Bible Explorer एप लिनुहोस्

बाइबल › भजनसंग्रह › 101

ULB · अध्याय 101 / 150

भजनसंग्रह 101

1करारको विश्‍वस्‍तता र न्यायको बारेमा म गाउनेछु। हे परमप्रभु, तपाईंको निम्ति म स्‍तुति गाउनेछु।

2इमानदरीताको बाटोमा म हिंड्नेछु। तपाईं मकहाँ कहिले आउनुहुनेछ? म आफ्‍नो घरभित्र इमानदरीतामा हिंड्‍नेछु।

3आफ्‍नो आँखाको सामु म खराबीलाई राख्‍नेछैन। व्‍यर्थका खराब कुरालाई म घृणा गर्छु। त्‍यो मसित टाँसिनेछैन।

4भ्रष्‍ट मानिसहरूले मलाई छोड्नेछन्। खराबीप्रति बफादार छैन।

5आफ्नो छिमेकी गुप्‍त रूपमा निन्दा गर्ने जोसुकैलाई म नाश गर्नेछु। घमण्डी आचरण र अहङ्कारी विचार भएको कुनै पनि व्यक्‍तिलाई म सहनेछैन।

6मेरो छेउमा बस्‍नलाई म देशका विश्‍वासयोग्यहरू खोज्‍नेछु। इमानदारीताको बाटोमा हिंड्नेहरूले मेरो सेवा गर्न सक्छन्।

7छली मानिसहरू मेरो मन्‍दिरभित्र रहनेछैनन्। झुट बोल्नेहरूलाई मेरो सामु स्वागत गरिनेछैन।

8हरेक बिहानै म दुष्‍टहरूलाई देशबाट नष्‍ट पार्नेछु। दुष्‍ट काम गर्ने सबैलाई म परमप्रभुको सहरबाट हटाउनेछु।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org