Bible Explorer एप लिनुहोस्

बाइबल › भजनसंग्रह › 76

ULB · अध्याय 76 / 150

भजनसंग्रह 76

1परमेश्‍वरले आफैलाई यहूदामा प्रकट गर्नुभएको छ। इस्राएलमा उहाँको नाउँ महान् छ।

2उहाँको पाल शालेममा छ। उहाँको बासस्‍थान सियोनमा छ।

3त्यहाँ उहाँले धनुको काँड, तरवार, ढाल र युद्धका अन्य हतियारहरू नष्‍ट गर्नुभयो। सेला

4पर्वतहरूमाथि तपाईंले आफ्‍ना शिकारहरू मारेर ओर्लनुहुँदा तपाईं चम्‍किनुहुन्‍छ र आफ्‍नो माहिमा प्रकट गर्नुहुन्छ।

5साहसी हृदय भएकाहरू लुटिएका थिए। तिनीहरू मस्त निद्रमा परे। सबै योद्धाहरू असहाय थिए।

6हे याकूबको परमेश्‍वर, तपाईंले हप्काउनुहुँदा घोडाचढी र घोडा दुवै मस्त निद्रामा परे।

7तपाईंको, हो तपाईंकै भय मानिन्छ। तपाईं रिसाउनुहुँदा तपाईंको सामु को खडा हुन सक्छ र?

8स्वर्गबाट तपाईंले आफ्नो न्याय सुनाउनुभयो। पृथ्वी भयभीत र चूपचाप थियो।

9हे परमेश्‍वर, जति बेला तपाईं न्याय गर्न र पृथ्वीका सबै थिचोमिचोमा परेकाहरूलाई बचाउन उठ्नुभयो। सेला

10निश्‍चय नै, मानवजातिको विरुद्धमा तपाईंको क्रोधपूर्ण न्यायले तपाईंलाई प्रशंसा ल्याउनेछ। तपाईंको क्रोधबाट बाँकी रहेकाहरूले तपाईंले आफूलाई घेर्नुहोस्।

11परमप्रभु आफ्‍ना परमेश्‍वरसँग भाकल गर र ती पुरा गर। उहाँको वरिपरि भएका सबै जनाले उहाँलाई उपहारहरू ल्याऊन् जसको भय मान्‍नुपर्छ।

12उहाँले शासकहरूका आत्मा नाश पार्नुहुन्छ। पृथ्वीका राजाहरूले उहाँको भय मान्छन्।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org