खोजी गर्नुहोस् › पुराना नक्साहरू › मोशाका पाँच पुस्तकका ठाउँहरू
नक्सा पूरा आकारमा खोल्नुहोस् (3000 × 2481)
पुराना नक्साहरू · 1826
मोशाका पाँच पुस्तकका ठाउँहरू नक्साकार: Tanner, Henry Schenck · वर्ष: 1826
हेनरी एस. ट्यानरले प्राचीन लेखकहरू, पवित्र र लौकिक दुवैका लेखहरू स्पष्ट पार्न 1826 मा फिलाडेल्फियामा प्रकाशित गरेको An Atlas of Ancient Geography बाट। मुख्य नक्सा नील नदीको डेल्टा र गोशेनबाट सीनैको मरुभूमि हुँदै कनान र सिरियासम्म जान्छ; एउटा भित्री नक्साले मोशाले उल्लेख गरेका पूर्वी देशहरू देखाउँछ, आर्मेनियाको आरारातदेखि बेबिलोन र एलामसम्म।
Library of Congress मा यो नक्सा
खण्डहरू उत्पत्ति 10:1–32 यिनीहरू नोआका सन्तानहरू थिए, अर्थात्, शेम, हाम, र येपेत। जलप्रलयपछि तिनीहरूका छोराहरू जन्मे। गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास येपेतका छोराहरू थिए। अशकनज, रीपत र तोगर्मा गोमेरका छोराहरू थिए। एलीशाह, तर्शीश, कित्तीम र रोदानीम यावानका छोराहरू थिए। यिनीहरूबाट नै समुद्रतटवासी छुट्टिए र तिनीहरू आफ्नो जातिअनुरूप आ-आफ्नो भाषाअनुसार तिनीहरूको भूमितिर गए। कूश, मिश्रइम, पूत र कनान हामका छोराहरू थिए। सेबा, हवीला, सब्ता, रामाह र सब्तका कूशका छोराहरू थिए। शेबा र ददान रामाहका छोराहरू थिए। कूश निम्रोदका पिता बने, जो पृथ्वीमाथिका पहिलो विजेता थिए। तिनी परमप्रभुको सामु शक्तिशाली शिकारी बने। त्यसैले यसो भनियो, “परमप्रभुको सामु निम्रोदजस्तै शक्तिशाली सिकारी।” तिनका राज्यहरूका सुरुका केन्द्रहरू शिनारको मुलुकका बाबेल, अक्कद र कल्नेह थिए। तिनी त्यो भूमिबाट बाहिर अश्शूरतित गए, र निनवे, रहोबोत-इर, कालह, र निनवे र कालह बिचमा पर्ने रेसेन निर्माण गरे। यो एउटा ठुलो सहर थियो। मिश्रइम लूदी, अनामी, लहाबी, नप्तूही पत्रुसी, कस्लूही (जसबाट पलिश्तीहरू आए) र कप्तोरीहरूका पुर्खा बने। कनान सीदोन अर्थात् तिनका जेठो छोरो, हित्ती, यबूसी, एमोरी, गिर्गाशी, हिव्वी, अरकी, सिनी, अर्वादी, समारी र हमातीहरूका पुर्खा भए। त्यसपछि कनानीहरूका वंशहरू फैलिए। कनानीहरूको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्म नै थियो। तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूको भूमि र देशमा हामका छोराहरू यिनीहरू नै थिए। येपेतका दाजु शेमका पनि छोराहरू भए। शेम एबेरका सबै सन्तानहरूका पुर्खा थिए। एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम शेमका छोराहरू थिए। ऊज, हुल, गेतेर र मेशेक अरामका छोराहरू थिए। अर्पक्षेद शेलहका पिता बने र शेलह एबेरका पिता बने। एबेरका दुई जना छोरा भए। एक जना छोराको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्वी विभाजित भयो। तिनको भाइको नाउँ योक्तान थियो। योक्तान अल्मोदद, शेलेप, हसर्मवित, येरह, हदोरम, ऊजाल, दिक्ला, ओबाल, अबमाएल, शेबा, ओपीर, हवीला योबाबका पिता बने। तिनीहरूका क्षेत्र मेशादेखि सपरा जाने बाटो, पूर्वका पहाडसम्म थियो। तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूका मुलुकहरू, जातिहरूअनुसार शेमका छोराहरू यिनीहरू नै थिए। तिनीहरूका वंशावलीहरू र जातिहरूअनुसार नोआका छोराहरूका वंशहरू यिनै थिए। यी जातिहरूबाट नै जातिहरू छुट्टिए र जलप्रलयपछि पृथ्वीभरि गए। गन्ती 33:1–49 मोशा र हारूनको नेतृत्वमा इस्राएलका मानिसहरूले तिनीहरूका हातहतियारसहितका समूहले मिश्रको भूमि छोडेपछि तिनीहरूको यात्रा विवरण यही हो। परमप्रभुले आज्ञा गर्नुभएबमोजिम तिनीहरू कहाँबाट कहाँ गए भनी मोशाले लेखे। तिनीहरूका यात्राहरूको नालीबेली यिनै थिए। तिनीहरूले पहिलो महिनाको पन्ध्रौँ दिनमा रामसेसबाट यात्रा गरे। निस्तार-चाडपछिको बिहान इस्राएलका मानिसहरूले मिश्रीहरूको सामु नै खुलमखुला मिश्र छोडे। मिश्रीहरूले तिनीहरूका जेठा छोराहरूको दफन गरिरहँदा यो भएको थियो, जसलाई परमप्रभुले मार्नुभएको थियो, किनभने उहाँले तिनीहरूका देवतालाई पनि दण्ड दिनुभएको थियो। इस्राएलका मानिसहरू रामसेसबाट निस्के र सुक्कोतमा छाउनी लगाए। तिनीहरू सुक्कोतबाट हिँडे र मरुभूमिको छेउमा भएको एथाममा छाउनी हाले। तिनीहरू एथामबाट हिँडे र पी-हहीरोततिर फर्के, जुन बाल-सेफोनको पारिपट्टि पर्छ, जहाँ तिनीहरूले मोग्दोलको पारिपट्टि छाउनी हाले। त्यसपछि तिनीहरू पी-हहीरोतबाट हिँडे र समुद्रको बिचबाट हुँदै मरुभूमितिर लागे। तिनीहरूले एथामको मरुभूमिमा तिन दिनसम्म यात्रा गरे र मारामा छाउनी हाले। तिनीहरू माराबाट हिँडे र एलीममा आइपुगे। एलीममा बाह्रवटा पानीका मूल र सत्तरीवटा खजूरका रुख थिए। तिनीहरूले त्यहीँ नै छाउनी हाले। तिनीहरू एलीमबाट हिँडे र लाल समुद्रको किनारमा छाउनी हाले। तिनीहरू लाल समुद्रबाट हिँडे र सीनको मरुभूमिमा छाउनी हाले। तिनीहरू सीनको मरुभूमिबाट हिँडे र दोफकामा छाउनी हाले। तिनीहरू दोफकाबाट हिँडे र आलूशमा छाउनी हाले। तिनीहरू आलूशबाट हिँडे र रपीदीममा छाउनी हाले, जहाँ मानिसहरूलाई पिउनलाई पानी थिएन। तिनीहरू रपीदीमबाट हिँडे र सीनैको मरुभूमिमा छाउनी हाले। तिनीहरू सीनैको मरुभूमिबाट हिँडे र किब्रोथ-हत्तावामा छाउनी हाले। तिनीहरू किब्रोथ-हत्तावाबाट हिँडे र हसेरोतमा छाउनी हाले। तिनीहरू हसेरोतबाट हिँडे र रित्मामा छाउनी हाले। तिनीहरू रित्माबाट हिँडे र रिम्मोन-फारेसमा छाउनी हाले। तिनीहरू रिम्मोन-फारेसबाट हिँडे र लिब्नामा छाउनी हाले। तिनीहरू लिब्नाबाट हिँडे र रिस्सामा छाउनी हाले। तिनीहरू रिस्साबाट हिँडे र केहेलातामा छाउनी हाले। तिनीहरू केहेलाताबाट हिँडे र शेपेर पर्वतमा छाउनी हाले। तिनीहरू शेपेर पर्वतबाट हिँडे र हरादामा छाउनी हाले। तिनीहरू हरादाबाट हिँडे र मखेलोतमा छाउनी हाले। तिनीहरू मखेलोपबाट हिँडे र तहतमा छाउनी हाले। तिनीहरू तहतबाट हिँडे र तेरहमा छाउनी हाले। तिनीहरू तेरहबाट हिँडे र मित्कामा छाउनी हाले। तिनीहरू मित्काबाट हिँडे र हशमोनामा छाउनी हाले। तिनीहरू हशमोनाबाट हिँडे र मोसेरोतमा छाउनी हाले। तिनीहरू मोसेरोतबाट हिँडे र बने-याकानमा छाउनी हाले। तिनीहरू बने-याकानबाट हिँडे र होर-हगिदगादमा छाउनी हाले। तिनीहरू होर-हगिदगादबाट हिँडे र योतबातामा छाउनी हाले। तिनीहरू योतबाताबाट हिँडे र अब्रोनामा छाउनी हाले। तिनीहरू अब्रोनाबाट हिँडे र एस्योन-गेबेरमा छाउनी हाले। तिनीहरू एस्योन-गेबेरबाट हिँडे र कादेशमा भएको सीनको मरुभूमिमा छाउनी हाले। तिनीहरू कादेशबाट हिँडे र एदोमको सिमानामा पर्ने होर पर्वतमा छाउनी हाले। हारून परमप्रभुको आज्ञामा होर पर्वतमाथि गए र इस्राएलका मानिसहरू मिश्रबाट आएका चालिसौँ वर्षको पाँचौँ महिनाको पहिलो दिनमा त्यहाँ तिनको मृत्यु भयो। हारूनको मृत्यु हुँदा तिनी १२३ वर्षका थिए। कनानको भूमिको दक्षिणी मरुभूमिमा बस्ने अरादका कनानी राजाले इस्राएलका मानिसहरू आइरहेका छन् भन्ने सुने। तिनीहरू होर पर्वतबाट हिँडे र सलमोनामा छाउनी हाले। तिनीहरू सलमोनाबाट हिँडे र पूनोनमा छाउनी हाले। तिनीहरू पूनोनबाट हिँडे र ओबोतमा छाउनी हाले। तिनीहरू ओबोतबाट हिँडे र मोआबको सिमानामा पर्ने इयेअबारीममा छाउनी हाले। तिनीहरू इयेअबारीमबाट हिँडे र दीबोनगादमा छाउनी हाले। तिनीहरू दीबोनगादबाट हिँडे र अल्मोन-दिब्लातैममा छाउनी हाले। तिनीहरू अल्मोन-दिब्लातैमबाट हिँडे र नेबोको अगिल्तिर अबारीम पर्वतमा छाउनी हाले। तिनीहरू अबारीमबाट हिँडे र यरीहोमा यर्दन नजिकैको मोआबको मैदानमा छाउनी हाले। तिनीहरूले यर्दनको किनारमा मोआबको मैदानमा बेथ-यशीमोतदेखि हाबिल-शित्तिमसम्मै छाउनी हाले।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0 ; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार