Bible Explorer एप लिनुहोस्

बाइबल › भजनसंग्रह › 54

ULB · अध्याय 54 / 150

भजनसंग्रह 54

1हे परमेश्‍वर, मलाई तपाईंको नाउँद्वारा बचाउनुहोस् र तपाईंको शक्तिले न्याय गर्नुहोस्।

2हे परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस्। मेरो मुखका शब्दहरूमा कान थाप्‍नुहोस्।

3किनकि विदेशीहरू मेरो विरुद्धमा उठेका छन् र निर्दयी मानिसहरूले मेरो ज्यान लिन खोजेका छन्। तिनीहरूले आफ्नो सामु परमेश्‍वरलाई राखेका छैनन्। सेला

4हेर, परमेश्‍वर मेरो सहायक हुनुहुन्छ। मलाई उचाल्‍नुहुने परमप्रभु नै हुनुहुन्छ।

5उहाँले मेरा शत्रुहरूलाई खराबीको प्रतिफल दिनुहुनेछ। आफ्‍नो विश्‍वस्‍ततामा तिनीहरूको नाश गर्नुहोस्!

6म तपाईंलाई स्वेच्छा बलि चढाउनेछु। हे परमप्रभु, म तपाईंको नाउँलाई धन्यवाद दिनेछु, किनकि यो असल छ।

7किनकि उहाँले मलाई हरेक कष्‍टबाट बचानुभएको छ। मेरो आँखाले मेरा शत्रहरूमाथि विजयको दृष्‍टिले हरेको छ।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org