Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › बाइबल के भन्छ › निद्रा

जीवन र काम

निद्रा बारे बाइबल के भन्छ

यस विषयका लागि पाठकहरू सबैभन्दा बढी फर्केर पढ्ने 11 पद, पवित्र बाइबल (ULB) बाट पूरै उद्धृत।

भजनसंग्रह 4:8शान्तिमा ढल्किनेछु र निदाउनेछु, किनकि, हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित बनाउनुहुन्छ।
हितोपदेश 3:24तँ पल्टँदा डराउने छैनस्। तँ पल्टँदा तँलाई मिठो निद्रा लाग्‍ने छ।
भजनसंग्रह 127:2बिहान सबेरै उठ्नु, घर ढिला आउनु वा कडा परिश्रमको रोटी खानु तिम्रो निम्ति व्यार्थ हुन्‍छ, किनकि परमप्रभुका प्रियजन सुत्‍दा, उहाँले तिनीहरूला जुटाउनुहुन्छ।
भजनसंग्रह 91:5तिमी रातको त्रसदेखि वा दिनमा आउने काँडदेखि,
मत्ती 11:28मकहाँ आओ, तिमीहरू सबै जसले परिश्रम गर्दछौ र गह्रौँ बोझले लादिएका छौ, अनि म तिमीहरूलाई विश्राम दिनेछु।
हितोपदेश 20:13निद्रालाई प्रेम नगर्, नत्रता तँ दरिद्र हुने छस्। तेरा आँखा खोल्, र तँसित खानलाई प्रशस्त हुने छ।
भजनसंग्रह 3:5म ढल्किन्छु र सुत्छु। म ब्युँझिन्छु, किनकि परमप्रभुले मलाई सुरक्षा दिनुभयो।
मत्ती 8:24हेर, समुद्रमा प्रचण्ड आँधीबेहरी चल्‍यो, अनि त्यो डुङ्गा समुद्रको छालद्वारा छोपियो। तर येशू सुतिरहनुभएको थियो।
भजनसंग्रह 121:3–4उहाँले तिम्रो खुट्टा चिप्‍लन दिनुहुनेछैन। तिमीलाई सुरक्षा दिनुहुने, उहाँ उँघ्‍नुहुनेछैन। हेर, इस्राएलको रक्षक न त उँघ्‍नुहुन्छ न त सुत्‍नुहुन्छ।
हितोपदेश 19:23परमप्रभुप्रतिको आदरले मानिसहरूलाई जीवनमा डोर्‍याउँछ। यो हुने कुनै पनि व्यक्ति सन्तुष्‍ट हुने छ, र त्यसलाई नोक्सानीले छुँदैन।
हितोपदेश 6:22तँ हिँड्दा तिनले तँलाई अगुवाइ गर्ने छन्। तँ सुत्दा तिनले तेरो हेरचाह गर्ने छन्, र तँ ब्युँझँदा तिनले तँलाई सिकाउने छन्।

यी पाठकहरूले यस विषयका लागि प्रायः खोज्ने पदहरू हुन् — यसबारे कुनै शिक्षा होइन। हरेकलाई त्यसको अध्यायमा पढ्नुहोस्।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार