस्त थियो१ राजाहरू 10:27, २ इतिहास 1:15
    पदहरू
    १ राजाहरू 10:27राजाले यरूशलेममा चाँदी जमिनको ढुङ्गासरह बनाए। तिनले देवदारुचाहिँ पहाडका जङ्गली अञ्जीरका बोटहरूसरह प्रशस्त तुल्याए।
    २ इतिहास 1:15राजाले सुन र चाँदी यरूशलेममा ढुङ्गैसरह बनाए र देवदारुचाहिं तराईमा हुने अन्‍जीरहरूजस्तै प्रशस्‍त तुल्‍याए।
  • मानिसहरू काटिएका गूलरको सट्टा देवदारु लगाउनेथिएयशैया 9:10
    पदहरू
    यशैया 9:10“इँटहरू खसेका छन्, तर कुँदेका ढुङ्गाहरूले नै हामी पुनःनिर्माण गर्नेछौं। अञ्जीरका रूखहरू काटिएका छन्, तर तिनका ठाउँमा हामी देवदारुका रूखहरू रोप्‍नेछौं।”
  • लेबनानको एउटा देवदारुबाट टुरोसको जहाजको मस्तूल बनाइयोइजकिएल 27:5
    पदहरू
    इजकिएल 27:5तिनीहरूले तेरा सबै काठपात हर्मन पर्वतका सल्‍लाहरूबाट बनाए। तिनीहरूले तेरा लागि मस्‍तूल बनाउनलाई लेबनानको देवदारु ल्‍याए।
  • शुद्धीकरणका विधिमा देवदारुको काठ, हिसप र रातो धागो प्रयोग हुन्थेलेवीहरू 14:4, गन्ती 19:6
    पदहरू
    लेवीहरू 14:4त्यसपछि कोही शुद्ध हुनको निम्ति दुई जीवित, शुद्ध चराहरू, देवदारुको काठ, सिन्दुरे रङ्गको धागो, र हिसप ल्याउनू भनी पुजारीले आज्ञा गर्ने छ।
    गन्ती 19:6पुजारीले देवदारुको काठ, हिसप र गाढा रातो रङको ऊन लिनुपर्छ र यी सबैलाई जलिरेहेको कोरलीमाथि फाल्नुपर्छ।

देवदारुले निर्माण

  • टुरोसका हीरामले दाऊदको दरबारका निम्ति देवदारुका मुढा, सिकर्मी र डकर्मी पठाए२ शमूएल 5:11
    पदहरू
    २ शमूएल 5:11त्यसपछि टुरोसका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए अनि देवदारुका काठहरू, डकर्मीहरू र सिकर्मीहरूलाई पनि पठाए। तिनीहरूले दाऊदको निम्ति महल बनाए।
  • दाऊद: म देवदारुको घरमा बस्छु, तर सन्दूक पालमुनि छ१ इतिहास 17:1
    पदहरू
    १ इतिहास 17:1राजा आफ्‍नो महलमा बसेपछि उनले नातान अगमवक्तालाई भने, “हेर्नुहोस्, म देवदारुको घरमा बस्‍दैछु, तर परमप्रभुको करारको सन्‍दूकचाहिं पालमुनि राखिएको छ।”
  • सोलोमनले हीरामसँग देवदारु मागे; सीदोनीहरूजस्तो काठ काट्ने कोही थिएन१ राजाहरू 5:6
    पदहरू
    १ राजाहरू 5:6त्यसकारण, अब तिनीहरूलाई मेरो निम्ति देवदारुका रुखहरू काट्न आज्ञा दिनुहोस्। मेरा दासहरू तपाईंका दासहरूसित मिल्ने छन्, र तपाईंले तोक्नुभएको ज्याला म तिनीहरूलाई दिने छु। किनकि तपाईंलाई थाहा छ, कि सीदोनीहरूजस्तै रुख ढाल्ने सिपालु मानिसहरू हाम्रा बिचमा कोही छैन।”
  • मुढाहरू समुद्रसम्म ओसारिए र बेडा बनाएर बगाइए१ राजाहरू 5:8–9, २ इतिहास 2:16
    पदहरू
    १ राजाहरू 5:8–9हीरामले सोलोमनलाई यस्तो वचन पठाए, “तपाईंले मलाई पठाउनुभएको सन्देश मैले सुनेको छु। म तपाईंले चाहना गर्नुभएका सबै देवदारु र सल्लाका काठ जुटाइदिने छु। मेरा दासहरूले लेबनानबाट समुद्रसम्म मूढाहरू ल्याउने छन्, र ती बाँधेर तपाईंले तोक्नुभएको ठाउँमा म बगाएर पठाउन लगाउने छु। म त्यहाँ खोल्न लगाउने छु, र तपाईंले ती लैजान सक्नुहुने छ। मेरो घरानालाई भोजन जुटाइदिएर तपाईंले चाहनुभएको कुरा पुरा गर्नुहोस्।”
    २ इतिहास 2:16तपाईंलाई चाहिए जति काठ हामी लेबनानमा काट्नेछौं। मूढाहरू बाँधेर योप्‍पासम्‍म बगाएर पठाइदिनेछौं, र तपाईंले ती यरूशलेमसम्‍म लैजानुहुनेछ।”
  • हीरामका काठ काट्नेहरूलाई गहुँ, जौ, दाखमद्य र जैतूनको तेलमा ज्याला दिइयो२ इतिहास 2:10
    पदहरू
    २ इतिहास 2:10हेर्नुहोस्, तपाईंका सेवकहरू, मुढा काट्‍ने मानिसहरूलाई म पचास हजार मुरी गहूँ, पचास हजार मुरी जौ, एक लाख पाथी दाखमद्य र एक लाख पाथी तेल दिनेछु।”
  • 30,000 इस्राएलीले लेबनानमा 10,000 को मासिक पालोमा काम गरे१ राजाहरू 5:13–14
    पदहरू
    १ राजाहरू 5:13–14सोलोमन राजाले सारा इस्राएलबाट तिस हजार बेगार काम गर्ने मानिस जम्मा गरे। तिनले तिनीहरूलाई हरेक महिना दस-दस हजार गरी लेबनानमा पठाए। तिनीहरू एक महिना लेबनानमा बस्थे र दुई महिना घरमा बस्थे। अदोनिराम बेगार काम गर्नेहरूका जिम्मावाल थिए।
  • देवदारु र सल्लाका निम्ति सोलोमनले हीरामलाई गालीलका बीसवटा सहर दिए१ राजाहरू 9:11
    पदहरू
    १ राजाहरू 9:11टुरोसका राजा हीरामले सोलोमनले चाहेका सबै देवदारु र सल्लाका काठ तिनलाई जुटाइदिए। त्यसैले सोलोमन राजाले हीरामलाई गालीलको क्षेत्रमा बिसवटा सहर दिए।
  • मन्दिरको छाना देवदारुका धरन र फल्याकले छाइयो१ राजाहरू 6:9–10
    पदहरू
    १ राजाहरू 6:9–10यसरी सोलोमनले मन्दिर बनाएर सिद्ध्याए। तिनले मन्दिरलाई दलिन र देवदारुका फल्याकहरूले ढाके। तिनले मन्दिरको भित्री कक्षको विपरीत किनाराका कोठाहरू बनाए र हरेक कोठाको उचाइ पाँच हात थियो। ती मन्दिरसँगै देवदारुका काठका सत्तरीले जोडिएका थिए।
  • भित्र फर्सी र फूल कुँदिएको देवदारु; एउटै ढुङ्गा पनि देखिँदैनथ्यो१ राजाहरू 6:15, १ राजाहरू 6:18
    पदहरू
    १ राजाहरू 6:15तिनले देवदारुका फल्याकहरूले मन्दिरको भुइँदेखि दलिनसम्म भित्रपट्टिका भित्ताहरू बनाई मन्दिरको भुइँमा सल्लाका फल्याकहरू ओछ्याए।
    १ राजाहरू 6:18मन्दिरको भित्रपट्टिको देवदारुको काठमा फक्रेका फुल र लौकाका बुट्टा कुँदिएका थिए। ती सबै देवदारुका थिए। एउटै पनि ढुङ्गा देखिँदैनथ्यो।
  • भित्री चोक: कुँदिएका ढुङ्गाका तीन लहर र देवदारुका धरनको एक लहर१ राजाहरू 6:36
    पदहरू
    १ राजाहरू 6:36तिनले भित्री चोक काटेका ढुङ्गाका तिन लहर गरी र देवदारुको काठको सत्तरीको एक लहर गरी बनाए।
  • लेबनानको वन भनिने भवन देवदारुका स्तम्भहरूका चार लहरमाथि खडा थियो१ राजाहरू 7:2–3
    पदहरू
    १ राजाहरू 7:2–3तिनले लेबनानको वन भनिने राजदरबार बनाए। यसको लमाइ एक सय हात, चौडाइ पचास हात र उचाइ तिस हात थियो। देवदारुका स्तम्भहरूका चारवटा लहर र तीमाथि देवदारुकै सत्तरीहरूले राजदरबार बनाइयो। स्तम्भहरूमा अडिएका ती सत्तीहरूमाथि देवदारुले छत बनाइयो। प्रत्येक लहरमा पन्ध्रवटा गरी जम्माजम्मी पैँतिसवटा सत्तरी थिए।
  • फर्केका निर्वासितहरूले लेबनानबाट योप्पासम्म देवदारुका मुढा पानीबाटो ल्याएएज्रा 3:7
    पदहरू
    एज्रा 3:7तिनीहरूले ढुङ्गा काट्ने र कारीगरहरूलाई चाँदी दिए, अनि फारसका राजा कोरेसले सीदोन र टुरोसका मानिसहरूलाई अधिकार दिएका हुनाले लेबनानदेखि योप्पासम्म समुद्राबाट उनीहरूले देवदारुका काठहरू ल्याइदिऊन् भनी तिनीहरूले उनीहरूलाई खाना, पानी र तेल दिए।
