अश्शूरका अन्तिम महान् राजा अशुरबनिपालले निनवेमा हजारौँ-हजार माटाका पाटीहरू जम्मा गरे, तीमध्ये जलप्रलयको कथासहितको गिल्गामेशको महाकाव्य पनि। 612 ई.पू. मा सहर जल्दा पुरिएका ती पाटीहरू जोगिए र 1800 को दशकको मध्यमा खनेर निकालिए।
बाइबलमा · लगभग 622 ई.पू. · यरूशलेम
योशियाहको सुधार
मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाइएपछि राजा योशियाहले मानिसहरूलाई त्यो पढेर सुनाउँछन् र यहूदाबाट मूर्तिहरू हटाउँछन्।
त्यसैले राजाले सन्देशवाहकहरू पठाए जसले यहूदा र यरूशलेमका सबै धर्म-गुरुलाई तिनीकहाँ भेला गराए। तब राजा परमप्रभुको मन्दिरमा गए, अनि यहूदाका सबै मानिस र यरूशलेमका सबै बासिन्दा, पुजारीहरू, अगमवक्ताहरू र सानादेखि ठुलासम्म सबै मानिस पनि तिनीसँगै गए। तब तिनले परमप्रभुको मन्दिरमा भेट्टाइएका करारको पुस्तकका सबै वचन तिनीहरूले सुन्ने गरी पढे। राजा खम्बानेर खडा थिए अनि आफ्नो सारा ह्रदय र सारा प्राणले परमप्रभुको पछि लाग्न र उहाँका आज्ञाहरू, उहाँका निर्देशनहरू, उहाँका विधिहरू पालन गर्न र यस पुस्तकमा लेखिएका यस करारका वचनहरू पालन गर्न परमप्रभुको सामु करार बाँधे। यसरी सबै मानिसले यो करार पालन गर्ने सहमति जनाए। तब प्रधान पुजारी हिल्कियाह, तिनको अधिनका पुजारीहरू र द्वारपालहरूलाई बाल देवता र अश्शेरा देवी अनि आकाशका सबै ताराहरूका निम्ति बनाइएका भाँडाहरू परमप्रभुको मन्दिरबाट बाहिर ल्याउन हुकुम दिए। तिनले किद्रोन उपत्यकामा भएको मैदानहरूमा तिनलाई जलाए र तिनका खरानीलाई बेथेलमा लगे। यहूदाका राजाहरूले यहूदाका सहरहरूका उच्च ठाउँहरू र यरूशलेम वरिपरिका ठाउँहरूमा धूप बाल्नलाई चुनेका मूर्तिपूजक पुजारीहरूलाई तिनले हटाइदिए। तिनीहरूले बाल देवता, सूर्य, चन्द्रमा, ग्रहहरू र आकाशका सबै ताराहरूलाई धूप बाल्थे। परमप्रभुको मन्दिरबाट अश्शेरा देवीको खम्बालाई तिनले यरूशलेम बाहिर किद्रोन उपत्यकामा बाहिर लगे र त्यसलाई त्यहाँ जलाए। तिनले त्यसलाई पिटेर धूलो र त्यो धूलोलाई साधारण मानिसहरूका चिहानहरूमा फालिदिए। तिनले परमप्रभुको मन्दिरमा भएका झुटो धर्मका वेश्याहरूका कोठाहरू सफा गरे, जहाँ स्त्रीहरूले अश्शेरा देवीका निम्ति वस्त्रहरू बुन्ने गर्थे। योशियाहले यहूदाका सहरहरूबाट सबै पुजारीलाई ल्याए, र गेबादेखि बेर्शेबासम्म पुजारीहरूले धूप बाल्ने उच्चा ठाउँहरूलाई तिनले अपवित्र तुल्याइदिए। तिनले सहरको मूल ढोकाको देब्रेपट्टि यहोशूको ढोका (सहरका राज्यपा) को प्रवेशद्वारमा भएका ढोकाहरूमा बनाइएका उच्च ठाउँहरूलाई नष्ट पारिदिए। ती उच्च ठाउँहरूका पुजारीहरूलाई यरूशलेममा परमप्रभुको मन्दिरमा सेवा गर्न नदिए तापनि तिनीहरूले आफ्ना दाजुभाइका बिचमा अखमिरी रोटी खाए। मोलोखलाई बलिको रूपमा कसैले आफ्ना छोरा वा छोरी आगोमा हिंड्न नलगाओस् भनेर योशियाहले बेन-हिन्नोमको बेँसीमा अवस्थित तोपेतलाई अपवित्र तुल्याए। यहूदाका राजाहरूले सूर्यको सम्मानमा बनाएका घोडाहरू तिनले हटाए। ती नातान-मेलेक नाउँका अधिकारीको कोठा नजिक परमप्रभुको मन्दिरको प्रवेशद्वारको क्षेत्रमा राखिएका थिए। योशियाहले सूर्यको सम्मानमा बनाइएका रथहरूलाई जलाए। आहाजको दरवारको कौसीमा यहूदाका राजाहरूले राखेका वेदीहरू र मनश्शेले परमप्रभुको मन्दिरका दुईवटा चोकमा बनाएका वेदीहरू राजा योशियाहले नष्ट पारे। योशियाहले तिनलाई टुक्राटुक्रा पारे र तिनलाई किद्रोनको बेँसीमा फाले। इस्राएलका राजा सोलोमनले यरूशलेमको पूर्वपट्टि, भ्रष्टताको पर्वतको दक्षिणपट्टि बनाएका सीदोनीहरूका देवी अश्तोरेतको घिनलाग्दो मूर्ति, मोआबीहरूको देवता कमोशको घिनलाग्दो मूर्ति र अम्मोनीहरूको देवता मोलोखको घिनलाग्दो मूर्तिलाई राजाले नष्ट पारिदिए। तिनले ढुङ्गाका खम्बाहरूलाई टुक्राटुक्रा पारे, र अश्शेरा देवीका खम्बाहरूलाई काटे र ती ठाउँ मानिसका हड्डीहरूले भरे। बेथेलमा भएको वेदी र नबातका छोरा यारोबाम (इस्राएललाई पाप गर्न लगाउने) ले बनाएका उच्च ठाउँहरूलाई पनि योशियाहले पूर्ण रूपमा नाश पारे। तिनले त्यो वेदी र उच्च ठाउँहरूलाई जलाए र धूलोपिठो पारे। तिनले अश्शेरा देवीको खम्बालाई पनि जलाए। योशियाहले त्यस क्षेत्रमा नजर लगाए र पहाडी क्षेत्रमा तिनले चिहानहरू देखे। ती चिहानहरूबाट हड्डीहरू ल्याउन तिनले मानिसहरू पठाए। त्यसपछि तिनले ती हड्डीहरूलाई वेदीमाथि राखेर जलाए जसले त्यो अपवित्र पार्यो। परमेश्वरका मानिसले बोलेका परमप्रभुको वचनअनुसार यसो हुन आएको थियो, ती मानिसले यी कुराहरूका बारेमा पहिले नै बोलेका थिए। तब तिनले सोधे, “मैले देखेको त्यो स्मारकचाहिं केको हो?” सहरका मानिसहरूले तिनलाई जवाफ दिए, “त्यो यहूदाबाट आएका परमेश्वरका मानिसको चिहान हो जसले तपाईंले भर्खरै बेथेलको वेदीको विरुद्धमा गर्नुभएको कुराको बारेमा बोलेका थिए।” त्यसैले योशियाहले भने, “त्यसलाई छोड। तिनका हड्डीहरूलाई कसैले पनि नसारोस्। त्यसैले सामरियाबाट आएका अगमवक्ताका हड्डीहरूसँगै तिनका हड्डीहरूलाई तिनीहरूले त्यहाँ छाडे। त्यसपछि सामरियाका सहरहरूमा भएका उच्च ठाउँहरू जसलाई इस्राएलका राजाहरूले बनाएका र परमप्रभुलाई क्रुद्ध तुल्याएका थिए, ती सबैलाई योशियाहले हटाए। तिनले बेथेलमा जे गरेका थिए, तिनलाई पनि ठिक त्यही गरे। उच्च ठाउँहरूका सबै पुजारीलाई तिनले वेदीहरूमा मारे, र तिनले मानिसका हड्डीहरू तिनमा जलाए। तब तिनी यरूशलेममा फर्के। तब राजाले सबै मानिसलाई यसो भनरे आज्ञा दिए, “करारको पुस्तकमा लेखिएबमोजिम परमप्रभु आफ्ना परमेश्वरको निम्ति निस्तार-चाड मनाओ।” इस्राएलमा शासन गर्ने न्यायकर्ताहरूका समयदेखि नै यसरी निस्तार-चाडको उत्सव मनाउने काम कहिलै थिएन, न त इस्राएल र यहूदाका राजाहरूको समयमा भएको थियो। तर राजा योशियाहको अठारौँ वर्षमा यरूशलेममा परमप्रभुको निस्तार-चाड मनाइयो। मृतहरू र भुत आत्माहरूसित बात गर्नेहरूलाई पनि योशियाहले निश्कासन गरे। तिनले यहूदा र यरूशलेममा देखिने सबै प्रेतपुजा, मूर्तिहरू र घिनलाग्दा थोकहरूलाई पनि हटाए। यसरी हिल्कियाह पुजारीले परमप्रभुको मन्दिरमा भेट्टाएका व्यवस्थाका पुस्तकमा लिखिएका वचनहरू पालन गर्ने काम भयो। आफ्नो सारा ह्रदय, सारा प्राण, र सारा शक्तिले परमप्रभुतर्फ फर्केर सबै मोशाको व्यवस्थालाई पालन गर्ने योशियाहभन्दा पहिले त्यहाँ कुनै अर्को राजा थिएन। न त योशियाहले झैं तिनी पछि आएका अरू कुनै राजाले नै गर्यो।त्यही समयमा संसारमा
राजा योशियाहको अठारौँ वर्षमा, लगभग 622 ई.पू. मा, यरूशलेमको मन्दिरमा व्यवस्थाको पुस्तक भेटियो (2 राजाहरू 22:8)। त्यसै वर्षहरूमा तीन शताब्दीसम्म निकट पूर्वमा शासन गरेको अश्शूर टुक्रिँदै थियो; यसको राजधानी निनवे 612 ई.पू. मा ढल्यो। यहाँ 7औँ शताब्दी ई.पू. को उत्तरार्धको संसार छ।
नबोपोलस्सरको नेतृत्वमा बेबिलोनीहरू र मादीहरूले निनवेलाई घेरे र तीन महिनापछि कब्जा गरे। एउटा बेबिलोनी इतिवृत्तले त्यो वर्ष टिपेको छ; केही वर्षभित्रै अश्शूरी साम्राज्य हराइसकेको थियो।
एथेन्समा ड्राकोले पहिलो पटक सहरका कानुनहरू लेखे, ताकि न्यायाधीशहरूले अब केवल चलनअनुसार निर्णय गर्न नसकून्। ती यति कठोर थिए, कि “ड्राकोनियन” शब्दको अर्थ अझै पनि अत्यन्त कडा हुन्छ।
डेल्टाको साइसका राजकुमार प्साम्तिक प्रथमले मिश्रलाई अश्शूरी नियन्त्रणबाट मुक्त गरे र देशलाई फेरि एक गरे। तिनले ग्रीक र कारियाली सिपाहीहरूलाई भाडामा राखे, र चाँडै ग्रीक व्यापारीहरू नील नदीको एउटा शाखामा नाउक्राटिसमा बस्न थाले।
आफ्ना मन्त्री गुआन चोङको मार्गदर्शनमा छीका ड्युक हुआनले छीलाई चीनको सबैभन्दा शक्तिशाली राज्य बनाए र “अधिपतिहरू” मध्ये पहिलो बने, जसले कमजोर चोउ राजाको नाममा प्रतिद्वन्द्वी राज्यहरूबीच व्यवस्था कायम राखे।
निप्रो र दक्षिणी बुग नदीहरूको मुखनजिकको सानो बेरेजान टापुमा मिलेतसका ग्रीकहरूले कालो सागरको उत्तरी तटमा पहिलो ग्रीक बस्ती स्थापना गरे।
स्रोतहरू: Theographic Bible Metadata, CC BY-SA 4.0 · OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार