Bible Explorer एप लिनुहोस्

बाइबल › भजनसंग्रह › 75

ULB · अध्याय 75 / 150

भजनसंग्रह 75

1हे परमेश्‍वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौं। हामी धन्यवाद दिन्छौं, किनकि तपाईंले आफ्नो उपस्थिति प्रकट गर्नुहुन्छ। मानिसहरूले तपाईंका अचम्‍मका कामहरूका बारेमा बताउँछन्।

2तोकिएको समयमा म न्यायोचित रूपमा फैसला गर्नेछु।

3पृथ्वी र यसका सबै बासिन्दा डरले थरथर कामे पनि, पृथ्वीका खम्बाहरूलाई म दृढ बनाउछु। सेला

4मैले अहङ्कारीलाई भनें, “अहङ्कारी नहो,” र दुष्‍टहरूलाई भनें, “सिङ् ठाडो नपार्।

5आफ्ना सिङहरूलाई माथि नउचाल्। हठपूर्ण घाँटी बनाएर नबोल्।”

6उचाल्‍ने कुरा पूर्वबाट वा, पश्‍चिमबाट होइन र त्‍यो उजाडस्‍थानबाट आउने होइन।

7तर परमेश्‍वर नै न्यायकर्ता हुनुहुन्छ। उहाँले तल झार्नुहुन्छ र उहाँले माथि उठाउनुहुन्छ।

8किनकि परमप्रभुले आफ्नो हातमा फिंज आइरहेको दाखमद्यको कचौरा समात्‍नुहुन्छ, जुन मसलासँग मिसाइएको छ र यसलाई खन्याउनुहुन्‍छ। निश्‍चय नै पृथ्वीका सबै दुष्‍टहरूले यसको अन्तिम थोपासम्म पिउनेछन्।

9तर तपाईंले भन्‍नुभएको कुरा म निरन्तर रूपमा बताउनेछु। याकूबका परमेश्‍वरको स्तुति म गाउनेछु।

10उहाँ भन्‍नुहुन्छ, “दुष्‍टहरूका सबै सिङलाई म काट्‍नेछु, तर धर्मीहरूका सिङहरू माथि उचालिनेछन्।”

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org