Bible Explorer एप लिनुहोस्

बाइबल › भजनसंग्रह › 144

ULB · अध्याय 144 / 150

भजनसंग्रह 144

1परमप्रभु मेरा चट्टानको स्‍तुति होस्, जसले युद्ध गर्न मेरा हातहरूलाई र लडन्‍त गर्न मेरा औंलाहरूलाई तालिम दिनुहुन्छ।

2तपाईं मेरो करारको विश्‍वस्‍तता र मेरो किल्‍ला हुनुहुन्‍छ। मेरो अग्लो धरहरा जसले मलाई बचाउनुहुन्‍छ। मेरो ढाल र एक मात्र जसमा म शरण लिन्‍छु। एक मात्र जसले जातिहरूलाई मेरो अधीनमा पार्नुहुन्छ।

3हे परमप्रभु, मानिस के हो र तपाईंले त्यसलाई ध्यान दिनुहुन्छ वा मानिसको छोरो को हो जसको बारेमा तपाईंले विचार गर्नुहुन्छ?

4मानिस एकपल्‍टको सासजस्तो हो। त्यसका दिनहरू बितेर जाने छायाजस्ता हो।

5हे परमप्रभु, आकाशलाई खोल्‍नुहोस् र तल आउनुहोस्। पहाडहरू छुनुहोस् र तिनीहरूबाट धूवाँ निकाल्‍नुहोस्।

6बिजुलीका चमकहरू पठाउनुहोस् र मेरा शत्रुहरूलाई छरपष्‍ट पार्नुहोस्। तपाईंका काँडहरू हान्‍नुहोस् र तिनीहरूलाई गोलमालमा पछाडि फर्काउनुहोस्।

7माथिबाट आफ्‍नो हात पसार्नुहोस्। धेरै पानीबाट र विदेशीहरूका हातबाट मलाई बचाउनुहोस्।

8तिनीहरूका मुखहरूले झुटा बोल्छन् र तिनीहरूका दाहिने हात झुटा हो।

9हे परमेश्‍वर, म तपाईंको निम्ति एउटा नयाँ गीत गाउनेछु। दस तारे वीणासँगै म तपाईंको स्‍तुति गाउनेछु,

10जसले राजाहरूलाई उद्धार दिनुहुन्छ, जसले आफ्‍नो सेवक दाऊदलाई दुष्‍ट तरवारबाट बचाउनुभयो।

11मलाई विदेशीहरूका हातहरूबाट बचाउनुहोस् र स्‍वतन्त्र गर्नुहोस्। तिनीहरूका मुखहरूले झुटा बोल्छन् र तिनीहरूका दाहिने हात झुटा हो।

12हाम्रा छोराहरू आफ्‍नो जवान अवस्‍थाको पूर्ण आकारमा वृद्धि भएका रूखहरूजस्ता र हाम्रा छोरीहरू कुँदिएका कुनामा खम्बाहरूजस्ता, दरबारका जस्तै रूपवती होऊन्।

13हाम्रा अन्‍नभण्‍डारहरू हरेक किसिमको अन्‍नहरूले भरिपूर्ण होऊन् र हाम्रा भेडाहरूले मैदानहरूमा हजारौं र दसौं हजार उत्‍पादन गरून्।

14अनि हाम्रा गोरूहरूमा धेरै बहरहरू हुनेछन्। कसैले पनि हाम्रा पर्खालहरू भत्काउनेछैन। त्यहाँ कोही पनि निर्वासित हुनेछैन र हाम्रा सडकहरूमा कुनै चित्कार हुनेछैन।

15यस्ता आशिष्‌ले आशिषित्‌ भएका मानिस धन्यको होऊन्। यस्‍ता मानिसहरू धन्‍यका हुन् जसका परमेश्‍वर परमप्रभु हुनुहुन्छ।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org