खोजी गर्नुहोस् › सुसमाचारहरू सँगसँगै › येशूको दुःखभोग
सुसमाचारहरू सँगसँगै · येशूको दुःखभोग
गाडिनु
मत्ती 27:57–61 · मर्कूस 15:42–47 · लुका 23:50–56 · यूहन्ना 19:38–42
मत्ती 27:57–6157जब साँझ पर्यो, अरिमाथियाबाट एक जना धनी मानिस आए, जसको नाम योसेफ थियो, जो येशूका चेला थिए।
58तिनी पिलातसकहाँ गए र तिनले येशूको शरीर मागे। अनि पिलातसले सो तिनलाई दिइयोस् भनेर आदेश दिए।
59योसेफले शरीर लिए, र त्यसलाई सफा मलमलको कपडामा बेरे,
60र उनले आफैँले चट्टान खोपेर बनाएका नयाँ चिहानमा राखे। अनि उनले चिहानको मुखमा एउटा ठुलो ढुङ्गा गुडाइदिएर तिनी त्यहाँबाट गए।
61मरियम मग्दिलिनी र अर्की मरियम पनि त्यही चिहानको अर्कोपट्टि बसिरहेका थिए।
मर्कूस 15:42–4742जब साँझ पर्यो, यो तयारी गर्ने दिन अर्थात् शबाथ-दिनको अगिल्लो दिन भएको हुनाले
43अरिमाथियाका योसेफ त्यहाँ आए। तिनी परिषद्का आदरणीय व्यक्ति थिए, जसले परमेश्वरको राज्यको प्रतीक्षा गरिरहेका थिए। तिनी साहसका साथ पिलातसकहाँ गए, अनि येशूको लास मागे।
44येशू पहिले नै मरिसक्नुभएको थियो भनी सुन्दा पिलातस छक्क परे; तिनले कप्तानलाई बोलाए र येशू मर्नुभएको थियो वा थिएन भनी सोधे।
45जब तिनले येशू मरिसक्नुभएको कुरा कप्तानबाट थाहा पाए, तिनले येशूको शरीर योसेफलाई दिए।
46योसेफले मलमलको कपडा ल्याएका थिए। तिनले उहाँलाई क्रुसबाट तल झारे; उहाँलाई मलमलको कपडाले बेह्रे, अनि चट्टान काटेर बनाइएको चिहानमा उहाँलाई राखे। तब तिनले चिहानको मुखमा एउटा ढुङ्गालाई गुडाएर छोपे।
47मरियम मग्दलिनी र योसेफकी आमा मरियमले येशूलाई कहाँ गाडिएको थियो भन्ने देखेका थिए।
लुका 23:50–5650हेर, त्यहाँ एक जना योसेफ नाउँ गरेका मानिस थिए। तिनी महासभाका सदस्य थिए, जो एक असल र धार्मिक मानिस थिए।
51(उनी तिनीहरूका निर्णय र क्रियाकलापसँग सहमत थिएनन्), उनी यहूदिया सहर अरिमाथियाका थिए, जसले परमेश्वरको राज्यको प्रतीक्षा गरिरहेका थिए।
52यी मानिसले पिलातसकहाँ गएर येशूको शरीर मागे।
53उनले तल लगे र सफा मलमलको कपडामा बेह्रेर चट्टानमा कपेर बनाइएको चिहानमा राखे, जहाँ कहिल्यै कसैलाई राखिएको थिएन।
54यो तयारीको दिन थियो, र विश्राम दिन सुरु हुनै लागेको थियो।
55गालीलदेखि पछ्याउँदै आएका स्त्रीहरूले पनि चिहानमा उहाँको शरीर कसरी राखिएको थियो, त्यसलाई हेरे।
56तिनीहरू फर्के र सुगन्धित द्रव्य र अत्तरहरू तयार पारे। त्यसपछि आज्ञाअनुसार विश्राम दिनमा तिनीहरूले विश्राम गरे।
यूहन्ना 19:38–4238यी कुराहरूपछि अरिमाथियाका योसेफ येशूका चेला भएका हुनाले (तर यहूदीहरूको डरले तिनी गुप्तमा मात्र चेला थिए) तिनले येशूको शरीरलाई लान पाऊँ भनी पिलातससँग अनुरोध गरे। पिलातसले तिनलाई अनुमति दिए। त्यसकारण योसेफ आए, र उहाँको शरीर लगे।
39निकोदेमस पनि आए जो पहिले येशूकहाँ राति आएका थिए। तिनले झण्डै तेत्तिस किलो मूर्र र एलवाको मिश्रण ल्याए।
40त्यसैले, तिनीहरूले येशूको शरीरलाई लगे र दफनको निम्ति यहूदीहरूको चलनअनुसार मसलासहित सुती कपडाले बेह्रे।
41अब उहाँलाई क्रुसमा झुण्ड्याइएको ठाउँमा एउटा बगैँचा थियो, र त्यो बगैँचामा एउटा नयाँ चिहान थियो जसमा अहिलेसम्म कुनै व्यक्तिलाई गाडिएको थिएन।
42यो दिन यहूदीहरूका निम्ति तयारीको दिन भएको र चिहान पनि नजिकै भएको हुनाले तिनीहरूले येशूलाई त्यसैमा राखे।
चिनो लगाइएका: तपाईंले पढ्ने अनुवादमा हरेक विवरणमा भएका शब्दहरू। सबैभन्दा धेरै आउने शब्दहरू (“र”, “उनी”) मा चिनो लगाइँदैन; अर्को रूपमा भएको शब्दमा नलाग्न सक्छ।
स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार