ULB · अध्याय 80 / 150
भजनसंग्रह 80
1हे इस्राएलका गोठालो, ध्यान दिनुहोस्। तपाईं जसले योसेफलाई बगालझैं डोर्याउनुहुन्छ। तपाईं जो करूबहरूभन्दा माथि विराजमान हुनुहुन्छ, हामीमाथि चम्कनुहोस्।
2एफ्राइम, बेन्यामीन र मनश्शेको दृष्टिमा तपाईंको शक्ति चलाउनुहोस्। आउनुहोस् र हामीलाई बचाउनुहोस्।
3हे परमेश्वर, हामीलाई पुनर्स्थापित गर्नुहोस्। हामीमाथि तपाईंको मुहार चम्काउनुहोस् र हामी बाँचाइनेछौं।
4हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंका मानिसहरूले प्रार्थना गर्दा तपाईं कहिलेसम्म तिनीहरूसँग रिसाउनुहुनेछ?
5तपाईंले तिनीहरूलाई आँसुको रोटी खुवाउनुभएको छ र तिनीहरूलाई अति धेरै आँशु पिउन दिनुभएको छ।
6हाम्रा छिमेकीहरूलाई बहस गर्न तपाईंले हामीलाई त्यस्तो केही बनाउनुहुन्छ र हाम्रा शत्रुहरू आफ्ना माझमा हाम्रो बारेमा हाँसो गर्छन्।
7हे सर्वशक्तिमान् परमप्रभु, हामीलाई पुनर्स्थापना गर्नुहोस्। आफ्नो मुहार हामीमाथि चम्काउनुहोस् र हामी बचाइनेछौं।
8तपाईंले मिश्रदेशबाट एउटा दाखको बोट ल्याउनुभयो। तपाईंले जातिहरूलाई धपाउनुभयो र त्यसलाई रोप्नुभयो।
9तपाईंले त्यसको निम्ति देशलाई सफा पार्नुभयो। त्यसले जरा हाल्यो र देशमा भरियो।
10त्यसको छायाले पहाडहरूलाई, त्यसका हाँगाहरूले परमेश्वरका देवदारुहरूलाई ढाक्यो।
11यसले आफ्ना हाँगाहरू समुद्रसम्म र आफ्ना जराहरू यूफ्रेटिस नदीसम्समै फैलायो।
12तपाईंले किन यसको पर्खाल भत्काउनुभएको छ ताकि यो बाटो भएर जाने सबैले यसको फल टिपून्?
13वनका बँदेहरूले यसलाई बिगार्छन् र मैदानका पशुहरूले यसमा चर्छन्।
14हे सर्वशक्तिमान् परमेश्वर, फर्कनुहोस्। स्वर्गबाट तल हेर्नुहोस् र ध्यान दिनुहोस् र यो दाखको रेखदेख गर्नुहोस्।
15तपाईंको दाहिने हातले रोपेको जरा, तपाईंले बढाउनुभएको बिरुवा यही हो।
16यसलाई जलाइएको छ र काटिएको छ। तपाईंको हप्कीको कारणले ती नष्ट हुन्छन्।
17तपाईंको बाहुली तपाईंको दाहिने हातको मानिसमाथि, तपाईंले आफ्नो निम्ति बलियो बनाउनुभएको मानिसको पुत्रमाथि रहोस्।
18तब तपाईंबाट हामी तर्केर जानेछैनौं। हामीलाई पुनर्जीवित पार्नुहोस् र हामीले तपाईंको नाउँ पुकार्नेछौं।
19हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, हामीलाई पुनर्स्थापना गर्नुहोस्। तपाईंको मुहार हामीमाथि चम्काउनुहोस् र हामीलाई बचाइनेछौं।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org