गृहपृष्ठ › बाइबल के भन्छ › कृतज्ञता
भावनाहरू
कृतज्ञता बारे बाइबल के भन्छ
यस विषयका लागि पाठकहरू सबैभन्दा बढी फर्केर पढ्ने 15 पद, पवित्र बाइबल (ULB) बाट पूरै उद्धृत।
१ थेसलोनिकी 5:18
हरेक कुरामा धन्यवाद देओ किनभने यो तिमीहरूको निम्ति ख्रीष्ट येशूमा परमेश्वरको इच्छा हो।एफिसि 5:20
येशू ख्रीष्टको नाउँमा, सधैँ सबै कुराहरूको निम्ति पिता परमेश्वरलाई धन्यवाद चढाओ।कलस्सी 3:15
तिमीहरूका हृदयमा ख्रीष्टको शान्तिले राज्य गरोस्। यही शान्तिको निम्ति तिमीहरू एक शरीरमा बोलाइएका थियौ, र धन्यवादी होओ।भजनसंग्रह 107:1
परमप्रभुलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ र उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ।भजनसंग्रह 106:1
परमप्रभुको प्रशंसा गर। परमप्रभुलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ।याकूब 1:17
हरेक असल वरदान र हरेक सिद्ध वरदान माथिबाटको हो। ज्योतिका पिताबाट त्यो तल आउँछ। उहाँ बद्लिरहने छायाजस्तो बद्लिनुहुन्न।भजनसंग्रह 100:4
धन्यवाद दिंदै उहाँको ढोकाभित्र र प्रशंसा गर्दै उहाँको चोकभित्र पस। उहाँलाई धन्यवाद देओ र उहाँको नाउँको स्तुति गर।फिलिप्पी 4:6
कुनै कुरामा चिन्तित नहोओ। बरु, हरेक कुरामा प्रार्थना र नम्र निवेदनद्वारा, र धन्यवादसाथ तिमीहरूका निवेदन परमेश्वरमा जाहेर होऊन्।कलस्सी 3:17
अनि जे तिमीहरूले वचन वा काममा गर्छौ, ती सबै प्रभु येशूको नाउँमा गर। परमेश्वर पितालाई उहाँद्वारा धन्यवाद देओ।कलस्सी 4:2
दृढतापूर्वक निरन्तर प्रार्थनामा लागिरहो, र धन्यवादसाथ प्रार्थनामा जागा रहो।भजनसंग्रह 118:24
यो दिनमा परमप्रभुले काम गर्नुभएको छ। यसमा हामी आनन्दित हुनेछौं र खुसी हुनेछौं।भजनसंग्रह 136:1
परमप्रभुलाई धन्यवाद देओ। किनकि उहाँ असल हुनुहुन्छ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ।१ इतिहास 16:34
परमप्रभुलाई धन्यवाद देओ, किनकि उहाँ असल हुनुहुन्छ, किनकि उहाँको करारको विश्वस्तताको सदासर्वदा रहन्छ।भजनसंग्रह 69:30
गीत गाउँदै म परमश्वरको नाउँको प्रशंसा गर्नेछु र धन्यवादको साथ उहाँलाई उच्च पार्नेछु।भजनसंग्रह 28:7
परमप्रभु मेरो बल र मेरो ढाल हुनुहुन्छ। मेरो हृदयले उहाँमा भरोसा गर्छ र मलाई मदत भयो। यसकारण मेरो हृदय साह्रै आनन्दित हुन्छ र गाउँदै उहाँको म प्रशंसा गर्नेछु।यी पाठकहरूले यस विषयका लागि प्रायः खोज्ने पदहरू हुन् — यसबारे कुनै शिक्षा होइन। हरेकलाई त्यसको अध्यायमा पढ्नुहोस्।
स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार