Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › बाइबल के भन्छ › सुरक्षा

कठिन समय

सुरक्षा बारे बाइबल के भन्छ

यस विषयका लागि पाठकहरू सबैभन्दा बढी फर्केर पढ्ने 10 पद, पवित्र बाइबल (ULB) बाट पूरै उद्धृत।

हितोपदेश 18:10परमप्रभुको नाम एउटा बलियो धरहरा हो। धर्मात्मा त्यहाँ दौडेर जान्छ र सुरक्षित हुन्छ।
यशैया 54:17तेरो विरुद्धमा बनाइएका कुनै पनि हतियार सफल हुनेछैनन्। अनि तँलाई दोष लगाउने हरेकलाई तैंले दोषी ठहराउनेछस्। परमप्रभुका सेवकहरूका पैतृकसम्पत्ति र तिनीहरू निर्दोष छन् भनेर मैले दिने प्रमाण यही हो— यो परमप्रभुको घोषणा हो।”
यशैया 41:10नडरा, किनकि म तँसँग छु। चिन्तित नहो, किनकि म नै तेरो परमेश्‍वर हुँ। म तँलाई बलियो बनाउनेछु, र म तँलाई सहायता गर्नेछु, अनि आफ्‍नो धर्मी दाहिने हातले म तँलाई थाम्‍नेछु।
भजनसंग्रह 46:1परमेश्‍वर हाम्रो शरणस्थान र बल, दुःखको समयमा तुरुन्‍तै पाउन सकिने मदत हुनुहुन्छ।
भजनसंग्रह 4:8शान्तिमा ढल्किनेछु र निदाउनेछु, किनकि, हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित बनाउनुहुन्छ।
२ थेसलोनिकी 3:3तर हाम्रा प्रभु विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई स्थापना गर्नुहुन्छ र दुष्‍टताबाट सुरक्षा प्रदान गर्नुहुन्छ।
भजनसंग्रह 32:7तपाईं मेरो लुक्‍ने ठाउँ हुनुहुन्छ। तपाईंले मलाई कष्‍टबाट सुरक्षा दिनुहुन्छ। तपाईंले मलाई विजयको गीतहरू घेर्नुहुनेछ।
व्यवस्था 31:6बलियो र खुबै साहसी होओ। नडराओ र तिनीहरूदेखि भयभीत नहोओ। किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँगै जानुहुने छ। उहाँले तिमीहरूलाई छाड्नुहुने छैन, न त त्याग्‍नुहुने छ।”
भजनसंग्रह 138:7म खतराहरूको बिचबाट हिड्नु परे तापनि, तपाईंले मेरो जीवनलाई सुरक्षित राख्‍नुहुन्छ। मेरा शत्रुहरूका क्रोध विरुद्धमा तपाईंले आफ्‍नो बाहुली पसार्नुहुन्छ र तपाईंको दाहिने बाहुलीले मलाई बचाउँछ।
भजनसंग्रह 34:7परमप्रभुका दूतहरूले उहाँको भय मान्‍नेहरूका चारैतिर छाउनी बनाउँछन् र तिनीहरूलाई बचाउँछन्।

यी पाठकहरूले यस विषयका लागि प्रायः खोज्ने पदहरू हुन् — यसबारे कुनै शिक्षा होइन। हरेकलाई त्यसको अध्यायमा पढ्नुहोस्।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार