Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › बाइबल के भन्छ › परमेश्‍वरको खोजी

विश्वास

परमेश्‍वरको खोजी बारे बाइबल के भन्छ

यस विषयका लागि पाठकहरू सबैभन्दा बढी फर्केर पढ्ने 10 पद, पवित्र बाइबल (ULB) बाट पूरै उद्धृत।

मत्ती 6:33तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर अनि यी सबै थोक तिमीहरूलाई दिइनेछ।
मत्ती 7:7–8माग, र त्यो तिमीहरूलाई दिइनेछ। खोज, र तिमीहरूले भेट्टाउनेछौ। ढकढक्याऊ, र तिमीहरूका निम्ति उघारिनेछ। किनकि माग्‍ने सबैले पाउँछन्। र खोज्ने सबैले भेट्टाउँछन्। र ढकढक्याउने व्यक्तिको निम्ति त्यो उघारिनेछ।
हिब्रू 11:6विनाविश्‍वास परमेश्‍वरलाई प्रसन्‍न पार्न असम्भव छ। किनकि जो परमेश्‍वरकहाँ आउँछ उसले परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्नैपर्छ र उहाँलाई जसले खोज्छ त्यसले इनाम पाउनेछ भनी विश्‍वास गर्नुपर्छ।
यर्मिया 29:13किनकि तिमीहरूले मलाई खोज्‍नेछौ र भेट्टाउनेछौ, किनभने तिमीहरूले मलाई आफ्‍ना सारा हृदयले खोज्नेछौ।
१ इतिहास 16:11परमप्रभु र उहाँका शक्तिको खोजी गर। निरन्‍तर उहाँको उपस्‍थिति खोज।
हितोपदेश 8:17मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्दछु, र मलाई परिश्रमसाथ खोज्नेहरूले मलाई भेट्टाउँछन्।
भजनसंग्रह 63:1हे परमेश्‍वर, तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ। उत्‍सुकतासाथ म तपाईंको खोजी गर्छु। पानी नभएको सुख्‍खा र बाँझो जमिनमा, मेरो प्राणले तपाईंको तृणा गर्छ र मेरो शरीरले तपाईंलाई खोज्‍छ।
व्यवस्था 4:29तर त्यहीँबाट नै तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको खोजी गर्ने छौ र तिमीहरूका सारा ह्रदय र सारा प्राणले उहाँको खोजी गर्दा तिमीहरूले उहाँलाई भेट्टाउने छौ।
भजनसंग्रह 9:10तपाईंको नाउँ जान्‍नेहरूले तपाईंमा भरोसा गर्छन्, किनकि, हे परमप्रभु, तपाईंलाई खोज्‍नेहरूलाई तपाईंले त्याग्‍नुहुन्‍न।
भजनसंग्रह 34:10जवान सिंहहरूलाई कहिलेकाहीं खानाकुरा खाँचो पर्छ र भोकाउँछन्, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै असल कुरा खाँचो हुँदैन।

यी पाठकहरूले यस विषयका लागि प्रायः खोज्ने पदहरू हुन् — यसबारे कुनै शिक्षा होइन। हरेकलाई त्यसको अध्यायमा पढ्नुहोस्।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार