खोजी गर्नुहोस् › विषयहरू › फ्याउराहरू
प्रकृति
बाइबलमा फ्याउराहरू
पवित्र बाइबल (ULB) का 10 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- फ्याउराका दुलाहरू छन्मत्ती 8:20, लुका 9:58
पदहरू
मत्ती 8:20येशूले तिनलाई भन्नुभयो, “स्यालहरूका दुला छन्, र आकाशका चराचुरूङ्गीहरूका गुँडहरू छन्, तर मानिसका पुत्रको त आफ्नो शिर राख्ने ठाउँ कहीँ छैन।”
लुका 9:58येशूले उसलाई भन्नुभयो, “फ्याउराहरूका दुला छन् र आकासका चराहरूका गुँड छन्, तर मानिसका पुत्रको टाउको लुकाउने ठाउँ पनि छैन।”
- शिमशोनले 300 फ्याउरा समाते र जोडी-जोडी पुच्छरको बीचमा राँको बाँधेन्यायकर्ताहरू 15:4
पदहरू
न्यायकर्ताहरू 15:4शिमशोन गए र तिन सयवटा स्यालहरू समाते र हरेकलाई दुई-दुईचटा गरेर पुच्छर-पुच्छर बाँधिदिए। तब तिनले राँको लिएर हरेक जोडीको पुच्छरको बिचमा राखे।
- फ्याउराहरूले पलिश्तीहरूका अन्न, दाखबारी र जैतूनका बगैँचा जलाएन्यायकर्ताहरू 15:5
पदहरू
न्यायकर्ताहरू 15:5जब तिनले राँकाहरूमा आगो सल्काए, तब तिनले स्यालहरूलाई पलिश्तीहरूका पाकिरहेका अन्नमा छोडिदिए, र तिनीहरूले जम्मा गरेर राखिएका अन्न र खेतमा पाकेका अन्न दुवैमा, दाखवारीहरू र जैतूनका बगैंचाहरूलाई डढाए।
- हाम्रा लागि फ्याउराहरू समात्नुहोस् — दाखबारी नष्ट पार्ने ससाना फ्याउराहरूश्रेष्ठगीत 2:15
पदहरू
श्रेष्ठगीत 2:15हाम्रा लागि फ्याउराहरू समात्नुहोस्, ससाना फ्याउराहरू जसले दाखबारि नष्ट पार्छन्, किनकि हाम्रो दाखबारीमा मुजुरा लागेको छ।
- तोबियाले गिज्याए: फ्याउरो चढे पनि तिनीहरूको पर्खाल भत्किनेछनहेम्याह 4:3
पदहरू
नहेम्याह 4:3तिनीसँगै भएका अम्मोनी तोबियाले भने, “तिनीहरूले निर्माण गरेरहेको वस्तुमा एउटा फ्याउरो चढ्यो भने पनि तिनीहरूको पर्खाल भत्कने छ!”
- फ्याउराहरू घुम्ने उजाड सियोन पर्वतविलाप 5:18
पदहरू
विलाप 5:18सियोन पर्वत उजाड छ, जहाँ स्यालहरू घुमिहिँड्छन्।
- ढलेकाहरू फ्याउराको भाग हुन्छन्भजनसंग्रह 63:10
पदहरू
भजनसंग्रह 63:10तरवार चलाउनेहरूका हातहरूमा तिनीहरूलाई दिइनेछ, र तिनीहरू स्यालहरूका आहारा हुनेछन्।
भनाइहरू
- इस्राएलका अगमवक्ताहरू, भग्नावशेषका फ्याउराहरूजस्ताइजकिएल 13:4
पदहरू
इजकिएल 13:4ए इस्राएल, तिमीहरूका अगमवक्ताहरू त उजाड-स्थानहरूमा बस्ने स्यालहरूजस्ता भएका छन्।
- येशू हेरोदलाई त्यो फ्याउरो भन्नुहुन्छलुका 13:31–32
पदहरू
लुका 13:31–32लगतै केही फरिसीहरू आए र उहाँलाई भने, “यहाँबाट जानुहोस्, यसलाई छोड्नुहोस्, किनभने हेरोदले तपाईंलाई मार्न चाहन्छन्।” येशूले भन्नुभयो, “जाऊ र त्यो फ्याउरोलाई भन, हेर, मैले आज र भोलि भूतहरू निकाल्छु र निको पार्नेछु र तेस्रो दिन मेरो लक्ष्य पुरा गर्नेछु।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार