ULB · अध्याय 57 / 150
भजनसंग्रह 57
1हे परमेश्वर, मप्रति दयालु हुनुहोस्, मप्रति दयालु हुनुहोस्, किनकि यी कष्टहरू अन्त नभएसम्म म तपाईंमा शरण लिन्छु। यो विनाश अन्त नभएसम्म सुरक्षाको निम्ति म तपाईंका पखेटामुनि बस्छु।
2सर्वोच्च परमेश्वरमा म पुकारा गर्नेछु, परमेश्वरमा जसले मलाई सबै कुरा गर्नहुन्छ।
3उहाँ स्वर्गबाट सहायता पठाउनुहुनेछ र मलाई बचाउनुहुनेछ। मलाई कुल्चनेहरूसँग उहाँ क्रुद्ध हुनुहुन्छ। सेला परमेश्वरले मलाई उहाँको दया र विश्वस्तता पठाउनुहुनेछ।
4मेरो जीवन सिंहहरूका माझमा छ। मेरो नाश गर्न तयार भएकाहरूका माझमा म छु। म ती मानिसहरूका माझमा छु जसका दाँतहरू भालाहरू र काँडहरू हुन्, र जसका जिब्राहरू धारिला तरवारहरू हुन्।
5हे परमेश्वर, आकाशभन्दा उच्च हुनुहोस्। तपाईंको महिमा सारा पृथ्वीमाथि उच्च होस्।
6तिनीहरू मेरा खुट्टाहरूका निम्ति जाल फिंजाउँछन्। म संकष्टमा थिएँ। तिनीहरूले मेरै सामु खल्डो खने। त्यसको बिचमा तिनीहरू आफै खसेका छन्। सेला
7हे परमेश्वर, मेरो मन स्थिर छ, मेरो मन स्थिर छ। म गाउनेछु, हो, म प्रशंसाका गीत गाउनेछु।
8हे मेरो आदरको हृदय, जाग्। हे वीणा र सारङ्गी जाग। बिहान सबेरै म जगाउनेछु।
9हे परमप्रभु, म तपाईंलाई मानिसहरूको माझमा धन्यवाद दिनेछु। जातिहरूका माझमा म तपाईंको प्रशंसा गर्नेछु।
10किनकि स्वर्गसम्मै पुग्ने तपाईंको अचूक प्रेम माहन् छ। र तपाईंको विश्वस्तता बादलहरूसम्मै पुग्छन्।
11हे परमेश्वर, आकाशभन्दा उच्च हुनुहोस्। तपाईंको महिमा सारा पृथ्वीमाथि उच्च होस्।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org