खोजी गर्नुहोस् › पुराना नक्साहरू › सोलोमनका जिल्लाहरू
नक्सा पूरा आकारमा खोल्नुहोस् (2530 × 3000)
पुराना नक्साहरू · 1826
सोलोमनका जिल्लाहरू नक्साकार: Tanner, Henry Schenck · वर्ष: 1826
हेनरी एस. ट्यानरले प्राचीन लेखकहरू, पवित्र र लौकिक दुवैका लेखहरू स्पष्ट पार्न 1826 मा फिलाडेल्फियामा प्रकाशित गरेको An Atlas of Ancient Geography बाट। यो पाताले ती बाह्र जिल्ला कोर्छ, जसका अधिकारीहरूले वर्षमा प्रत्येकले एक महिना सोलोमनको घरानालाई आपूर्ति गर्थे, र राजाहरूको पहिलो पुस्तकको अध्याय 4 का अधिकारीहरूका नामबाट नामकरण गरिएका छन्: बेन-हूर, बेन-देकेर, बाना, गेबेर र अरू।
Library of Congress मा यो नक्सा
खण्डहरू १ राजाहरू 4:7–19 सारा इस्राएलमा सोलोमनका बाह्र जना जिल्ला-जिल्लाका जिल्लापाल थिए जसले राजा तथा राज घरानालाई भोजन जुटाउने काम गर्थे। हरेक मानिसले वर्षमा एक-एक महिनाको भोजन जुटाउनुपर्थ्यो। तिनीहरूका नाउँ यी नै हुन्: एफ्राइमको पहाडी देशमा बेन-हूर; माकाज, शाल्बीम, बेथ-शेमेश र एलोन-बेथहानानमा बेन-देकेर; अरूब्बोतमा बेन-हेसेद (तिनको जिम्मामा सोको र हेपेरका सबै क्षेत्र थिए); सारा नापोत डोरमा बेन-अबीनादाब (सोलोमनकी छोरी ताफातलाई तिनले विवाह गरेका थिए); तानाक र मगिद्दोसाथै यिजरेलमुनिको सार्तानको छेउमा भएका सारा बेथ-शान, हाबिल-महोला र योक्मामसम्ममा अहीलूदका छोरा बाना; रामोत-गिलादमा बेन-गेबेर (तिनको जिम्मामा गिलादमा भएका मनश्शेका छोरा याईरका सहरहरू र बाशानमा भएको अर्गोबको क्षेत्रसाथै मूल ढोकामा काँसाका बार भएका पर्खालले घेरिएका साठीवटा ठुला-ठुला सहर पनि थिए); महनोममा इद्दोका छोरा अहीनादाब; नप्तालीमा अहीमास (तिनले सोलोमनकी छोरी बासमतलाई विवाह गरेका थिए); आशेर र आलोतमा हूशैका छोरा बाना; इस्साखारमा पारूहका छोरा यहोशापात; बेन्यामीनमा एलाका छोरा शिमी; गिलादमा ऊरीका छोरा गेबेर (एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओगको देश), र तिनी त्यस जिल्लाका एक मात्र जिल्लापाल थिए।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0 ; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार