खोजी गर्नुहोस् › विषयहरू › बतासहरू
प्रकृति
बाइबलमा बतासहरू
पवित्र बाइबल (ULB) का 32 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
पूर्वी बतास
- फारोको सपना: पूर्वी बतासले डढाएका अन्नका बालाउत्पत्ति 41:6, उत्पत्ति 41:23
पदहरू
उत्पत्ति 41:6त्यसपछि सेप्रा र पूर्वीय बतासद्वारा ओइलाइएका अरू सातवटा अन्नका बाला तिनीहरू पछि पलाए।
उत्पत्ति 41:23त्यसपछि सुकेका, सेप्रा र पूर्वीय बतासद्वारा ओइलाइएका अरू सातवटा अन्नका बाला तिनीहरू पछि पलाउन थाले।
- पूर्वी बतास एक दिन र एक रात चल्यो र सलह ल्यायोप्रस्थान 10:13
पदहरू
प्रस्थान 10:13मोशाले आफ्नो लट्ठी मिश्र देशमाथि पसारे अनि परमप्रभुले दिनरात समस्त देशमा पूर्वीय बतास चलाइदिनुभयो। बिहान हुँदा पूर्वीय बतासले सलहहरू ल्याएको थियो।
- बलियो पूर्वी बतासले रातभरि समुद्रलाई पछाडि धकेल्योप्रस्थान 14:21
पदहरू
प्रस्थान 14:21मोशाले समुद्रतिर आफ्नो हात पसारे। परमप्रभुले रातभरि सबैभन्दा शक्तिशाली पूर्वीय बतास चलाइदिनुभयो र समुद्रलाई सुक्खा भूमिमा परिणत गराइदिनुभयो।
- पोल्ने पूर्वी बतास र घामले योनालाई बेहोस बनायोयोना 4:8
पदहरू
योना 4:8अर्को बिहानी सुर्योदय हुँदा यसो भयो। परमप्रभुले तातो पुर्वी हावा पठाउनुभयो। अनि योनाको टाउकोमाथि टन्टलापुर घाम पर्यो र उनी मुर्छै पर्न लागे। तब योनाले आफू मर्न पाए हुन्थ्यो भनी इच्छा गरे। तिनले आफैलाई भने, “मेरो निम्ति त जिउनुभन्दा मर्नु नै बेस हुन्छ।”
- पूर्वी बतासले समुद्रमा जहाजहरू भत्काउँछभजनसंग्रह 48:7, इजकिएल 27:26
पदहरू
भजनसंग्रह 48:7पूर्वीय बतासले तपाईंले तर्शीशका जहाजहरू तोड्नुहुन्छ।
इजकिएल 27:26तेरा नाविकहरूले तँलाई विशाल समुद्रमा लगेका छन्। पूर्वीय बतासले तँलाई समुद्रकै बिचमा ध्वंस पारेको छ।
अरू बतासहरू
- अति बलियो पश्चिमी बतासले सलहलाई लाल समुद्रमा उडाएर लग्योप्रस्थान 10:19
पदहरू
प्रस्थान 10:19परमप्रभुले निकै शक्तिशाली पश्चिमी बतास चलाइदिनुभयो जसले सलहहरूलाई उडाई लाल समुद्रमा लग्यो। मिश्रका इलाकाभित्र एउटै पनि सलह रहेन।
- उत्तरी बतासले वर्षा ल्याउँछहितोपदेश 25:23
पदहरू
हितोपदेश 25:23जसरी उत्तरी बतासले पक्कै वृष्टि ल्याउँछ, त्यसै गरी गुप्त कुराहरू बताउने जिब्रोले क्रुद्ध अनुहार ल्याउँछ।
- उत्तरका तेज बतासबाट चिसो आउँछअय्यूब 37:9
पदहरू
अय्यूब 37:9आँधी-बेहरी दक्षिणको आफ्नो बासस्थानबाट आउँछ, र उत्तरको प्रचण्ड बतासबाट जाडो आउँछ।
- दक्षिणी बतासमुनि देश शान्त हुँदा लुगा तातो हुन्छअय्यूब 37:17
पदहरू
अय्यूब 37:17जब बतास नचली भूमि शान्त हुँदा दक्षिणबाट बतास चल्नथाल्छ, तब तपाईंको लुगा कसरी तातो हुन्छ भनेर तपाईं बुझ्नुहुन्छ?
- दक्षिणी बतास चल्दा तिमीहरू भन्छौ: गर्मी हुनेछलुका 12:55
पदहरू
लुका 12:55जब दक्षिणबाट बतास बहन्छ, तिमीहरू भन्दछौ, ‘त्यो एकदमै प्रचण्ड तातो हुनेछ र त्यस्तै हुनेछ।’
- बतासले आकाश सफा पारेपछि कसैले घामतिर हेर्न सक्दैनअय्यूब 37:21
पदहरू
अय्यूब 37:21आकाशमा बतास चलेपछि र त्यसले त्यहाँको बादललाई उडाएर सफा गरेपछि, जब त्यहाँ सूर्य चम्किन्छ, तब मानिसहरूले त्यो हेर्न सक्दैनन्।
कथाहरूमा
- पृथ्वीमाथि बतास चल्यो, र जलप्रलयको पानी घट्न थाल्योउत्पत्ति 8:1
पदहरू
उत्पत्ति 8:1परमेश्वरले नोआ, तिनीसित जहाजमा भएका सबै जङ्गली पशुहरू र सबै पालिने पशुहरूलाई सम्झनुभयो। परमेश्वरले पृथ्वीमा बतास चलाइदिनुभयो, र पानी घट्न थाल्यो।
- बतासले समुद्रबाट बट्टाई धपाएर ल्यायोगन्ती 11:31
पदहरू
गन्ती 11:31त्यसपछि परमप्रभुबाट बतास आयो र समुद्रबाट बट्टाई चराहरू ल्यायो। तिनीहरू छाउनी नजिक वरिपरि एक दिनको बाटोभरि झरे। बट्टाई चराहरूले लगभग एक मिटर जत्ति बाक्लो हुने गरी जमिनलाई नै ढाके।
- मरुभूमिको बतासले अय्यूबका छोराछोरीको घरको चारै कुनामा हान्योअय्यूब 1:18–19
पदहरू
अय्यूब 1:18–19जब त्यो बोलिरहेकै थियो, तब अर्को पनि आयो र भन्यो, “तपाईंका छोराहरू र तपाईंका छोरीहरू आफ्नो जेठो दाजुको घरमा खाँदै र मद्य पिउँदै थिए। उजाड-स्थानबाट एउटा प्रचण्ड आँधी आयो र घरका चारै कुनालाई प्रहार गर्यो। ती युवायुवतीमाथि त्यो ढल्यो, र तिनीहरूको मृत्यु भयो। तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु।”
- होरेबमा ठूलो बतासले चट्टानहरू चकनाचुर पार्यो, त्यसपछि भूकम्प आयो१ राजाहरू 19:11
पदहरू
१ राजाहरू 19:11परमप्रभुले जवाफ दिनुभयो, “निस्केर जा, अनि पर्वतमा मेरो सामु खडा हो।” तब परमप्रभु त्यहाँबाट भएर जानुभयो, र प्रचण्ड बतासले पर्वतलाई प्रहार गर्यो अनि परमप्रभुको सामु चट्टानहरू टुक्राटुक्रा भए, तर परमप्रभु बतासमा हुनुहुन्थेन। बतासपछि एउटा भूकम्प गयो, तर परमप्रभु भूकम्पमा पनि हुनुहुन्थेन।
- समुद्रमा ठूलो बतासले योनाको जहाज टुक्राटुक्रा पार्न लागेको थियोयोना 1:4
पदहरू
योना 1:4तर परमप्रभुले समुद्रमा एउटा ठुलो बतास पठाउनुभयो र त्यो समुद्रमा एउटा शक्तिशाली आँधी बन्यो। जहाज चाँडै नै नष्ट हुन लाग्दैछ भन्ने थाहा भयो।
- येशूले बतास र समुद्रलाई हप्काउनुभयो, र पूर्ण शान्त भयोमत्ती 8:24–27
पदहरू
मत्ती 8:24–27हेर, समुद्रमा प्रचण्ड आँधीबेहरी चल्यो, अनि त्यो डुङ्गा समुद्रको छालद्वारा छोपियो। तर येशू सुतिरहनुभएको थियो। चेलाहरू उहाँकहाँ आए र उहाँलाई यसो भनी उठाउन लागे, “हे प्रभु, हामीलाई बचाउनुहोस्, हामी मर्नै लागेका छौँ!” येशूले तिनीहरूलाई भन्नुभयो, “ए अल्पविश्वासीहरू, तिमीहरू किन डराउँछौँ?” त्यसपछि उहाँ उठ्नुभयो अनि आँधी र समुद्रलाई हकार्नुभयो। त्यसपछि त्यहाँ पुरै शान्ति छायो। ती मानिसहरू छक्क परे र भने, “उहाँ कस्तो मानिस हुनुहुन्छ, कि समुद्र र आँधीले पनि उहाँको आज्ञा मान्छन्?”
- बतास विपरीत भएकाले चेलाहरू कष्टसाथ खियाउँदै थिएमर्कूस 6:48, मत्ती 14:24, यूहन्ना 6:18
पदहरू
मर्कूस 6:48तिनीहरूलाई डुङ्गा खियाउन गाह्रो भएको उहाँले देख्नुभयो, किनभने हावा उनीहरूको विपरीत दिशाबाट आइरहेको थियो। लगभग रातको चौथो पहरमा समुद्रमाथि हिँडेर उहाँ तिनीहरूकहाँ आउनुभयो, र तिनीहरूलाई उछिन्न चाहनुभयो।
मत्ती 14:24तर त्यस बेला डुङ्गा भने समुद्रको बिचमा थियो, बतास विपरीत दिशाबाट आएको कारण छालले त्यो अनियन्त्रित भयो।
यूहन्ना 6:18र ठुलो आँधीबेहरी चलिरहेको थियो र समुद्रका छालहरू उर्लंदै थिए।
- मन्द दक्षिणी बतास, अनि उत्तर-पूर्वी नामक तुफानप्रेरित 27:13–15
पदहरू
प्रेरित 27:13–15जब दक्षिणी बतास मन्द रूपले बहन थाल्यो, तब जहाज चालकहरूले जे चाहेका थिए त्यो प्राप्त गरे भनी उनीहरूले सोचे। त्यसकारण, तिनीहरूले लङ्गर निकाली समुद्रमा खसाले, र क्रेटको समुद्र किनार हुँदै यात्रा गरे। तर त्यसको केही समयपछि डरलाग्दो उत्तर-पूर्वी नामक तुफान चल्यो र त्यो सम्पूर्ण टापुभरि हामीमाथि बज्रन थाल्यो। जहाजले त्यस आँधीको सामना गर्न नसकेपछि हामीले हार मान्यौँ, र त्यसले जता लैजान्थ्यो, त्यतै गयौँ।
- दक्षिणी बतासले पावलको जहाज दुई दिनमा रेगीयमबाट पटेओली पुग्योप्रेरित 28:13
पदहरू
प्रेरित 28:13हामी त्यहाँबाट यात्रा गरेर रेगीयमको शहरमा आइपुग्यौँ। त्यसको एक दिनपछि दक्षिणी बतास चल्यो, र त्यसको दुई दिनपछि पटेओली भन्ने शहरमा आइपुग्यौँ।
भनाइहरू
- बतास दक्षिणतिर बहन्छ, फेरि उत्तरतिर फर्कन्छ; घुमिरहन्छउपदेशक 1:6
पदहरू
उपदेशक 1:6बतास दक्षिणतिर बहन्छ, र अनि सधैँ उत्तरतिर चक्कर मार्छ। त्यो सधैँ आफ्नो मार्गमा जाने र फर्कने गर्छ।
- बतास हेरिरहनेले बीउ छर्दैनउपदेशक 11:4
पदहरू
उपदेशक 11:4बतासलाई हेर्नेले बिउ नछर्ला, र बादललाई हेर्नेले कटनी नगर्ला।
- तिमीलाई बतासको बाटो थाहा छैनउपदेशक 11:5
पदहरू
उपदेशक 11:5जसरी तँलाई बतासको बाटो थाहा छैन, न त गर्भवती महिलाको गर्भमा बच्चाका हड्डीहरू कसरी बढ्छन् भनी थाहा छ, त्यसै गरी हरेक थोक सृष्टि गर्नुहुने परमेश्वरको कामलाई पनि तैँले बुझ्न सक्दैनस्।
- बतास जहाँ चाहन्छ, त्यहीँ बहन्छ; तिमी त्यसको आवाज सुन्छौयूहन्ना 3:8
पदहरू
यूहन्ना 3:8हावा जता चाहन्छ त्यतै बहन्छ; तिमीले यसको आवाज सुन्छौ; तर यो कहाँबाट आउँछ, र कतातिर गइरहेको छ तिमी जान्दैनौ। पवित्र आत्माबाट जन्मेका सबै त्यस्तै हुन्छन्।”
- बतासले उडाएको भुसजस्तैभजनसंग्रह 1:4
पदहरू
भजनसंग्रह 1:4दुष्टहरू त्यस्ता होइनन् तर हावाले उडाउने भुसजस्तै हुन्।
- बतासमा हल्लिरहेको निगालो?मत्ती 11:7
पदहरू
मत्ती 11:7जसै यी मानिसहरू आफ्नो बाटो लागे, येशूले भिडहरूलाई यूहन्नाको बारेमा बताउन थाल्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न गयौ– हावाले हल्लाइरहेको निगालोलाई?
- तेज बतासले धकेलिएका ठूला जहाज सानो पतवारले चलाइन्छन्याकूब 3:4
पदहरू
याकूब 3:4पानी जहाजहरूलाई ख्याल गर, तिनीहरू धेरै ठुला हुन्छन् र तिनीहरू तेज बतासले चलाइँदा पनि धेरै सानो पतवारद्वारा चालकले जहाँ लैजान चाहन्छ त्यो त्यहीँ लगिन्छ।
- बतासले उडाएको र हल्लाएको समुद्रको छालजस्तोयाकूब 1:6
पदहरू
याकूब 1:6तर उसले शङ्का नगरी विश्वाससाथ मागोस्। किनभने शङ्का गर्नेचाहिँ बतासले हुत्त्याउने र यताउता पल्टाउने समुद्रको छालजस्तो हुन्छ।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार