Bible Explorer एप लिनुहोस्

बाइबल › भजनसंग्रह › 16

ULB · अध्याय 16 / 150

भजनसंग्रह 16

1हे परमेश्‍वर, मेरो रक्षा गर्नुहोस्, किनकि म तपाईंमा शरण लिन्छु।

2म परमप्रभुलाई भन्छु, “तपाईं मेरो परमप्रभु हुनुहुन्छ; तपाईंबाहेक मेरो असल कुरा केही छैन।

3पृथ्वीमा भएका पवित्र मानिसहरूका बारेमा, तिनीहरू सज्‍जन मानिसहरू हुन्। मेरा सबै खुसी तिनीहरूमा नै छ।

4तिनीहरू जसले अरू ईश्‍वरहरूको खोजी गर्छन्, तिनीहरूका कष्‍टहरू बढ्‍नेछन्। तिनीहरूका ईश्‍वरहरूलाई रगतको अर्घबलि म चढाउनेछैन वा मेरा ओठहरूले तिनीहरूका नाउँहरू लिनेछैन।

5हे परमप्रभु, तपाईं मेरो चुनिएको हिस्सा र मेरो कचौरा हुनुहुन्छ। तपाईंले मेरो भाग राख्‍नुहुन्छ।

6रमणीय ठाउँहरूमा मेरो निम्ति नापका रेखाहरू राखिएका छन्। निश्‍चय नै मनोहर उत्तराधिकार मरै हो।

7मलाई सल्‍लाह दिनुहुने परमप्रभुलाई म धन्‍यको भन्‍नेछु। रातको समयमा पनि मेरो मनले मलाई शिक्षा दिन्छ।

8हर समय म परमप्रभुलाई नै मेरो सामु राख्छु, त्यसरी म उहाँको दाहिने हातबाट डग्‍नेछैन।

9यसकारण मेरो हृदय खुसी छ। मेरो महिमा आनन्‍दित छ। निश्‍चय नै म सुरक्षामा जिउनेछु।

10किनकि तपाईंले मरो प्राणलाई चिहानमा त्यग्‍नुहुनेछैन। तपाईंले आफ्नो विश्‍वासयोग्यलाई खाडल देख्‍न दिनुहुन्‍न।

11तपाईंले मलाई जीवनको बाटो सिकाउनुहुन्‍छ। तपाईंको उपस्थितिमा प्रशस्‍त आनन्दले वास गर्छ, तपाईंको दाहिने हातमा खुसी सदासर्वदा रहन्‍छ।”

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org