पैसा र नापहरू
हात (नाप)
कुहिनादेखि औँलाको टुप्पोसम्म · लगभग 44.5 सेमी · लामो हात लगभग 52 सेमी
हात पाखुराको लम्बाइ थियो, कुहिनादेखि बीचको औँलाको टुप्पोसम्म। इस्राएल, मिश्र र मेसोपोटामिया सबैले यसलाई प्रयोग गर्थे, साधारण र अझ लामो “राजकीय” रूपमा; इजकिएलको लामो हात एक हात र चार औंला बराबर छ (40:5)। सबैभन्दा राम्रो नाप यरूशलेमबाट आउँछ: राजा हिजकियाको पानीको सुरुङको शिलालेख भन्छ कि यो 1,200 हात लामो छ, र सुरुङ लगभग 533 मिटर छ — अर्थात् एक हात लगभग 44.5 सेन्टिमिटर।
त्यस हातअनुसार नोआको जहाज (300 × 50 × 30 हात) लगभग 134 मिटर लामो, 22 चौडा र 13 अग्लो थियो, र सोलोमनको मन्दिर (60 × 20 × 30 हात) लगभग 27 × 9 × 13 मिटर। मानक हिब्रू पाठमा गोल्यतको उचाइ, छ हात र एक बित्ता, करिब 3 मिटर हुन आउँछ; ग्रीक सेप्टुआजिन्ट र मृत सागरमा भेटिएको शमूएलको एउटा मुट्ठाले चार हात र एक बित्ता, लगभग 2 मिटर, बताउँछन्।
मुख्य पदहरू
तैँले यसलाई यसरी बनाउनुः यसको लम्बाइ एक सय चालिस मिटर, चौडाइ तेईस मिटर र यसको उच्चाइ चौध मिटरको होस्।सोलोमन राजाले परमप्रभुको निम्ति बनाएका मन्दिरको लमाइ साठी हात, चौडाइ बिस हात र उचाइ तिस हात थियो।गातको गोल्यत नाउँ गरेको एक जना बलियो मानिस पलिश्तीहरूको छाउनीबाट आयो, जसको उचाइ तिन मिटर थियो।त्यहाँ मन्दिरको क्षेत्रलाई घेर्ने एउटा पर्खाल थियो। ती मानिसको हातमा भएको नाप्ने लौरोको लमाइ छ हात लामो थियो। हरेक हातमा एक हात लमाइ र चार औंला चौडाइ थियो। तिनले त्यो पर्खालको नाप लिए, र त्यो एक नाप्ने लौरोजति चौडा र एक लौरो अग्लो थियो।अरू चेलाहरू डुङ्गामा चढे (किनकि तिनीहरू जमिनबाट धेरै टाढा थिएनन्, करिब सय मिटर टाढा मात्र थिए), र तिनीहरूले माछाले भरिएको जाल तानिरहेका थिए।यसको नाम भएका सबै पदहरू (138)
जहाँ पाठमा यसको हिब्रू, अरामी वा ग्रीक शब्द आउँछ।
उत्पत्ति3
तैँले यसलाई यसरी बनाउनुः यसको लम्बाइ एक सय चालिस मिटर, चौडाइ तेईस मिटर र यसको उच्चाइ चौध मिटरको होस्।जहाजको छानो बनाउनू र यसलाई टुप्पोमा एक पट्टी एक हात छोडेर सिद्ध्याउनू। जहाजको एकपट्टी ढोका राख्नू र पहिलो, दोस्रो र तेस्रो तला बनाउनू।पानी पर्वतहरूको टुप्पोमा सात मिटर माथिसम्म आयो।प्रस्थान30
तिनीहरूले बबुल काठको सन्दुक बनाऊन्। यसको लमाइ साँढे दुई हात, चौडाइ साँढे एक हात र उचाइ साँढे एक हातको होस्।तैँले निखुर सुनको एउटा प्रायश्चित्तको ढकनी बनाउनू। यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको होस्।तैँले बबुल काठको एउटा टेबुल बनाउनू। यसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ साँढे एक हातको होस्।हरेक पर्दाको लमाइ अट्ठाइस हात र चौडाइ चार हातको होस्। सबै पर्दा उही आकारको हुनुपर्छ।हरेक पर्दाको लमाइ तिस हात र चौडाइ चार हातको होस्। एघारवटै पर्दाको नाप उही होस्।एकापट्टि एक हात लामो र अर्कोपट्टि एक हात लामो पर्दा हुनुपर्छ। पवित्र वासस्थानलाई ढाक्न त्यसको दुवैपट्टि पालका पर्दाहरूको बाँकी भाग झुण्डिरहून्।हरेक फल्याकको लमाइ दस हात र चौडाइ साँढे एक हातको होस्।तैँले पाँच हात लामो र पाँच हात चौडा भएको बबुल काठको एउटा वेदी बनाउनू। वेदी वर्गाकार हुनुपर्छ र यसको उचाइ तिन हातको हुनुपर्छ।पवित्र वासस्थानको लागि चोक बनाउनू। चोकको दक्षिणपट्टि मसिनो गरी बाटेको सुती कपडाका पर्दाहरू राख्नू जसका लमाइ एक सय हात होऊन्।चोकको पश्चिमपट्टि पचास हात लामो पर्दा राख्नू। दसवटा खम्बा र दसवटा आधार राख्नू।चोकको पूर्वपट्टि पचास हात होस्।प्रवेशद्वारको एकापट्टिको निम्ति पन्ध्र हातका पर्दाहरू होऊन्। तिनका तिनवटा खम्बा र तिनवटै आधार होऊन्।चोकको द्वारमा राखिने पर्दा बिस हातको होस्। यो पर्दा निलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सुती कपडाको होस् र यो बुट्टा हाल्नेको काम होस्। यसका चारवटा खम्बा र चारवटा आधार होऊन्।चोकको लमाइ एक सय हात र चौडाइ पचास हातको होस्। यसका पर्दाहरूको उचाइ पाँच हातको होस्। ती पर्दाहरू मसिनो गरी बाटेको सुती कपडाका होऊन् र तिनका आधारहरूचाहिँ काँसाका होऊन्।यसको लमाइ एक हात र चौडाइ एक हातको होस्। यो वर्गाकार हुनुपर्छ र यसको उचाइ दुई हातको हुनुपर्छ। यसका सिङहरू त्यही एउटै टुक्रा काठबाट बनाइएका होऊन्।हरेक पर्दाको लमाइ अट्ठाइस हात र चौडाइ चार हातको थियो। सबै पर्दा उही आकारका थिए।हरेक पर्दाको लमाइ तिस हात र चौडाइ चार हातको थियो। सबै एघारवटै पर्दाको आकार उही थियो।हरेक फल्याकको लमाइ दस हात र चौडाइ साँढे एक हातको थियो।बजलेलले बबुल काठबाट सन्दुक बनाए। यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको थियो।तिनले निखुर सुनबाट प्रायश्चित्तको ढकनी बनाए। यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको थियो।बजलेलले बबुल काठबाट टेबुल बनाए। यसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ साँढे एक हात थियो।बजलेलले बबुल काठबाट धूपको वेदी बनाए। यसको लमाइ एक हात र चौडाइ एक हातको थियो। यो वर्गाकार थियो र यसको चौडाइ दुई हातको थियो। यसका सिङहरू एउटै टुक्राबाट बनाइएका थिए।बजलेलले होमबलिको लागि बबुल काठबाट वेदी बनाए। यसको लमाइ पाँच हात र चौडाइ पाँच हातको थियो। यो वर्गाकार थियो र यसको उचाइ तिन हातको थियो।तिनले चोक पनि बनाए। चोकको दक्षिणपट्टिका पर्दाहरू मसिनो सुती कपडाका थिए जुन एक सय हातका थिए।त्यसै गरी, उत्तरपट्टि सय हात लामा पर्दाहरू थिए। तिनका खम्बाहरू बिसवटा र तिनका आधारहरू पनि बिसवटै थिए र ती काँसाका थिए। तर खम्बाहरूका अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए।पश्चिमपट्टिका पर्दाहरू पचास हात लामा थिए। तिनका दसवटा खम्बा र आधार थिए।तिनका अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए। चोकको पूर्वपट्टिको लमाइ पचास हात थियो।प्रवेशद्वारको एकापट्टिका लागि पन्ध्र हात लामा पर्दाहरू थिए। तिनका तिनवटा खम्बा र तिनवटा आधार थिए।चोकको प्रवेशद्वारको अर्कोपट्टि पनि पन्ध्र हात लामा पर्दाहरू थिए र तिनका तिनवटा खम्बा र तिनवटा आधार थिए।चोकको मुल ढोकाको पर्दा बिस हात लामो थियो। पर्दा निलो, बैजनी र रातो सुती कपडा, मसिनो गरी बाटेको सुती कपडाबाट बनाइएको थियो र यसको लमाइ बिस हात थियो। चोकका पर्दाहरूजस्तै यसको लमाइ बिस हात र चौडाइ पाँच हातको थियो।गन्ती3
त्यसपछि परमप्रभुबाट बतास आयो र समुद्रबाट बट्टाई चराहरू ल्यायो। तिनीहरू छाउनी नजिक वरिपरि एक दिनको बाटोभरि झरे। बट्टाई चराहरूले लगभग एक मिटर जत्ति बाक्लो हुने गरी जमिनलाई नै ढाके।तिमीहरूले लेवीहरूलाई दिने सहर वरिपरिका खर्कहरू सहरका पर्खालहरूदेखि बाहिर वरिपरि सबैतिर एक-एक हजार हातसम्म फैलिएको हुने छ।तिमीहरूले सहरको बाहिरबाट पूर्वपट्टि दुई हजार हात, दक्षिणपट्टि दुई हजार हात, पश्चिमपट्टि दुई हजार हात र उत्तरपट्टि दुई हजार हात नाप्नुपर्छ। यो तिनीहरूका निम्ति खर्कहरू हुने छ। सहरचाहिँ बिचमा हुने छ।व्यवस्था1
(रपाईहरूमा केवल बाशानका राजा जीवित रहे। तिनको पलङ्ग फलामको थियो। मानिसहरूको नापअनुसार यो नौ हात लामो र चार हात चौडा थियो। के अम्मोनका सन्तानहरू रब्बामा नै बस्थेनन् र?)यहोशू1
तिमीहरू र यसको बिचमा एक हजार मिटर फरक हुनुपर्छ। यसको नजिक नआओ, ताकि कुन बाटो जानुपर्ने हो, सो तिमीहरूले देख्न सक्ने छौ, किनभने तिमीहरू यो बाटोमा यसअगि हिँडेका छैनौ।”१ शमूएल1
गातको गोल्यत नाउँ गरेको एक जना बलियो मानिस पलिश्तीहरूको छाउनीबाट आयो, जसको उचाइ तिन मिटर थियो।२ शमूएल2
तर योआब र अबीशैले अबनेरलाई खेदिरहे। जब घाम डुब्न गइरहेको थियो, तिनीहरू अम्मा डाँडामा आइपुगे, जुन गिबोनको उजाडस्थान जाने बाटोको नजिक गीहनेर पर्छ।यसपछि यस्तो भयो, दाऊदले पलिश्तीहरूलाई आक्रमण गरे र तिनीहरूलाई परास्त गरे। त्यसैले दाऊदले मेथेग आमाहलाई पलिश्तीहरूको अधीनबाट लिए।१ राजाहरू24
सोलोमन राजाले परमप्रभुको निम्ति बनाएका मन्दिरको लमाइ साठी हात, चौडाइ बिस हात र उचाइ तिस हात थियो।मन्दिरको मुख्य सभाकक्षको सामुन्नेको दलान मन्दिरको चौडाइ बराबरको थियो अर्थात् बिस हातो लामो थियो, र त्यो मन्दिरको अगिल्तिर दस हातसम्म निस्केको थियो।सबैभन्दा मुनिको तलाको चौडाइ पाँच हात, बिचको तलाको चौडाइ छ हात र तेस्रो तलाको चौडाइचाहिँ सात हात थियो। तिनले मन्दिरका चारैपट्टि बाहिरतिर मन्दिरको भित्तामा केही नघुसाऊन् भनी पालीहरू निर्माण गरे।तिनले मन्दिरको भित्री कक्षको विपरीत किनाराका कोठाहरू बनाए र हरेक कोठाको उचाइ पाँच हात थियो। ती मन्दिरसँगै देवदारुका काठका सत्तरीले जोडिएका थिए।तिनले मन्दिरको पछाडिपट्टि भुइँदेखि दलिनसम्म देवदारुका बिस हात लामा फल्याकहरू मिलाएर राखे। तिनले यसलाई भित्री कोठा अर्थात् महा-पवित्रस्थान बनाए।महा-पवित्रस्थानको अगाडिपट्टि रहेको मुख्य कक्ष अर्थात् पवित्रस्थान चालिस हात लामो थियो।भित्री कोठा बिस हात लामो, बिस हात चौडा र बिस हात अग्लो थियो। सोलोमनले भित्ताहरू निखुर सुनले मोहोरी वेदीलाई देवदारुको काठले ढाके।सोलोमनले भित्री कोठाको लागि जैतूनको काठबाट दुईवटा करूब बनाए। प्रत्येकको उचाइ दस हात थियो।पहिलो करूबको एउटा पखेटा पाँच हात लामो थियो भने अर्को पखेट पनि पाँचै हात लामो थियो। एउटा पखेटाको टुप्पोदेखि अर्को पखेटाको टुप्पोसम्म दस हात थियो।दोस्रो करूबको नाप पनि दसै हात थियो। दुवै करूबको कद र आकार उही थिए।एउटा करूबको उचाइ दस हात थियो र अर्कोको उचाइ पनि उत्ति नै थियो।तिनले लेबनानको वन भनिने राजदरबार बनाए। यसको लमाइ एक सय हात, चौडाइ पचास हात र उचाइ तिस हात थियो। देवदारुका स्तम्भहरूका चारवटा लहर र तीमाथि देवदारुकै सत्तरीहरूले राजदरबार बनाइयो।त्यसको सामु एउटा दलान थियो, र त्यसको सामु खम्बाहरू थिए अनि एउटा बाहिर निस्केको छत थियो।जगमा आठ र दस हातका लामा-लामा महङ्गा ढुङ्गाहरू हालिएका थिए।हुरामले दुईवटा काँसाका स्तम्भको रचना गरे। प्रत्येक स्तम्भको उचाइ अठार हात र परिधि बाह्र हातको थियो।तिनले स्तम्भहरूमाथि शिर राख्न ढालेका काँसाका दुईवटा स्तम्भ-शिर पनि बनाए। हरेक स्तम्भ-शिरको उचाइ पाँच हात थियो।दलानभित्रका स्तम्भका स्तम्भ-शिरहरू लिली फुलको आकारका चार हात उचाइका थिए।हुरामले ढालेर बनाइएको धातुको विशाल खड्कुँलो बनाए जसको बिट एउटा किनारादेखि अर्को किनारासम्म दस हात थियो। यसको उचाइ पाँच हात थियो, र परिधि तिस हात थियो।त्यस विशाल खड्कुँलोका चारैतिर बाहिरपट्टि बिटमुनि हरेक हातमा दसवटा लौका बनाइएका थिए, र खड्कुँलो र लौका दुवै एउटै टुक्रा धातुबाट बनाइएका थिए।हुरामले काँसाका दसवटा आधार बनाए। प्रत्येक आधार चार हात लामो, चार हात चौडा र तिन हात अग्लो थियो।आधारभित्र खुला भाग थियो, जसको गोलाकार साढे एक हात थियो, र त्यसभित्र एक हात अग्लो मुकुट थियो। त्यसको खुला भागको वरिपरि बुट्टाहरू कुँदिएका थिए, र आधारका पाटाहरू गोलाकार नभई वर्गाकार थिए।चारवटा चक्का पाटाहरूको मुनि थिए, र चक्काहरूका धुरा आधारसँग गाँसिएका थिए। हरेक चक्काको उचाइ साढे एक हात थियो।आधारहरूको टुप्पामा आधा हात गहिरो गोलाकार धातुको फित्ता थियो, अनि आधारका टेका र पाटाहरू त्यसकै टुप्पासँग गाँसिएका थिए।हुरामले काँसाका दसवटा बाटा बनाए। एउटा बाटामा आठ सय असी लिटर पानी अटाउँथ्यो। हरेक बाटा चार हातको थियो, र दसवटै आधारका लागि एउटा-एउटा बाटा थियो।२ राजाहरू2
बेथ-शेमेशमा इस्राएलका राजा यहोआशले अहज्याहका नाति, योआशका छोरा यहूदाका राजा अमस्याहलाई समाते। तिनी यरूशलेममा आए र तिनले एफ्राइमको ढोकादेखि कुने ढोकासम्म लगभग दुई सय मिटर लामो यरूशलेमको पर्खाल भत्काइदिए।पहिलो स्तम्भको उचाइ अठार हात थियो, र स्तम्भमाथि एउटा स्तम्भ-शिर थियो। स्तम्भ-शिर तिन हात अग्लो थियो, र यो काँसाको जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो। अर्को स्तम्भ र यसका जालीसमेत सबै पहिलेको जस्तै थियो।१ इतिहास1
तिनले पाँच हात अल्गो एक जना मिश्रीलाई पनि मारे। त्यस मिश्रीको भाला कपडा बुन्ने जुलाहाको डन्डा जत्रो थियो, तर यिनी एउटा लौरो मात्र लिएर त्योसँग लड्न गए। तिनले त्यो मिश्रीको हातबाट उसकै भाला खोसे र उसको आफ्नै बालाले उसलाई मारे।२ इतिहास12
परमेश्वरको मन्दिर निर्माण गर्न सोलोमनले राखेका जगको क्षेत्रफल यि नै थिए। हातको पुरानो चलनको नापअनुसार लमाइ साठी हात र चौडाइ बीस हात थियो।मन्दिरको अगाडिको दलानको लमाइ बीस हात लामो थियो, जुन मन्दिरको चौडाइ बराबर थियो। यसको उचाइ पनि बीस हात थियो, र सोलोमनले यसको भित्रपट्टि निखुर सुनको जलप लगाए।तिनले महा-पवित्रस्थानको निर्माण गरे। यसको लम्बाइ मन्दिरको चौडाइ बराबर बिस हात र यसको चौडाइ पनि बिस हात थियो। त्यसको भित्रपट्टि तिनले बिस टन निखुर सुनको जलप लगाए।यी करूबका पखेटाहरू एक छेउदेखि अर्को छेउसम्म बीस हात लामा थिए। एउटा करूबको एउटा पखेटा कोठाको भित्तालाई छुने गरी पाँच हातको थियो। यसै गरी अर्को पखेटाचाहिं अर्को करूबको पखेटा छुने गरी पाँच हातकै थियो।अर्को करूबको एउटा पखेटा मन्दिरको भित्ता छुने गरी पाँच हातको थियो। त्यसको अर्को पखेटाचाहिं अर्को करूबको पखेटा छुने गरी पाँच हातकै थियो।यी करूबका पखेटा बीस हातसम्म फिंजिएका थिए। करूबहरू आफ्ना खुट्टामा उभिएका थिए, र तिनीहरूका मुख मन्दिरको मुख्य सभा कोठातिर फर्केका थिए।सोलोमनले मन्दिरको अगाडिपट्टिका निम्ति दुई वटा स्तम्भ बनाए, जसमा प्रत्येकको उचाइ पैंतीस हात थियो। तिमाथि भएका स्तम्भ-शिरहरू पाँच हात अल्गा थिए।यसको साथै तिनले काँसाको एउटा वेदी बनाए। जसको लमाइ बीस हात, र चौडाइ बीस हात थियो। यसको उचाइ दश हात थियो।तिनले ढालेर बनाइएको धातुको एउटा गोलाकार विशाल खड्कुँलो पनि बनाए। त्यसको बिटको एक किनारदेखि अर्को किनारसम्म दश हात थियो। त्यो पाँच हात अल्गो थियो, र त्यस खड्कुँलोको परिधि तीस हात थियो।खड्कुँलोको चारैतिर बाहिरपट्टि बिटमुनि साँढेहरू, एक हातमा दश वटा त्यसलाई खड्कुँलोसँगै एउटै टुक्रा धातु ढालेर बनाइएको थियो।किनकि तिनले पाँच हात लामो, पाँच हात चौडा र तीन हात अग्लो काँसाको एउटा मञ्च बनाएका थिए। तिनले त्यसलाई चोकको बीचमा राखेका थिए। तिनी त्यसमाथि खडा भए र इस्राएलका सारा समुदायको उपस्थितिमा घुँडा टेके, र तिनले आफ्ना हात स्वर्गतिर फैलाए।इस्राएलका राजा येहोआशले अहज्याहका नाति, योआशका छोरा यहूदाका राजा अमस्याहलाई बेथ-शेमेशमा गिरफ्तार गरे। तिनले उनलाई यरूशलेममा ल्याए र तिनले एफ्राइमको ढोकादेखि कुने-ढोकासम्म चार सय हात लामो यरूशलेमको पर्खाल भत्काइदिए।नहेम्याह1
हानून र जानोहका बासिन्दाहरूले बेँसी ढोका मर्मत गरे। तिनीहरूले यसको पुनर्निर्माण गरी यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए। तिनीहरूले फोहोर ढोकासम्म एक हजार हात लामो पर्खाल मर्मत गरे।एस्तर2
तर तिनकी पत्नी जेरेशले हामान र तिनका सबै मित्रहरूलाई भनिन्, “तिनीहरूले पच्चिस मिटर अग्लो एउटा फाँसीको काठ बनाऊन्। बिहान मोर्दकैलाई त्यसमा झुण्ड्याउन राजासित कुरा गर्नुहोस्। तब आनन्दित भएर राजासँगै भोजमा जानुहोस्।” हामानलाई यो कुरा मन पर्यो, र तिनले एउटा फाँसीको काठ बनाउन लगाए।तब राजाको सेवा गर्ने एक जना अधिकारी हर्बोनाले भने, “हामानको घरको छेउमा पच्चिस मिटर लामो एउटा फाँसीको काठ खडा छ। महाराजाको ज्यान जोगाइदन बोल्ने मोर्दकैको निम्ति त्यसले त्यो तयार पारेको हो।” राजाले भने, “त्यसलाई त्यसैमा झुण्ड्याओ।”यशैया1
ती कराइरहेकाहरूको आवाजले सँघारका जगहरू हल्लिए र मन्दिर धूँवाले भरिएको थियो।यर्मिया3
ए धेरै पानी भएको ठाउँनेर बस्ने मानिसहरू हो, ए धेरै धन-सम्पत्ति भएका मानिसहरू हो, तिमीहरूको अन्त्य आएको छ। तिमीहरूको जीवनको धागो अब काटेर छोटो पारिएको छ।स्तम्भहरू प्रत्येकका उचाइ अठार हात थियो, र गोलाइ बाह्र हात थियो। प्रत्येकको मोटाइ चार अङ्गुल चौडा र खोक्रो थियो।स्तम्भमाथि एउटा स्तम्भ-शिर थियो। स्तम्भ-शिर पाँच हात अग्लो थियो, र यो काँसाको जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो। अर्को स्तम्भ पनि त्यसका दारिमहरूसहित पहिलेको जस्तै थियो।इजकिएल46
त्यहाँ मन्दिरको क्षेत्रलाई घेर्ने एउटा पर्खाल थियो। ती मानिसको हातमा भएको नाप्ने लौरोको लमाइ छ हात लामो थियो। हरेक हातमा एक हात लमाइ र चार औंला चौडाइ थियो। तिनले त्यो पर्खालको नाप लिए, र त्यो एक नाप्ने लौरोजति चौडा र एक लौरो अग्लो थियो।रक्षक कोठाहरू हरेक एक लौरो लामो र एक लौरो चौडा थिए। दुई कोठाहरू बिचमा पाँच हातको दुरी थियो, र मन्दिरको दलानको छेउमा रहेको सँघार एक लौरो गहिरो थियो।तिनले ढोकाको दलानको नाप लिए, त्यो एक लौरो गहिरो थियो। ढोकाका चोकोसहरूचाहिं दुई हात चौडा थिए। योचाहिं मन्दिरतर्फ फर्किएको ढोकाको दलान थियो।त्यसपछि ती मानिसले ढोकाको चौडाइ नापे, त्यो दश हात थियो, र तिनले ढोकाको लमाइ नापे, त्यो तेह्र हात थियो।ती कोठाहरूका अगाडिको भागलाई विभाजन गरेको भित्ता तिनले नापे, त्यो एक हात उच्च थियो। दुवैपट्टिका कोठाहरूका नाप छ हात थिए।तिनले एउटा कोठाको छानोबाट अर्को कोठाको छानोसम्मको ढोकालाई नापे। पहिलो कोठाको ढोकादेखि दोस्रोसम्म पच्चीस हात थियो।रक्षक कोठाहरूका बिचबाट गएको पर्खाललाई तिनले नापे, त्यो साठी हात लामो थियो। तिनले ढोकाको दलानसम्मै नापे।ढोकाको अगाडिको भागदेखि दलानको अर्को छेउसम्म पचास हात थियो।त्यसपछि ती मानिसले तल्लो ढोकाको अगाडिको भागदेखि भित्री ढोकाको अगाडिको भागसम्मको दुरी नापे। त्यो पूर्वपट्टि एक सय हात र उत्तरपट्टि पनि त्यति नै थियो।त्यस ढोकाको दुवैपट्टि तिनवटा कोठा थिए, र त्यो ढोकाको र त्यसको दलानको नाप मुख्य ढोकाको बराबर थियो, जुन लमाइमा पचास हात र चौडाइमा पच्चीस हात थियो।उत्तरपट्टि फर्किएको ढोकाको सामु भित्री चोकमा जाने एउटा ढोका थियो, जस्तो पूर्वमा पनि ढोका थियो। ती मानिसले एउटा ढोकादेखि अर्को ढोकासम्म नापे, त्यसको दुरी एकसय हात थियो।ढोकामा बन्द झ्यालहरू थिए र दलानमा पनि ढोकामा झैं झ्यालहरू थिए। दक्षिणको ढोकाको र त्यसको दलानको लमाइ पचास हात र चौडाइ पच्चीस हात थियो।दक्षिण भागमा भित्री चोकमा एउटा ढोकाको थियो, र ती मानिसले त्यो ढोकादेखि दक्षिण ढोकासम्म नापे, त्यो एक सय हात थियो।त्यसका कोठा, पर्खाल, र दलानहरू अरू ढोका बराबर थिए। दलानमा चारैतिर झ्यालहरू थिए। भित्री ढोकाको र दलानको लमाइ पचास हात र चौडाइ पच्चीस हात थियो।भित्री भित्ताका चारैतिर दलानहरू थिए। यी लमाइमा पच्चीस हात र चौडाइमा पाँच हात थिए।त्यसका कोठाहरू, पर्खाल, र दलानको नाप अरू ढोकाको बराबर थियो, र त्यसको वरिपरि झ्यालहरू थिए। भित्री ढोकाको र त्यसको दलानको लमाइ पचास हात र चौडाइ पच्चीस हात थियो।त्यसका कोठाहरू, पर्खाल, र दलानको नाप अरू ढोका बराबर थियो, र त्यसको वरिपरि झ्यालहरू थिए। ढोकाको र त्यसको दलानको लमाइ पचास हात र चौडाइ पच्चीस हात थियो।