Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › लोकप्रिय बाइबल पदहरू › यूहन्ना 16:33

बाइबलको पद · ULB

यूहन्ना 16:33

मैले तिमीहरूलाई यी कुरा भनेको छु, ताकि तिमीहरूलाई ममा शान्ति मिलोस्। संसारमा तिमीहरूलाई कष्‍ट हुन्छ, तर साहस गरः मैले संसारलाई जितेको छु।

पूरा अध्याय पढ्नुहोस्: यूहन्ना 16

सन्दर्भमा

30अब हामी जान्दछौँ, कि तपाईं सबै थोक जन्‍नुहुन्छ, अनि कसैले तपाईंलाई प्रश्‍न सोध्‍नु आवश्यक छैन। त्यही कारणले हामी विश्‍वास गर्छौं, कि तपाईं परमेश्‍वरबाट आउनुभएको हो।”

31येशूले जवाफ दिनुभयो, “के तिमीहरू अब विश्‍वास गर्छौ?

32हेर, तिमीहरू छरपष्‍ट हुने अर्थात् सबै आ-आफ्नो घरतिर जाने, र मलाई एकलै छोड्ने समय आउँदै छ,। वास्तवमा त्यो समय आइसकेको छ। तरै पनि म एकलो हुन्‍नँ, किनभने पिता मसँग हुनुहुन्छ।

33मैले तिमीहरूलाई यी कुरा भनेको छु, ताकि तिमीहरूलाई ममा शान्ति मिलोस्। संसारमा तिमीहरूलाई कष्‍ट हुन्छ, तर साहस गरः मैले संसारलाई जितेको छु।

यूहन्ना 16

अङ्ग्रेजीमा

Berean Standard BibleJohn 16:33I have told you these things so that in Me you may have peace. In the world you will have tribulation. But take courage; I have overcome the world!”

सन्दर्भ-पदहरू

पाठकहरूले यससँग सबैभन्दा धेरै जोड्ने खण्डहरू।

यूहन्ना 14:27म तिमीहरूसँग शान्ति छोड्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु। संसारले जसरी दिन्छ त्यसरी म यो तिमीहरूलाई दिन्‍नँ। तिमीहरूको हृदय विचलित नहोस्, र भयभीत नहोस्।
१ यूहन्ना 5:4किनकि परमेश्‍वरबाट जन्मेको हरेकले संसारलाई जित्छ। अनि संसारलाई जित्‍ने विजय हाम्रो विश्‍वास हो।
२ थेसलोनिकी 3:16शान्तिका परमेश्‍वर आफैँले तिमीहरूलाई सदासर्वदाका लागि शान्ति प्रदान गरून्।
१ यूहन्ना 4:4मेरा प्रिय बालकहरू हो, तिमीहरू परमेश्‍वरका हौ, र तिमीहरूले ती आत्माहरूलाई जितेका छौ, किनभने तिमीहरूमा जो हुनुहुन्छ उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ।
फिलिप्पी 4:7र हाम्रा सबै समझभन्दा उच्‍च परमेश्‍वरको शान्तिले ख्रीष्‍ट येशूमा तिमीहरूका हृदय र विचारहरूलाई रक्षा गर्नेछ।
यूहन्ना 14:1“तिमीहरूको हृदय विचलित नहोस्। तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्छौ, ममा पनि विश्‍वास गर।
१ पत्रुस 5:9त्यसको विरुद्धमा खडा होओ। तिमीहरूको विश्‍वासमा दह्रिलो बन। यो जान कि संसारमा भएका तिमीहरूका भाइहरूले पनि यस्तै कष्‍टहरू भोगिरहेका छन्।
२ तिमोथी 3:12ख्रीष्‍ट येशूको भक्‍तिमा जिउन चाहने मान्छे सधैँ सतावटमा पर्छ।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार