Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › बाइबल के भन्छ › चिन्ता र फिक्री

भावनाहरू

चिन्ता र फिक्री बारे बाइबल के भन्छ

यस विषयका लागि पाठकहरू सबैभन्दा बढी फर्केर पढ्ने 15 पद, पवित्र बाइबल (ULB) बाट पूरै उद्धृत।

फिलिप्पी 4:6–7कुनै कुरामा चिन्तित नहोओ। बरु, हरेक कुरामा प्रार्थना र नम्र निवेदनद्वारा, र धन्यवादसाथ तिमीहरूका निवेदन परमेश्‍वरमा जाहेर होऊन्। र हाम्रा सबै समझभन्दा उच्‍च परमेश्‍वरको शान्तिले ख्रीष्‍ट येशूमा तिमीहरूका हृदय र विचारहरूलाई रक्षा गर्नेछ।
१ पत्रुस 5:7तिम्रा सबै चिन्ता-फिक्री उहाँमा सुम्पिदेओ किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ।
यूहन्ना 14:27म तिमीहरूसँग शान्ति छोड्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु। संसारले जसरी दिन्छ त्यसरी म यो तिमीहरूलाई दिन्‍नँ। तिमीहरूको हृदय विचलित नहोस्, र भयभीत नहोस्।
यशैया 41:10नडरा, किनकि म तँसँग छु। चिन्तित नहो, किनकि म नै तेरो परमेश्‍वर हुँ। म तँलाई बलियो बनाउनेछु, र म तँलाई सहायता गर्नेछु, अनि आफ्‍नो धर्मी दाहिने हातले म तँलाई थाम्‍नेछु।
मत्ती 6:34त्यसैकारण, भोलिको निम्ति चिन्ता नगर, किनकि भोलिको चिन्ता त्यो आफैँले गर्नेछ। हरेक दिनको आफ्नै पर्याप्‍त चिन्ता रहेको छ।
हितोपदेश 12:25मानिसको हृदयमा भएको चिन्ताले उसलाई कमजोर तुल्याउँछ, तर असल वचनले उसलाई प्रसन्‍न पार्छ।
२ तिमोथी 1:7परमेश्‍वरले हामीलाई डरको आत्मा होइन तर प्रेम, शक्‍ति र अनुशासनको आत्मा दिनुभएको छ।
भजनसंग्रह 56:3जब म डराउँछु, तब म आफ्‍नो भरोसा तपाईंमा राख्छु।
भजनसंग्रह 55:22आफ्‍ना बोझहरू परमप्रभुमा राख र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ। उहाँले धर्मी मानिसलाई कहिल्यै पनि डग्‍न दिनुहुन्‍न।
भजनसंग्रह 94:19जब मभित्र फिक्रीहरू धैरै हुन्छन्, तब तपाईंका सान्त्वनाहरूले मलाई खुसी बनाउँछन्।
मत्ती 11:28–30मकहाँ आओ, तिमीहरू सबै जसले परिश्रम गर्दछौ र गह्रौँ बोझले लादिएका छौ, अनि म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमीहरूमाथि लेओ र मबाट सिक, किनकि म नम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्नो आत्माको निम्ति विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो छ र मेरो बोझ हलुको छ।”
फिलिप्पी 4:13जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारा नै म सबै कुराहरू गर्न सक्दछु।
भजनसंग्रह 34:4मैले रमप्रभुको खोजी गरें र उहाँले मलाई जवाफ दिनुभयो, र मेरा सबै डरमाथि उहाँले मलाई विजय दिनुभयो।
यहोशू 1:9के मैले तँलाई आज्ञा गरेको होइनँ र? बलियो र साहसी हो। नडरा। निराश नहो। तँ जहाँ गए पनि परमप्रभु परमेश्‍वर तँसँग हुनुहुन्छ।
यशैया 35:4डराएका हृदय भएकाहरूलाई भन, “बलियो होओ, नडराओ! हेर, तिमीहरूका परमेश्‍वर सट्टा लिएर, परमेश्‍वरको इनाम लिएर आउनुहुनेछ। उहाँ आउनुहुनेछ र तिमीहरूलाई बचाउनुहुनेछ।”

यी पाठकहरूले यस विषयका लागि प्रायः खोज्ने पदहरू हुन् — यसबारे कुनै शिक्षा होइन। हरेकलाई त्यसको अध्यायमा पढ्नुहोस्।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार