Bible Explorer एप लिनुहोस्

विश्वकोश › यसै बेला संसारमा

बाइबलमा · लगभग ई.सं. 60–62 · रोम

रोममा पावल

माल्टामा जहाज-दुर्घटनापछि पावल रोम पुग्छन्, जहाँ तिनी पहरामा दुई वर्ष बस्छन् र भेट्न आउनेहरूलाई स्वागत गर्छन्।

प्रेरित 28:11–31तिन महिना पछि त्यस टापुमा हामीले अलेक्जेन्ड्रियाको जहाजमा यात्रा सुरू गर्‍यौँ, जुन हिउँदमा यसै टापुमा थियो, र त्यसमा जुम्ल्याहा दाजुभाइको तस्विर थियो। साइराक्युस शहरमा पुगिसकेपछि त्यहाँ हामी तीन दिन बस्यौँ। हामी त्यहाँबाट यात्रा गरेर रेगीयमको शहरमा आइपुग्यौँ। त्यसको एक दिनपछि दक्षिणी बतास चल्यो, र त्यसको दुई दिनपछि पटेओली भन्‍ने शहरमा आइपुग्यौँ। त्यहाँ हामीले केही भाइहरूलाई भेट्टायौँ, जसले हामीलाई सात दिनसम्म त्यहाँ रहनको लागि निमन्‍त्रणा दिए। यसरी हामी रोम आइपुग्यौँ। हाम्रो बारेमा सुनेर त्यहाँ रहेका दाजुभाइहरू हामीलाई भेट्न आप्पियासको बजार र तिन भट्टीसम्म आए। जब पावलले ती दाजुभाइहरूलाई देखे, उनले परमेश्‍वरलाई धन्यवाद दिए र उत्साहित भए। जब हामी रोममा प्रवेश गर्‍यौँ, पावललाई एक जना सिपाहीको रेखदेखमा एक्लै बस्‍ने अनुमति दिइयो। तब यसको तिन दिनपछि, पावलले यहूदीहरूका अगुवाहरूलाई एकसाथ बोलाए। जब तिनीहरूसँगसँगै आइपुगे उनले तिनीहरूलाई भने, “दाजुभाइ हो, यद्यपि मैले मानिसहरूको विरुद्धमा वा पितापुर्खाको रितीरिवाजको विरुद्धमा कुनै पनि काम गरेको छैन, मलाई एक जना कैदीको रूपमा यरूशलेमबाट रोमीहरूको हातमा सुम्पिएको छ। तिनीहरूले मलाई प्रश्‍न गरिसकेपछि, तिनीहरूले मलाई स्वतन्‍त्र गर्न चाहे, किनकि ममा मृत्युदण्डको सजाय पाउनु पर्ने कुनै पनि कारण थिएन। तर जब यहूदीहरूले तिनीहरूको चाहना विरुद्धमा बोले, तब कैसरकहाँ अपिल गर्न म बाध्य भएँ, तथापि यो मैले मेरो जातिको विरुद्धमा कुनै पनि दोष लगाइरहेको जस्तो थिएन। तब मेरो अपिलको कारणले गर्दा मैले तपाईंहरूलाई भेट्न, र कुराकानी गर्न बोलाएको हुँ। इस्राएल जे कुराको निम्ति दृढ छ, त्यसैको निम्ति म साङ्लाले बाँधिएको छु। तब तिनीहरूले उनलाई भने, “हामीले न त तपाईंको बारेमा यहूदाबाट कुनै पत्र नै प्राप्‍त गर्‍यौँ, न त कुनै भाइहरू आएर तपाईंको बारेमा कुनै नराम्रो प्रतिवेदन दिए वा कुनै नराम्रो कुरा गरे। तर हामीले यस पन्थको बारेमा के विचार गर्नुहुन्छ भन्‍ने कुरा तपाईंबाट सुन्‍न चाहन्छौँ, किनकि यसको विरुद्धमा बोलिन्छ भनेर हामीहरूले जन्दछौँ। जब उनीहरूले उनको निम्ति एक दिन तोकिदिए, तब उनको बासस्थानमा धेरै मानिसहरू आए। उनले त्यस विषयलाई उनीहरूको सामु प्रस्तुत गरे, र परमेश्‍वरको राज्यको बारेमा गवाही दिए। उनले तिनीहरूलाई येशू ख्रीष्‍टको बारेमा मोशा र अगमवक्‍ताको पुस्तक दुवैबाट बिहानदेखि बेलुकासम्म विश्‍वस्त पार्ने कोसिस गरे। कति जना भनिएको कुरामा विश्‍वस्त भए भने कतिले विश्‍वास गरेनन्। जब तिनीहरू एक अर्कामा सहमत भएनन् तब पावलले यो एउटा वचन बोलिसकेपछि तिनीहरू गए, “पवित्र आत्माले यशैया अगमवक्‍ताद्वारा तिम्रा पितापुर्खाहरूसँग ठिकै कुरा बोल्नुभयो। उनले भने, “यी मानिसहरूकहाँ जा, र भन्, ‘सुन्‍न त तिमीहरू सुन्‍नेछौ तर बुझ्दैनौ, देखेर देख्‍नेछौ तर सजग हुनेछैनौ। किनकि यी मानिसहरूका हृदय सुस्त भएका छन्। तिनीहरूको कानले मुश्किलसाथ सुनेका छन्। तिनीहरूले आँखा बन्द गरेका छन्, नत्रता तिनीहरूको आँखा सजग हुने थिए, र तिनीहरूका कानले सुन्‍ने थिए, र तिनीहरूका हृदयले बुझ्‍ने थिए, र फर्कने थिए र म तिनीहरूलाई निको पार्ने थिएँ।’ त्यसकारण, तिमीले जान्‍नुपर्ने हुन्छ, कि परमेश्‍वरको मुक्‍तिलाई अन्यजातिहरूका निम्ति पठाईएको छ,र तिनीहरूले सुन्‍नेछन्। जब उनले यी कुराहरू भनिसके, तब ती यहूदीहरू ठूलो वाद-विवाद गर्दै बिदा भए। पावल आफ्नो भाडामा लिएको घरमा पुरा दुई वर्षसम्म बसे, र उनीकहाँ आउने सबैलाई स्वागत गरे। उनले परमेश्‍वरको राज्यको प्रचार गरिरहेका थिए, र ठुलो साहसका साथ प्रभु येशू ख्रीष्‍टको बारेमा शिक्षा दिइरहेका थिए। कसैले पनि उनलाई रोकेन।

त्यही समयमा संसारमा

प्रेरितको पुस्तक पावल रोममा दुई वर्षसम्म पहरामा रहेको, लगभग 60–62 ई.सं. मा, भाडाको घरमा खुला रूपमा शिक्षा दिइरहेको कुरासँग सकिन्छ (प्रेरित 28:30–31)। सम्राट् नीरो थिए। यहाँ 60 को दशक ई.सं. को संसार छ।

ग्रीस र रोमरोमको महा-अग्निकाण्डजुलाई 64 ई.सं.

कैयौँ दिनसम्म आगो बल्यो र सहरको धेरै भाग नष्ट भयो। इतिहासकार ट्यासिटस लेख्छन्, कि नीरोले इसाईहरूलाई दोष दिए र तीमध्ये धेरैलाई मृत्युदण्ड दिलाए — रोमद्वारा इसाईहरूमाथि भएको थाहा भएको सबैभन्दा पहिलो सतावट।

ग्रीस र रोमबोडिकाको विद्रोह60/61 ई.सं.

बेलायतमा इसेनीकी रानी बोडिकाले एउटा ठुलो विद्रोहको नेतृत्व गरिन् र लन्डन बनेको नयाँ रोमी सहर लोन्डिनियमलाई जलाइन्, त्यसपछि रोमीहरूले तिनलाई पराजित गरे।

मिश्रहिरोको भाप इन्जिनलगभग 62 ई.सं.

एलेक्जेन्ड्रियामा इन्जिनियर हिरोले भापले घुमाइने एउटा गोला र हावा तथा पानीले चल्ने यन्त्रहरूको वर्णन गरे। तिनको मिति प्रायः तिनले उल्लेख गरेको एउटा चन्द्रग्रहणबाट तोकिन्छ, जुन 62 ई.सं. को एउटासँग मेल खान्छ।

चीनबौद्ध धर्म चीन पुग्छ68 ई.सं. (परम्पराअनुसार)

चिनियाँ परम्पराअनुसार हान सम्राट् मिङले एउटा सुनौलो आकृतिको सपना देखे र पश्चिमतिर दूतहरू पठाए। तिनीहरू बौद्ध भिक्षु र ग्रन्थहरू लिएर फर्के, र तिनका लागि लुओयाङमा सेतो घोडाको मन्दिर बनाइयो — चीनको पहिलो बौद्ध मन्दिर।

भारतकुषाण साम्राज्यलगभग 30 ई.सं. देखि

मध्य एसियाका कुषाण राजाहरूले आजको अफगानिस्तान, पाकिस्तान र उत्तरी भारतभरि एउटा साम्राज्य बनाए। तिनका भूमिहरू रोम, भारत र चीनलाई जोड्ने मार्गहरूमा पर्थे।

पूर्वी युरोप र स्टेपनिप्रोमा अन्द्रियास (परम्परा)परम्परा लगभग 1110 ई.सं. मा लेखियो

लगभग 1110 मा सङ्कलित कीभको प्राथमिक इतिवृत्त बताउँछ, कि प्रेरित अन्द्रियास निप्रो नदीको उकालो यात्रा गरे, कीभ खडा हुने पहाडहरूमा एउटा क्रुस गाडे र त्यहाँ ठुलो सहर बन्नेछ भनी भविष्यवाणी गरे। इतिहासकारहरू यसलाई किंवदन्ती मान्छन्; अझ पुरानो परम्पराले अन्द्रियासको सेवाक्षेत्र सिथिया बताउँछ।

स्रोतहरू: Theographic Bible Metadata, CC BY-SA 4.0 · OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार

यसै बेला संसारमा

यस विषयमा थप

यसै बेला संसारमा