ULB · अध्याय 100 / 150
भजनसंग्रह 100
1हे सारा पृथ्वी, आनन्दसाथ परमप्रभुको जयजयकार गर।
2खुसीसाथ परमप्रभुको सेवा गर। आनन्दले गाउँदै उहाँको उपस्थितिको सामु आओ।
3परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान। उहाँले हामीलाई बनाउनुभयो र हामी उहाँका हौं। हामी उहाँका मानिसहरू र उहाँका खर्कका भेडाहरू हौं।
4धन्यवाद दिंदै उहाँको ढोकाभित्र र प्रशंसा गर्दै उहाँको चोकभित्र पस। उहाँलाई धन्यवाद देओ र उहाँको नाउँको स्तुति गर।
5किनकि परमप्रभु असल हुनुहुन्छ। उहाँको करारको विश्वस्तता सदासर्वदा र उहाँको सत्यता सबै पुस्तामा रहन्छ।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org