गृहपृष्ठ › बाइबल के भन्छ › परमेश्वरमा भरोसा
विश्वास
परमेश्वरमा भरोसा बारे बाइबल के भन्छ
यस विषयका लागि पाठकहरू सबैभन्दा बढी फर्केर पढ्ने 10 पद, पवित्र बाइबल (ULB) बाट पूरै उद्धृत।
हितोपदेश 3:5
तेरो सारा हृदयले परमप्रभुमाथि भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर्।भजनसंग्रह 37:5
आफ्ना मार्गहरू परमप्रभुलाई देऊ। उहाँमा भरोसा गर र उहाँले तिम्रो निम्ति काम गर्नुहुनेछ।भजनसंग्रह 9:10
तपाईंको नाउँ जान्नेहरूले तपाईंमा भरोसा गर्छन्, किनकि, हे परमप्रभु, तपाईंलाई खोज्नेहरूलाई तपाईंले त्याग्नुहुन्न।भजनसंग्रह 56:3–4
जब म डराउँछु, तब म आफ्नो भरोसा तपाईंमा राख्छु। परमेश्वर, जसको वचनको प्रशंसा म गर्छु— परमेश्वरमा मैले आफ्नो भरोसा राखेको छु। म डराउनेछैन। मानिसले मलाई के गर्न सक्छ र?भजनसंग्रह 28:7
परमप्रभु मेरो बल र मेरो ढाल हुनुहुन्छ। मेरो हृदयले उहाँमा भरोसा गर्छ र मलाई मदत भयो। यसकारण मेरो हृदय साह्रै आनन्दित हुन्छ र गाउँदै उहाँको म प्रशंसा गर्नेछु।रोमी 15:13
अब भरोसाका परमेश्वरले विश्वास गर्नको निम्ति तिमीहरूलाई आनन्द र शान्तिले भरून्, ताकि पवित्र आत्माको शक्तिद्वारा तिमीहरू भरोसामा प्रशस्त होऊन्।भजनसंग्रह 46:10
शान्त होओ र म नै परमेश्वर हुँ भनी जान। जातिहरूका माझमा म उचालिनेछु। पृथ्वीमा म उचालिनेछु।भजनसंग्रह 112:7
त्यो खराब समाचारदेखि डराउँदैन। त्यो परमप्रभुमा भरोसा गरेर दृढ हुन्छ।यहोशू 1:9
के मैले तँलाई आज्ञा गरेको होइनँ र? बलियो र साहसी हो। नडरा। निराश नहो। तँ जहाँ गए पनि परमप्रभु परमेश्वर तँसँग हुनुहुन्छ।हितोपदेश 3:6
तेरा सबै मार्गमा उहाँलाई उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याउने हुनेछ।यी पाठकहरूले यस विषयका लागि प्रायः खोज्ने पदहरू हुन् — यसबारे कुनै शिक्षा होइन। हरेकलाई त्यसको अध्यायमा पढ्नुहोस्।
स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार