ULB · अध्याय 134 / 150
भजनसंग्रह 134
1हे परमप्रभुका सबै सेवक हो, आओ, परमप्रभुको प्रशंसा गर। तिमीहरू जसले परमप्रभुको मन्दिरमा राति सेवा गर्छौ।
2पवित्र स्थानतिर आफ्ना हात उचाल र परमप्रभुको प्रशंसा गर।
3परमप्रभुले तिमीलाई सियोनबाट आशिष् देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org