  • एक राजा आफ्नो दरबारमा देवदारुको तख्ता लगाउँछ र सिन्दूरे रङ पोत्छयर्मिया 22:14
    पदहरू
    यर्मिया 22:14उसले भन्छ, 'आफ्नो निम्ति माथिल्ला कोठाहरू फराकिलो भएको एउटा ठुलो महल म बनाउनेछु।' त्यसले उसले त्‍यसको निम्‍ति ठुला-ठुला झ्यालहरू बनाउँछ र त्‍यसमा देवदारुका पल्लाहरू हाल्‍छ अनि उसले त्‍यसमा रातो रङ लगाऊँछ।
  • हाम्रो घरका धरनहरू देवदारुका छन्श्रेष्ठगीत 1:17
    पदहरू
    श्रेष्ठगीत 1:17हाम्रो घरका दलिनहरू देवदारूका छन्। छाना सल्लाका छन्।

भनाइ र दन्त्यकथाहरू

  • यहोआशको दन्त्यकथा: एउटा सिउँडीले देवदारुसँग उसकी छोरी माग्छ२ राजाहरू 14:9
    पदहरू
    २ राजाहरू 14:9तर इस्राएलका राजा यहोआशले यहूदाका राजा अमस्याहलाई यसो भनी सन्देशवाहकहरू पठाए, “लेबनानको एउटा सिउँडीले लेबनानकै एउटा देवदारुलाई यसो भनेर सन्‍देश पठायो, 'तिम्री छोरी मेरा छोरासित विवाह गरिदेऊ।' तर लेबनानमा भएको जङ्गली जनावर त्‍यताबाट हिंड्‍यो र सिउँडीलाई कुल्‍च्‍यो।
  • योतामको दन्त्यकथा: काँडाको झाडीबाट निस्केको आगोले देवदारुहरू भस्म पार्छन्यायकर्ताहरू 9:15
    पदहरू
    न्यायकर्ताहरू 9:15त्यस काँढाको झाडीले रूखहरूलाई भन्यो, ‘तिमीहरू साँच्‍चै नै मलाई तिमीहरूमाथि राजा अभिषेक गर्न चाहन्छौ भने, आओ र मेरो छहारीमुनि सुरक्षित भएर बस। होइन भने, काँढाको झाडीबाट आगो बाहिर निस्कोस् र लेबनानका देवदारुहरूलाई त्यसले भस्म पारोस्।’
  • देवदारुजस्ता अग्ला र फलाँटजस्ता बलिया एमोरीआमोस 2:9
    पदहरू
    आमोस 2:9तापनि तिनीहरूका सामु मैले एमोरीलाई नाश गरें, जसका उचाइ देवदारुहरूका उचाइझैं थियो। त्यो फलाँटको रूख जत्तिकै बलियो थियो। तापनि मैले त्यसको माथिको फल, अनि त्यसको मुनिका जराहरूलाई नाश गरें।
  • एउटा भजन: लेबनानको देवदारुझैँ बढभजनसंग्रह 92:12
    पदहरू
    भजनसंग्रह 92:12धार्मीहरू खजूरको रूखझैं मौलाउनेछन्। तिनीहरू लेबनानको देवदारुझैं बढ्‍नेछन्।
  • परमप्रभुको आवाजले देवदारुहरू भाँच्छभजनसंग्रह 29:5
    पदहरू
    भजनसंग्रह 29:5परमप्रभुको सोरले देवदारुहरूलाई भाँचिदिन्‍छ। परमप्रभुले लेबनानका देवदारुहरूलाई टुक्रा-टुक्रा पार्नुहुन्छ।
  • देवदारुहरूजस्तै भव्यश्रेष्ठगीत 5:15
    पदहरू
    श्रेष्ठगीत 5:15उहाँका पाखुरा गर्गहना जडिएका गोलो सुनजस्ता छन्। उहाँको पेट नीरले ढाकिएको हस्ती-हाडजस्तो छ।
  • देवदारुहरू रमाउँछन्: हाम्रो विरुद्धमा कुनै काठ काट्ने आउँदैनयशैया 14:8
    पदहरू
    यशैया 14:8सल्लाका रूखहरू लेबनानको देवदारुहरूसँगै तँलाई देखेर रमाउँछन्। तिनीहरू भन्छन्, 'तँलाई तल खसालिएको हुनाले, हामीलाई काटेर ढाल्न काठ काट्ने कुनै मानिस माथि आउनेछैन।'
  • ए सल्ला, विलाप गर, किनकि देवदारु ढलेको छजकरिया 11:2
    पदहरू
    जकरिया 11:2ए सल्लोको रूख, विलाप गर्, किनकि देवदारुका रूखहरू ढलेका छन्! सुन्दर र महान् भनिएका कुराहरू ध्वस्त भएका छन्! ए बाशानका फलाँटका रूखहरू, विलाप गर, किनभने त्यो ठुलो जङ्गल सखाप भएको छ।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार