Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › लोकप्रिय बाइबल पदहरू › १ कोरिन्थी 15:33

बाइबलको पद · ULB

१ कोरिन्थी 15:33

भर्ममा नपर “खराब सङ्गतले असल चरित्रलाई बिगार्छ।”

पूरा अध्याय पढ्नुहोस्: १ कोरिन्थी 15

सन्दर्भमा

30र किन हामी हरपल खतरामा छौँ?

31म प्रतिदिन मर्दछु। भाइहरू हो, म तिमीहरूमा गर्व गर्दछु, जुन मैले येशू ख्रीष्‍ट हाम्रा प्रभुमा पाएको छु।

32यदि मरेकाहरू जीवित भई उठ्दैनन् भने एफिससमा मैले मेरो ज्यानलाई नै जोखिममा पारेर जङ्गली जनावरसँग गरेको लडाइँले मानवीय दृष्‍टिबाट मलाई के लाभ हुन्छ र? त्यसैले, “हामी खाऔँ र पिऔँ किनकि भोलि त हामी मरिहाल्छौँ।”

33भर्ममा नपर “खराब सङ्गतले असल चरित्रलाई बिगार्छ।”

34धोका नखाओ! धार्मिकतामा जिओ! पाप गरी नरहो। किनकि तिमीहरूमध्ये कतिलाई त परमेश्‍वरको कुनै ज्ञानै छैन। तिमीहरूलाई लज्जित पार्न म यो भन्दछु।

35तर कसैले यसरी भन्‍नेछ, “मरेकाहरू कसरी जीवित पारिन्छन्? अनि कस्तो शरीर लिएर तिनीहरू आउनेछन्?”

36तिमीहरू अति अन्जान छौ! जे रोप्छौ सो नमरेसम्म उम्रन थाल्नेछैन,

१ कोरिन्थी 15

अङ्ग्रेजीमा

Berean Standard Bible1 Corinthians 15:33Do not be deceived: “Bad company corrupts good character.”

सन्दर्भ-पदहरू

पाठकहरूले यससँग सबैभन्दा धेरै जोड्ने खण्डहरू।

हितोपदेश 13:20बुद्धिमान् मानिसहरूसित हिँड र तिमी पनि बुद्धिमान् हुने छौ, तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्‍ने छ।
मत्ती 24:4येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “होसियार रहो, कसैले तिमीहरूलाई नभड्काओस्।”
१ कोरिन्थी 5:6तिमीहरूको घमण्ड ठिक होइन। के थोरै खमिरले पुरै रोटीलाई खमिरी बनाउँछ भन्‍ने तिमीहरू जान्दैनौ?
हितोपदेश 9:6आफ्ना निर्बुद्धि चालहरू त्यागेर बाँच। समझशक्तिको मार्गमा हिँड।
एफिसि 5:6तिमीहरूलाई कसैले पनि फोस्रा कुराहरूले धोखा नदिओस्। यी कुराहरूको कारण अनाज्ञाकारिताका पुत्रहरूमा परमेश्‍वरको क्रोध आउनेछ।
गलाती 6:7धोकामा नपर। परमेश्‍वरको ठट्टा हुँदैन। मानिसले जे रोप्दछ, त्यसले त्यही नै कटनी गर्नेछ।
२ तिमोथी 2:16–18भक्‍तिहीन कुरालाई त्याग, जसले तिमीहरूलाई अझ धेरै भक्‍तिहीनतातर्फ डोर्‍याउँछ। तिनीहरूको वचन निको नहुने सइनको घाउजस्तै फैलिनेछ। तिनीहरूमध्ये हुमेनियस र फिलेतस हुन्। ती मानिसहरू सत्यताबाट टाढा हराइरहेका छन् र तिनीहरूले येशूको पुनरुत्थान पहिले नै भइसकेको छ भनेर भन्दछन्, र तिनीहरूमध्‍ये कतिको विश्‍वासलाई खल्बल्याइरहेका छन्।
१ कोरिन्थी 6:9अधर्मीहरूले परमेश्‍वरको राज्यमा उत्तराधिकार पाउदैनन् भनेर के तिमीहरूलाई थाहा छैन? झुटको विश्‍वास नगर। अनैतिक यौन-सम्बन्धहरू मूर्तिपूजकहरू, व्यभिचारीहरू, पुरुषगामीहरू, समलिङ्गीहरू,

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार