Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › लोकप्रिय बाइबल पदहरू › फिलिप्पी 2:3

बाइबलको पद · ULB

फिलिप्पी 2:3

स्वार्थ र रित्तो अहङ्कारमा केही नगर। बरु नम्रतामा आफूलाईभन्दा अरूहरूलाई उच्‍च ठान।

पूरा अध्याय पढ्नुहोस्: फिलिप्पी 2

सन्दर्भमा

1यसकारण म मान्दछु, कि ख्रीष्‍टमा उत्साह छ। म मान्दछु, कि त्यहाँ आत्माको सङ्गति छ। म मान्दछु, कि उहाँको प्रेमबाट सान्त्वना मिल्दछ। म मान्दछु, कि त्यहाँ स्‍नेही करुणा र सहानुभूति छ।

2तिमीहरू एउटै मनका भएर, एउटै प्रेम धारण गरेर, आत्मामा एक भएर, र एउटै उद्देश्य राखेर मेरो आनन्दलाई पुरा गर।

3स्वार्थ र रित्तो अहङ्कारमा केही नगर। बरु नम्रतामा आफूलाईभन्दा अरूहरूलाई उच्‍च ठान।

4आफ्ना आवश्यकताहरूमा मात्र ध्यान नदेओ, तर अरूहरूका आवश्यकताहरूमा पनि ध्यान लगाओ।

5त्यही शैलीमा विचार गर, जुन ख्रीष्‍ट येशूमा पनि थियो।

6उहाँ परमेश्‍वरको स्वरूपमा हुनुहुन्थ्यो, तर पनि परमेश्‍वरसँगको आफ्नो बराबरीलाई उहाँले पक्रिराख्‍ने वस्तुझैँ ठान्‍नुभएन।

फिलिप्पी 2

अङ्ग्रेजीमा

Berean Standard BiblePhilippians 2:3Do nothing out of selfish ambition or empty pride, but in humility consider others more important than yourselves.

सन्दर्भ-पदहरू

पाठकहरूले यससँग सबैभन्दा धेरै जोड्ने खण्डहरू।

रोमी 12:10दाजुभाइहरूबिच हुने प्रेमको सम्बन्धमा चाहिँ एक-अर्काप्रति स्‍नेही बन। आदर गर्ने सम्बन्धमा एक-अर्कालाई आदर गर।
गलाती 5:26हामी अहङ्कारी नबनौँ; एक अर्कालाई रिस नउठाऔँ; वा एक अर्काको ईर्ष्या नगरौँ।
एफिसि 5:21ख्रीष्‍टको आदरको लागि एकअर्काको अधिनमा रहो।
एफिसि 4:2ज्यादै विनम्रता र कोमलता र धैर्यतामा जिओ। एकले अर्कालाई प्रेममा स्वीकार गर।
१ पत्रुस 5:5त्यसै गरी, तिमी युवकहरू वृद्धहरूको अधीनमा बस। तिमीहरू सबैले विनम्रताको वस्‍त्र धारण गर र एक-अर्काको सेवा गर किनकि परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।
याकूब 3:14–16तर यदि तिमीहरूको हृदयमा तितो ईर्ष्‍या र अभिलाषा छ भने, सत्यको विरुद्धमा शेखी नगर र झुटो नबोल। यो माथिबाट तल आउने विवेक होइन। बरु, यो त सांसारिक, अनात्मिक र शैतानिक हो। किनकि जहाँ ईर्ष्‍या र अभिलाषा हुन्छ, त्यहाँ भ्रम र हरेक किसिमको दुष्‍ट काम हुन्छ।
याकूब 4:5–6वा धर्मशास्‍त्रले, “उहाँले हामीमा बास गर्न लगाउनुभएका आत्मा अत्यन्तै डाही हुनुभएको छ” भनेर व्यर्थमा भन्दछ भनी के तिमीहरू ठान्दछौ? तर परमेश्‍वरले अझ बढी अनुग्रह दिनुहुन्छ, यसैकारण धर्मशास्‍त्रले भन्दछ, “परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ।”
फिलिप्पी 2:14गनगन नगरी र तर्क वितर्कविना सबै कामहरू गर।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार