Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › लोकप्रिय बाइबल पदहरू › भजनसंग्रह 139:13–16

बाइबलको पद · ULB

भजनसंग्रह 139:13–16

13तपाईं मेरा भित्री अङ्गहरू बनाउनुभयो। मेरी आमाको गर्भमा तपाईंले मलाई बनाउनुभयो।

14म तपाईंको प्रशंसा गर्नेछु, किनकि म अचम्‍म किसिमले बनाइएको छु। मेरो प्राणले यो राम्ररी जान्दछ।

15जब मलाई गुप्‍तमा बनाइयो, जब मलाई पृथ्वीको गहिराइमा जटिल किसिमले बनाइयो, तब मेरा हाडहरू तपाईंबाट लुकेका थिएनन्।

16तपाईंले मलाई गर्भभित्रै देख्‍नुभयो। मेरो निम्‍ति तोकिएको आयुको पहिलो दिन हुनुअगि नै ती तपाईंको पुस्तकमा लेखिएका थिए।

पूरा अध्याय पढ्नुहोस्: भजनसंग्रह 139

सन्दर्भमा

10त्यहाँ पनि तपाईंको बाहुलीले मलाई डोर्‍याउनेछ। तपाईंको दाहिने बाहुलीले मलाई समातेर राख्‍नेछ।

11मैले भनें, “निश्‍चय नै अन्धकारले मलाई ढाक्‍नेछ र मेरो विरपरिको ज्‍योति रात हुनेछ,”

12तापनि त्‍यो अन्धकार तपाईंको निम्ति अँध्यारो हुँदैन। रात पनि दिनझैं चम्किन्छ, किनकि तपाईंको निम्ति अँध्यारो र उज्यालो दुवै उस्तै हुन्।

13तपाईं मेरा भित्री अङ्गहरू बनाउनुभयो। मेरी आमाको गर्भमा तपाईंले मलाई बनाउनुभयो।

14म तपाईंको प्रशंसा गर्नेछु, किनकि म अचम्‍म किसिमले बनाइएको छु। मेरो प्राणले यो राम्ररी जान्दछ।

15जब मलाई गुप्‍तमा बनाइयो, जब मलाई पृथ्वीको गहिराइमा जटिल किसिमले बनाइयो, तब मेरा हाडहरू तपाईंबाट लुकेका थिएनन्।

16तपाईंले मलाई गर्भभित्रै देख्‍नुभयो। मेरो निम्‍ति तोकिएको आयुको पहिलो दिन हुनुअगि नै ती तपाईंको पुस्तकमा लेखिएका थिए।

17हे परमेश्‍वर, तपाईंका विचारहरू मेरो निम्‍ति कति बहुमूल्य छन्! तिनका सङ्ख्‍या कति धेरै छन्!

18तिनलाई मैले गन्‍न कोसिस गरें भने, ती बलुवाको संख्याभन्दा धेरै हुन्‍छन्। म ब्युँझिंदा, म अझै तपाईंसँगै हुन्छु।

19हे परमेश्‍वर, तपाईंले दुष्‍टहरूलाई मार्नुभएको भए असल हुन्‍थ्‍यो। ए हिंस्रक मानिसहरू हो, मबाट दूर होओ।

भजनसंग्रह 139

अङ्ग्रेजीमा

Berean Standard BiblePsalm 139:13–16For You formed my inmost being; You knit me together in my mother’s womb. I praise You, for I am fearfully and wonderfully made. Marvelous are Your works, and I know this very well. My frame was not hidden from You when I was made in secret, when I was woven together in the depths of the earth. Your eyes saw my unformed body; all my days were written in Your book and ordained for me before one of them came to be.

सन्दर्भ-पदहरू

पाठकहरूले यससँग सबैभन्दा धेरै जोड्ने खण्डहरू।

उत्पत्ति 1:26–27परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई हाम्रो स्वरूपमा, हाम्रो प्रतिरूपमा बनाऔँ। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू, सारा पृथ्वी, र पृथ्वीमा घस्रने सबै जन्तुहरूमाथि अधिकार गरून्।” परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो। उहाँले तिनलाई आफ्नै प्रतिरूपमा सृष्‍टि गर्नुभयो। नर र नारी गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो।
यर्मिया 1:5“मैले तँलाई गर्भमा रच्नुभन्दा पहिले, मैले तँलाई चुनें। तँ गर्भबाट बाहिर आउनुअगि मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्ति अगमवक्ता बनाएँ।
भजनसंग्रह 111:2परमप्रभुका कामहरू महान् छन्। तिनको इच्‍छा गर्ने सबैले उत्सुकतासाथ आसा गर्छन्।
भजनसंग्रह 104:24हे परमप्रभु, तपाईंका कामहरू कति धेरै र फरक किसिमका छन्! बुद्धिले तपाईंले तिनीहरू सबै बनाउनुभयो। पृथ्वी तपाईंको कामहरूले भरिन्‍छ।
भजनसंग्रह 119:73तपाईंका हातहरूले मलाई बनाएका र आकार दिएका छन्। मलाई सुझबुझ दिनुहोस् ताकि म तपाईंका आज्ञाहरू सिक्‍न सकूँ।
यशैया 44:2परमप्रभु जसले तँलाई गर्भमा बनाउनुभयो र आकार दिनुभयो, अनि जसले तँलाई सहायता गर्नुहुनेछः उहाँले यसको भन्‍नुहुन्छ, “ए याकूब, मेरो सेवक, नडरा। अनि ए यशूरून, जसलाई मैले चुनेको छु।
भजनसंग्रह 92:4–5किनकि, हे परमप्रभु, तपाईंका कामहरूले तपाईंले मलाई खुसी बनाउनुभएको छ। तपाईंको हातका कामहरूको कारणले म आनन्दले गाउनेछु। हे परमप्रभु, तपाईंका कामहरू कति महान् छन्! तपाईंका विचारहरू धेरै गहन छन्।
अय्यूब 31:15मलाई गर्भमा रच्नुहुनेले नै तिनीहरूलाई पनि रच्नुभएको होइन र? हामी सबैलाई उहाँले नै गर्भमा बनाउनुभएको होइन र?

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार