Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › बाइबल के भन्छ › प्रशंसा र आराधना

विश्वास

प्रशंसा र आराधना बारे बाइबल के भन्छ

यस विषयका लागि पाठकहरू सबैभन्दा बढी फर्केर पढ्ने 10 पद, पवित्र बाइबल (ULB) बाट पूरै उद्धृत।

यशैया 61:3सियोनमा शोक गर्नेहरू, तिनीहरूलाई खरानीको सट्टामा एउटा मुकुट, शोकको सट्टामा आनन्दको तेल, निराशाको आत्माको सट्टामा प्रशंसाको आवरण दिन, तिनीहरूलाई धर्मिकताका फलाँटहरू, परमप्रभुको बिरुवा भन्‍न उहाँले मलाई पठाउनुभएको छ, ताकि उहाँलाई नै महिमा होस्।
भजनसंग्रह 150:6सास हुने हरेक कुराले परमप्रभुको प्रशंसा गरोस्। परमप्रभुको प्रशंसा गर।
हिब्रू 13:15त्यसैले, उहाँद्वारा परमेश्‍वरलाई महिमा दिन हामी सधैँ बलिदान चढाऔँ, उहाँको नाउँलाई थाहा गर्दै महिमा दिनु हाम्रो ओठको फल हो।
यूहन्ना 4:24परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ र उहाँलाई आराधना गर्ने मानिसहरूले उहाँलाई आत्‍मा र सत्‍यतामा आराधना गर्नुपर्छ।”
भजनसंग्रह 150:2उहाँका शक्तिशाली कामहरूका निम्ति उहाँको प्रशंसा गर। उहाँको आश्‍चर्यको महान्‌ताको निम्ति उहाँको प्रशंसा गर।
यूहन्ना 4:23तापनि, साँचा आराधकहरूले पितालाई आत्‍मा र सत्‍यतामा आराधना गर्ने बेला आइरहेको छ र त्यो अहिले नै हो, किनकि पिताले आफ्ना आराधकहरू हुन यस्‍ता मानिसहरूको खोजी गर्दै हुनुहुन्‍छ।
भजनसंग्रह 106:1परमप्रभुको प्रशंसा गर। परमप्रभुलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ।
भजनसंग्रह 99:3तिनीहरूले तपाईंको महान् र भयङ्कर नाउँको स्तुति गरून्। उहाँ पवित्र हुनुहुन्छ।
भजनसंग्रह 71:8मेरो मुख तपाईंको प्रशंसाले, दिनभरि नै तपाईंको आदरले भरिनेछ।
भजनसंग्रह 109:30म आफ्‍नो मुखले परमप्रभुलाई धेरै धन्यवाद दिन्छु। म उहाँलाई भिडको माझमा प्रशंसा गर्नेछु।

यी पाठकहरूले यस विषयका लागि प्रायः खोज्ने पदहरू हुन् — यसबारे कुनै शिक्षा होइन। हरेकलाई त्यसको अध्यायमा पढ्नुहोस्।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार