ULB · अध्याय 148 / 150
भजनसंग्रह 148
1परमप्रभुको प्रशंसा गर। ए स्वर्गमा हुनेहरू हो, परमप्रभुको प्रशंसा गर। ए उच्च स्थानहरूमा हुनेहरू हो, उहाँको प्रशंसा गर।
2उहाँका सबै स्वर्गदूत हो, उहाँको प्रशंसा गर। ए उहाँका सबै फौज हो, उहाँको प्रशंसा गर।
3हे सूर्य र चन्द्रमा हो, उहाँको प्रशंसा गर। ए सबै चम्किने तारा हो, उहाँको प्रशंसा गर।
4ए सर्वोच्च स्वर्ग र आकाशमाथिका पानी हो, उहाँको प्रशंसा गर।
5तिनीहरूले परमप्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँले आज्ञा दिनुभयो र तिनीहरू सृष्टि भए।
6उहाँले तिनलाई सदासर्वदाको निम्ति स्थापित पनि गर्नुभएको छ। उहाँले एउटा आदेश जारी गर्नुभयो जो कहिल्यै बद्लिंदैन।
7पृथ्वीबाट उहाँको प्रशंसा गर, हे समुद्रका विशाल जन्तुहरू र सागरका गहिराइहरू हो,
8हे आगो र असिना, हिउँ र बादल, उहाँको वचन पुरा गर्ने आँधी बेहरी हो।
9उहाँको प्रशंसा गर, हे सबै पहाड र डाँडाहरू, फलका रूखहरू र सबै देवदारुहरू हो,
10जङ्गली पशुहरू र पाल्तु पशुहरू, घस्रने प्राणीहरू र चराहरू हो।
11परमप्रभुको प्रशंसा गर, हे पृथ्वीका राजाहरू र सबै जातिहरू, शासकहरू र पृथ्वीमा शासन गर्ने सबैले,
12जवान पुरुषहरू र जवान स्त्रीहरू, वृद्धहरू र बालकहरू दुवैले।
13तिनीहरू सबैले परमप्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्र उच्च पारिन्छ र उहाँको महिमाले पृथ्वी र स्वर्गलाई ढाक्छ।
14उहाँले आफ्ना सबै विश्वासयोग्य जनहरू, इस्राएलीहरू, उहाँका नजिकका सबै मानिसबाट प्रशंसाको निम्ति आफ्ना मानिसहरूका सिङ खडा गर्नुभएको छ। परमप्रभुको प्रशंसा गर।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org