गृहपृष्ठ › बाइबल के भन्छ › आनन्द
भावनाहरू
आनन्द बारे बाइबल के भन्छ
यस विषयका लागि पाठकहरू सबैभन्दा बढी फर्केर पढ्ने 14 पद, पवित्र बाइबल (ULB) बाट पूरै उद्धृत।
फिलिप्पी 4:4
प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि भन्दछु, आनन्द गर।भजनसंग्रह 144:15
यस्ता आशिष्ले आशिषित् भएका मानिस धन्यको होऊन्। यस्ता मानिसहरू धन्यका हुन् जसका परमेश्वर परमप्रभु हुनुहुन्छ।हितोपदेश 15:13
आनन्दित हृदयले मुहारलाई हँसिलो बनाउँछ, तर हृदयको पिरले आत्मालाई चोट पुर्याउँछ।हितोपदेश 17:22
आनन्दित हृदय असल औषधी हो, तर टुटेको हृदयले हड्डीहरूलाई सुकाउँछ।भजनसंग्रह 37:4
परमप्रभुमा आफूलाई खुसी बनाऊ र उहाँले तिम्रो हृदयका इच्छाहरू पुरा गर्नुहुनेछ।उपदेशक 3:12–13
मानिस बाँचुञ्जेलसम्म त्यो आनन्दित रहनु र असल गर्नुभन्दा त्यसको लागि अर्को कुनै उत्तम कुरो छैन भनी मलाई थाहा छ। हरेकले खानुपर्छ र पिउनुपर्छ, अनि आफ्ना सबै कामबाट आउने असल कुराहरूमा कसरी आनन्द मनाउने भनी बुझ्नुपर्छ। यो नै परमेश्वरको उपहार हो।रोमी 15:13
अब भरोसाका परमेश्वरले विश्वास गर्नको निम्ति तिमीहरूलाई आनन्द र शान्तिले भरून्, ताकि पवित्र आत्माको शक्तिद्वारा तिमीहरू भरोसामा प्रशस्त होऊन्।रोमी 12:12
तिमीहरूमा भएको भविष्यप्रतिको निश्चयताको बारेमा आनन्द मनाओ। दुःखमा धैर्य गर। निरन्तर प्रार्थना गर्दै रहो।भजनसंग्रह 16:11
तपाईंले मलाई जीवनको बाटो सिकाउनुहुन्छ। तपाईंको उपस्थितिमा प्रशस्त आनन्दले वास गर्छ, तपाईंको दाहिने हातमा खुसी सदासर्वदा रहन्छ।”यूहन्ना 16:24
अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ। माग र तिमीहरूले पाउनेछौ, ताकि तिमीहरूको आनन्द पूर्ण होस्।गलाती 5:22–23
तर पवित्र आत्माका फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वास, नम्रता र संयम हुन्। यी कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन।भजनसंग्रह 34:8
परमप्रभु असल हुनुहुन्छ भन्ने कुरा जाँच र हेर। उहाँमा शरण लिने मानिस धन्यको हो।यशैया 26:3–4
तपाईंमा लागेको मनलाई, तपाईंले उसलाई पुरा शान्तिमा राख्नुहुनेछ, किनकि उसले तपाईंमा विश्वास गर्छ। सदासर्वदा परमप्रभु विश्वास गर। किनभने परमप्रभु, परमप्रभु नै अनन्त चट्टान हुनुहुन्छ।यर्मिया 29:11
किनकि तिमीहरूका निम्ति मैले बनाएका योजनाहरू म जान्दछु, यो परमप्रभुको घोषणा हो, तिमीहरूलाई एउटा भविष्य र आशा दिनलाई ती शान्तिका योजनाहरू हुन्, विपत्तिका होइनन्।यी पाठकहरूले यस विषयका लागि प्रायः खोज्ने पदहरू हुन् — यसबारे कुनै शिक्षा होइन। हरेकलाई त्यसको अध्यायमा पढ्नुहोस्।
स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार