Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › बाइबल के भन्छ › आराम र थकाइ

जीवन र काम

आराम र थकाइ बारे बाइबल के भन्छ

यस विषयका लागि पाठकहरू सबैभन्दा बढी फर्केर पढ्ने 10 पद, पवित्र बाइबल (ULB) बाट पूरै उद्धृत।

मत्ती 11:28–30मकहाँ आओ, तिमीहरू सबै जसले परिश्रम गर्दछौ र गह्रौँ बोझले लादिएका छौ, अनि म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमीहरूमाथि लेओ र मबाट सिक, किनकि म नम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्नो आत्माको निम्ति विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो छ र मेरो बोझ हलुको छ।”
यशैया 40:31तर परमप्रभुमा आशा गर्नेहरूले आफ्‍नो बललाई नयाँ बनाउनेछन्। तिनीहरू चिलहरू झैं पखेटाहरूले माथि-माथि उड्नेछन्। तिनीहरू दौडनेछन् र हैरान हुनेछैनन्। तिनीहरू हिंड्नेछन् र मूर्छा पर्नेछैनन्।
यशैया 40:29उहाँले थकितहरूलाई बल दिनुहुन्छ। अनि कमजोरहरूलाई उहाँले नयाँ ऊर्जा दिनुहुन्छ।
यर्मिया 31:25किनकि थाकेकाहरूलाई म पिउन लयाउनेछु, र मूर्छा खाएकाहरूलाई म सन्तुष्‍ट पार्नेछु।”
भजनसंग्रह 37:7परमप्रभुको सामु मौन बस र धैर्यपूर्वक उहाँको आसा गर। आफूले गरेका कुरामा कोही सफल हुँदा वा त्यसले दुष्‍ट षड्यन्त्रहरू बनाउँदा क्रोधित नहोऊ।
यशैया 40:28के तैंले जानेका छैनस्? के तैंले सुनेका छैनस्? परमप्रभु अनन्तका परमेश्‍वर, पृथ्वीको अन्तसम्मका सृष्‍टिकर्ता थकित वा हैरान बन्‍नुहुन्‍न। उहाँको समझको कुनै सिमा छैन।
भजनसंग्रह 46:10शान्‍त होओ र म नै परमेश्‍वर हुँ भनी जान। जातिहरूका माझमा म उचालिनेछु। पृथ्वीमा म उचालिनेछु।
हिब्रू 4:9–11यसकारण, परमेश्‍वरका मानिसहरूका निम्ति एउटा विश्राम दिनको विश्राम अझै बाँकी छ। किनकि जसले परमेश्‍वरको विश्राममा प्रवेश गर्दछ, त्यो आफैँले पनि आफ्ना कामहरूबाट विश्राम लिन्छ, जसरी परमेश्‍वरले उहाँका कामहरूबाट विश्राम लिनुभयो। त्यसकारण, हामी त्यस विश्राममा प्रवेश गर्नका निम्ति प्रयत्‍न गरौँ, ताकि कोही पनि त्यस प्रकारको अनाज्ञाकारितामा नपरोस् जसरी तिनीहरू परे।
उत्पत्ति 2:2सातौँ दिनसम्ममा परमेश्‍वरले आफूले गर्नुभएको कामलाई पुरा गर्नुभयो।यसैकारण उहाँले सातौँ दिनमा सबै कामबाट विश्राम लिनुभयो।
भजनसंग्रह 4:8शान्तिमा ढल्किनेछु र निदाउनेछु, किनकि, हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित बनाउनुहुन्छ।

यी पाठकहरूले यस विषयका लागि प्रायः खोज्ने पदहरू हुन् — यसबारे कुनै शिक्षा होइन। हरेकलाई त्यसको अध्यायमा पढ्नुहोस्।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार