Bible Explorer एप लिनुहोस्

बाइबल › भजनसंग्रह › 64

ULB · अध्याय 64 / 150

भजनसंग्रह 64

1हे परमेश्‍वर, मेरो सोर सुन्‍नुहोस्। मेरो गुनसोमा ध्‍यान दिनुहोस्। मेरा शत्रुहरूका डरबाट मेरो जीवन सुरक्षित राख्‍नुहोस्।

2खराबी गर्नेहरूको गुप्‍त षड्यन्त्रबाट र अधर्म गर्नेहरूको कोलाहलबाट मलाई लुकाउनुहोस्।

3तिनीहरूले तरवारहरूझैं आफ्‍ना जिब्राहरू धारिला बनाएका छन्। तीता शब्दहरूका काँडहरूले तिनीहरूले लक्षित गरेका छन्।

4ताकि तिनीहरूले निर्दोष कसैलाई गुप्‍त ठाउँबाट हान्‍न सकून्। अचानक तिनीहरूले त्यसलाई हान्छन् र कुनै डर मान्दैनन्।

5तिनीहरूले आफैलाई दुष्‍ट योजनामा उत्साहित पार्छन्। पासोहरू थाप्‍न तिनीहरू गोप्य रूपमा सल्लाह गर्छन्। तिनीहरू भन्छन्, “हामीलाई कसले देख्‍नेछ र?”

6तिनीहरू पापपूर्ण योजनाहरू बनाउँछन्। तिनीहरू भन्छन्, “हामीले एउटा होसियार योजना पूरा गरेका छौं।” मानिसका भित्री विचारहरू र हृदयहरू गहन हुन्छन्।

7तर परमेश्‍वरले तिनीहरूलाई प्रहार गर्नुहुनेछ। अचानक तिनीहरू उहाँको काँडले घाइते हुनेछन्।

8तिनीहरूलाई ठेस खानेछन्। किनभने तिनीहरूका जिब्रोहरू तिनीहरूका विरुद्धमा छन्। तिनीहरूलाई देख्‍ने सबै जनाले आफ्‍ना मुन्टो हल्लाउनेछन्।

9सबै मानिसहरूले भय मान्‍नेछन् र परमेश्‍वरका कामहरू घोषणा गर्नेछन्। उहाँले जे गर्नुभएको छ, त्‍यसको बारेमा तिनीहरूले बुद्धिमान् भएर विचार गर्छन्।

10धर्मी परमप्रभुको बारेमा खुसी हुनेछ र उहाँमा शरण लिनेछ। हृदयमा सोझा हुने सबै जनाले उहाँमा गर्व गर्नेछन्।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org