Bible Explorer एप लिनुहोस्

बाइबल › भजनसंग्रह › 82

ULB · अध्याय 82 / 150

भजनसंग्रह 82

1परमेश्‍वर ईश्‍वरीय सभामा खडा हुनुहुन्छ। देवताहरूका माझमा उहाँले न्यायको फैसला गर्नुहुन्छ।

2कहिलेसम्म तिमीहरू अन्यायपुर्वक फैसला गर्छौ र दुष्‍टको पक्षलाई कृपा गर्छौ? सेला

3गरीब र अनाथहरूको बचाऊ गर। कष्‍टमा परेकाहरू र दरिद्रहरूको अधिकार कायम गर।

4गरीब र खाँचोमा परेकाहरूलाई बचाओ। तिनीहरूलाई दुष्‍टहरूका हातबाट छुट्टाओ।

5तिनीहरूले न जान्दछन् न बुझ्छन्। तिनीहरू अन्धकारमा भौंतारिन्छन्। पृथ्वीका सबै जगहरू टुक्रिन्छन्।

6मै भनें, “तिमीहरू देवताहरू हौ र तिमीहरू सबै जना सर्वोच्‍चका छोराहरू हौ।

7तापनि तिमीहरू मानिसहरूझैं मर्नेछौ र शासकमध्‍ये एक जनाझैं ढल्‍नेछौ।”

8हे परमेश्‍वर, पृथ्वीको न्याय गर्न उठ्नुहोस्, किनकि सबै जातिहरूमा तपाईंको उत्तराधिकार छ।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org