Bible Explorer एप लिनुहोस्

बाइबल › भजनसंग्रह › 29

ULB · अध्याय 29 / 150

भजनसंग्रह 29

1ए परमेश्‍वरका छोराहरू हो, परमप्रभुलाई श्रेय देओ, महिमा र बलको श्रेय परमप्रभुलाई देओ।

2परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमाको श्रेय देओ। पवित्रतामा सुहाउँदो भएर परमप्रभुलाई दण्डत गर।

3परमप्रभुको सोर पानीहरूमाथि सुनिन्छ। महिमाको परमेश्‍वर गर्जनुहुन्छ। परमप्रभु धेरै पानीहरूमाथि गर्जनुहुन्छ।

4परमप्रभुको सोर शक्तिशाली छ। परमप्रभुको सोर महिमित छ।

5परमप्रभुको सोरले देवदारुहरूलाई भाँचिदिन्‍छ। परमप्रभुले लेबनानका देवदारुहरूलाई टुक्रा-टुक्रा पार्नुहुन्छ।

6उहाँले लेबनानलाई बाछोझैं र सिरिओनलाई जवान गोरुझैं उफ्रन लगाउनुहुन्छ।

7परमप्रभुको सोरले आगोको ज्वालाहरू पठाउँछ।

8परमप्रभुको सोरले उजाड-स्‍थानलाई हल्लाउँछ। परमप्रभुले कादेशको उजाड-स्‍थानलाई थर्कमान पार्नुहुन्छ।

9परमप्रभुको सोरले फलाँटका रूखहरूलाई बङ्ग्याउँछ, र वनहरूलाई उखेलेर उजाड पार्छ। उहाँको मन्दिरमा हुने हरेकले भन्छ, “महिमा!”

10परमप्रभु बाढीमाथि राजाको रूपमा विराजमान हुनुहुन्छ। परमप्रभु सदासर्वदा राजाको रूपमा विराजमान हुनुहुन्छ।

11परमप्रभुले आफ्ना मानिसहरूलाई बल दिनुहुन्छ। परमप्रभुले आफ्ना मानिसहरूलाई मिलापले आशिष्‌ दिनुहुन्छ।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org