Bible Explorer एप लिनुहोस्

बाइबल › भजनसंग्रह › 67

ULB · अध्याय 67 / 150

भजनसंग्रह 67

1परमेश्‍वर हामीप्रति दयालु हुनुभएको होस्, र हामीलाई आशिष्‌ दिनुभएको होस्, अनि हामीमाथि आफ्‍नो मुहार चम्काउनुभएको होस्। सेला

2ताकि तपाईंका मार्गहरू पृथ्वीलाई र तपाईंको मुक्‍ति सबै जातिहरूमा प्रकट होस्।

3हे परमेश्‍वर, मानिसहरूले तपाईंको प्रशंसा गरून्। सबै मानिसहरूले तपाईंको प्रशंसा गरून्।

4जातिहरू खुसी होऊन् र आनन्दले गाऊन्, किनकि तपाईंले मानिसहरूको न्‍याय सत्यतामा गर्नुहुनेछ र पृथ्वीका जातिहरूमा शासन गर्नुहुनेछ। सेला

5हे परमेश्‍वर, मानिसहरूले तपाईंको प्रशंसा गरून्। सबै मानिसहरूले तपाईंको प्रशंसा गरून्।

6पृथ्वीले यसको फसल उत्पादन गरेको छ, र परमेश्‍वर, हाम्रा परमेश्‍वरले हामीलाई आशिष्‌ दिनुभएको छ।

7परमेश्‍वरले हामीलाई आशिष्‌ दिनुभएको छ र पृथ्वीका अन्तिम छेउसम्म भएका सबैले उहाँको आदर गर्छन्।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org