Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › बाइबल के भन्छ › बालबालिका

सम्बन्धहरू

बालबालिका बारे बाइबल के भन्छ

यस विषयका लागि पाठकहरू सबैभन्दा बढी फर्केर पढ्ने 14 पद, पवित्र बाइबल (ULB) बाट पूरै उद्धृत।

भजनसंग्रह 127:3–5हेर, छोराछोरी परमप्रभुबाट प्राप्‍त उत्तराधिकार हुन् र गर्भको फल उहाँको इनाम हो। योद्धाको हातका काँडहरूझैं जवानी अवस्थाका छोराछोरी हुन्छन्। त्यो मानिस धन्यको हो,जसको ठोक्रो काँडहरूले भरिएको छ। त्यसले ढोकामा त्यसका शत्रुहरूको सामना गर्दा त्यो लज्‍जित हुनेछैन।
हितोपदेश 22:6बच्‍चालाई त्यो हिँड्नुपर्ने बाटोमा लाग्‍न सिका, र बुढेस्कालसम्म पनि त्यो त्यस अर्तीबाट तर्कने छैन।
हितोपदेश 17:6नाति-नातिनाहरू पाकाहरूका मुकुट हुन्, र बुबाआमाले तिनीहरूमा आदर ल्याउँछन्।
मत्ती 19:14तथापि येशूले भन्‍नुभयो, “साना बालकहरूलाई अनुमति देओ र तिनीहरूलाई मकहाँ आउन नरोक किनभने स्वर्गको राज्य यिनीहरूकै हो।”
एफिसि 6:4र बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ। बरु, अनुशासनमा र प्रभुको शिक्षा अनुसार अगि बढाओ।
मत्ती 18:10होसियार रहो, यी सानाहरूमध्ये कसैलाई पनि घृणा नगर। किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतहरूले सधैँ मेरा पिताको मुहार हेर्दछन् जो स्वर्गमा हुनुहुन्छ।
यशैया 54:13अनि परमप्रभुद्वारा नै तेरा सबै छोराछोरीलाई सिकाइनेछ। अनि तेरा छोराछोरीका शान्ति महान् हुनेछ।
३ यूहन्ना 1:4योभन्दा अर्थात् मेरा छोराछोरीहरू सत्यतामा हिँड्छन् भनी सुन्‍नुभन्दा अरू कुनै ठूलो आनन्द मसँग हुँदैन।
यूहन्ना 16:21जब स्‍त्रीले जन्म दिन्छिन्, तिनी निराश हुन्छिन्, किनकि तिनको समय आएको छ, तर जब तिनले बच्‍चा जन्माउँछिन्, संसारमा एक बालक जन्मिएको छ भन्‍ने आनन्दले तिनलाई पीडाको सम्झना हुँदैन।
मत्ती 18:1–3त्यही समयमा येशूका चेलाहरू उहाँकहाँ आएर भने, “स्वर्गको राज्यमा सबैभन्दा ठुलो को हो?” येशूले आफ्नो नजिक एउटा सानो बालकलाई बोलाउनुभयो, र उसलाई उनीहरूका बिचमा राख्‍नुभयो, र भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले पश्‍चात्ताप गरेर यी बालकजस्तो नभएसम्म, तिमीहरू अरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ।
उत्पत्ति 1:28परमेश्‍वरले तिनीहरूलाई आशिष्‍्‍ दिनुभयो र भन्‍नुभयो,“फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ। पृथ्वीमा भरिँदै जाओ, र त्यसलाई आफ्नो वशमा राख। समुद्रका माछाहरू, आकाशका पक्षीहरू, र पृथ्वीमा चलहल गर्ने सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”
भजनसंग्रह 113:9उहाँले घरकी बाँझी स्‍त्रीलाई घर दिनुहुन्छ। उहाँले त्यसलाई छोराछोरीकी आनन्‍दित आमा बनाउनुहुन्छ। परमप्रभुको प्रशंसा गर।
कलस्सी 3:21बुबाहरू, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, कारण त्यसले गर्दा उनीहरू निराश बन्‍नेछन्।
हितोपदेश 13:24आफ्नो छोरोलाई अनुशासनमा नराख्‍नेले उसलाई घृणा गर्छ, तर आफ्नो छोरोलाई प्रेम गर्नेले उसलाई होसियारीसाथ अर्ती दिन्छ।

यी पाठकहरूले यस विषयका लागि प्रायः खोज्ने पदहरू हुन् — यसबारे कुनै शिक्षा होइन। हरेकलाई त्यसको अध्यायमा पढ्नुहोस्।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार