Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › लोकप्रिय बाइबल पदहरू › भजनसंग्रह 150

बाइबलको पद · ULB

भजनसंग्रह 150

1परमप्रभुको प्रशंसा गर। परमेश्‍वरको पवित्रस्थानमा उहाँको प्रशंसा गर। शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर।

2उहाँका शक्तिशाली कामहरूका निम्ति उहाँको प्रशंसा गर। उहाँको आश्‍चर्यको महान्‌ताको निम्ति उहाँको प्रशंसा गर।

3सिङ बजाएर उहाँको प्रशंसा गर। वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर।

4खैंजडी बजाउँदै र नाँच्दै उहाँको प्रशंसा गर। तार-वाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर।

5ठुलो सोरका झ्यालीहरूले उहाँको प्रशंसा गर। चर्को सोरका झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर।

6सास हुने हरेक कुराले परमप्रभुको प्रशंसा गरोस्। परमप्रभुको प्रशंसा गर।

पूरा अध्याय पढ्नुहोस्: भजनसंग्रह 150

अङ्ग्रेजीमा

Berean Standard BiblePsalm 150Hallelujah! Praise God in His sanctuary. Praise Him in His mighty heavens. Praise Him for His mighty acts; praise Him for His excellent greatness. Praise Him with the sound of the horn; praise Him with the harp and lyre. Praise Him with tambourine and dancing; praise Him with strings and flute. Praise Him with clashing cymbals; praise Him with resounding cymbals. Let everything that has breath praise the LORD! Hallelujah!

सन्दर्भ-पदहरू

पाठकहरूले यससँग सबैभन्दा धेरै जोड्ने खण्डहरू।

भजनसंग्रह 145:21मेरो मुखले परमप्रभुको प्रशंसा गर्नेछ। सबै मानवजातिले उहाँको पवित्र नाउँलाई सदासर्वदा धन्‍यको भनून्।
प्रकाश 5:13स्वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि र समुद्रमुनि सृष्‍टि गरिएका हरेक थोकले यसो भनेको मैले सुनेँ, “उहाँ जो सिंहासनमा विराजमान हुनुहुने र थुमालाई, प्रशंसा, आदर, महिमा र राज्य गर्ने शक्‍ति सदासर्वदा होस्।”
भजनसंग्रह 103:22ए परमप्रभुका सबै प्राणी हो, उहाँले राज्‍य गर्ने सबै ठाउँमा उहाँको प्रशंसा गर। म आफ्‍नो सारा जीवनले परमप्रभुको प्रशंसा गर्नेछु।
भजनसंग्रह 145:10हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै कुराले तपाईंलाई धन्यवाद दिनेछन्। तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंलाई धन्‍यको भन्‍नेछन्।
भजनसंग्रह 148:7–11पृथ्वीबाट उहाँको प्रशंसा गर, हे समुद्रका विशाल जन्‍तुहरू र सागरका गहिराइहरू हो, हे आगो र असिना, हिउँ र बादल, उहाँको वचन पुरा गर्ने आँधी बेहरी हो। उहाँको प्रशंसा गर, हे सबै पहाड र डाँडाहरू, फलका रूखहरू र सबै देवदारुहरू हो, जङ्गली पशुहरू र पाल्तु पशुहरू, घस्रने प्राणीहरू र चराहरू हो। परमप्रभुको प्रशंसा गर, हे पृथ्वीका राजाहरू र सबै जातिहरू, शासकहरू र पृथ्वीमा शासन गर्ने सबैले,
भजनसंग्रह 149:1परमप्रभुको प्रशंसा गर। परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ। विश्‍वासयोग्य जनहरूका सभामा उहाँको प्रशंसाको गीत गाओ।
भजनसंग्रह 134:2पवित्र स्थानतिर आफ्‍ना हात उचाल र परमप्रभुको प्रशंसा गर।
व्यवस्था 3:24'हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्ना दासलाई तपाईंको महान्‌ता र तपाईंको शक्तिशाली हात देखाउन थाल्नुभएको छ किनकि स्वर्ग र पृथ्वीमा त्यस्तो कुनचाहिँ देव छ जसले तपाईंले गर्नुभएका शक्तिशाली कार्यहरू गर्न सक्छ?

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार