Bible Explorer एप लिनुहोस्

बाइबल › भजनसंग्रह › 111

ULB · अध्याय 111 / 150

भजनसंग्रह 111

1परमप्रभुको प्रशंसा गर। म सोझाहरूको सभामा, तिनीहरूको भेलामा आफ्‍नो सारा हृदयले परमप्रभुलाई धन्‍यवाद चढाउनेछु।

2परमप्रभुका कामहरू महान् छन्। तिनको इच्‍छा गर्ने सबैले उत्सुकतासाथ आसा गर्छन्।

3उहाँको काम ऐश्‍वर्यशाली र महिमित छ। उहाँको धार्मिकता सदासर्वदा रहन्छ।

4उहाँले अचम्मका कामहरू गर्नुहुन्छ, जसको सम्झना हुनेछ। परमप्रभु अनुग्रही र कृपालु हुनुहुन्छ।

5विश्‍वासयोग्यतासाथ उहाँको अनुसरण गर्नेहरूलाई उहाँले भोजन दिनुहुन्छ। उहाँले आफ्‍नो करार सधैं सम्झिनुहुनेछ।

6उहाँले जातिहरूका उत्तराधिकार आफ्‍ना मानिसहरूलाई दिनुहुँदा उहाँले तिनीहरूलाई आफ्‍ना शक्तिशाली कामहरू देखाउनुभयो।

7उहाँका हातहरूका कामहरू भरपर्दा र निष्‍पक्ष छन्। उहाँका सबै सुझावहरू विश्‍वासयोग्‍य छन्।

8विश्‍वासयोग्‍य र उचित किसिमले पालन गर्न ती सदाको निम्ति स्थापित गरिएका छन्।

9उहाँले आफ्ना मानिसहरूलाई विजय दिनुभयो। उहाँले आफ्‍नो करार सदाको निम्ति स्‍थापित गर्नुभयो। उहाँको नाउँ पवित्र र भययोग्‍य छ।

10परमप्रभुको आदर गर्नु बुद्धिको सुरु हो। उहाँका सुझावहरू पालन गर्नेहरूसँग सुझबुझ हुन्छ। उहाँको प्रशंसा सदासर्वदा रहन्छ।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org