त्यहाँ होमबलिको निम्ति डेढ हात लामो, डेढ हात चौडा, र एक हात अग्लो काटिएका ढुङ्गाहरूले बनेका चारवटा टेबल थिए। त्यसमाथि तिनीहरूले ती सामानहरू राख्थे जसद्वारा तिनीहरूले बलिदानको निम्ति होमबलिलाई मार्थे।अनि तिनले चोकको नाप लिए। त्यो एक सय हात लामो र एक सय हात चौडा गरी वर्गाकार थियो, र वेदीचाहिं मन्दिरको अगाडि थियो।अनि ती मानिसले मलाई मन्दिरको दलानमा लगे र दलानका थामहरू नापे। ती दुवैपट्टि पाँच हात चौडा थिए। ढोकाचाहिं चौध हात चौडा थियो, र त्यसको सबैतिरका भित्ता तिन हात चौडा थिए।दलानको लमाइ बिस हात थियो, र त्यसको गहिराइ एघार हात थियो। त्यसमा जानलाई खुट्किलाहरू थिए र त्यसको दुवै पट्टि खम्बाहरू थिए।त्यसपछि ती मानिसले मलाई मन्दिरको पवित्र स्थानमा ल्याए र ढोकाका चौकोसहरू नापे। ती दुवैपट्टि छ हात चौडा थिए।ढोकाको चौडाइ दश हात थियो। हरेक तर्फको भित्ता पाँच हात थियो। तब ती मानिसले पवित्र स्थानको क्षेत्रफल नापे। त्यो चालिस हात लामो र बिस हात चौडा थियो।त्यसपछि ती मानिस महा-पवित्र स्थानभित्र गए र ढोकाको चौकोसहरू नापे। ती दुई हात थिए, र ढोकाको चौडाइ छ हात थियो। दुवैतिरका भित्ताका चौडाइ सात हात थियो।तब तिनले कोठाको लमाइ बिस हात नापे। मन्दिरको सभामन्दिरको अगाडिको भागसम्म त्यो बिस हात चौडा थियो। अनि तिनले मलाई भने, “यो महा-पवित्र स्थान हो।”त्यसपछि ती मानिसले मन्दिरको भित्ता नापे। त्यो छ हात बाक्लो थियो। मन्दिर वरिपरि भएका छेउका कोठाहरू चार हात चौडा थिए।अनि मैले मन्दिरको चारैतिर उठेको भाग देखें, जुन छेउका कोठाहरूका निम्ति जग थिए। त्यो एक लौरो अग्लो अर्थात् छ हात थियो।छेउका कोठाहरूका बाहिरी भागको चौडाइ पाँच हात थियो। पवित्र-स्थानमा यी कोठाहरूको बाहिरपट्टि खुला ठाउँ थियो।यस खुला ठाउँको अर्को पट्टि पुजारीहरूका बाहिरी भागका कोठाहरू थिए। पवित्र-स्थानभरि नै त्यसको चौडाइ बिस हात थियो।भित्री कोठाहरूका निम्ति अर्को खुला ठाउँबाट ढोकाहरू थिए। एउटा ढोकाको उत्तर भागमा थियो र अर्कोचाहिं दक्षिण भागमा। यो खुला ठाउँको चौडाइ चारैतिर पाँच हात थियो।पश्चिमबाट चोक तर्फ फर्केको भवन सत्तरी हात चौडा थियो। त्यसको भित्ता सबैतिर पाँच हात बाक्लो थियो, र त्यसको लमाइ नब्बे हात थियो।अनि ती मानिसले पवित्र-स्थानको नाप लिए। त्यसको लमाइ एक सय हात थियो। बेग्लै रहेको भवनको भित्ता र चोक पनि एक सय हात लामो थियो।पवित्र-स्थानको अगाडिको चोकको अगाडि भागको चौडाइ पनि एक सय हात थियो।अनि ती मानिसले पवित्र-स्थानको पछाडिको पश्चिममा रहेको भवन, र दुवैपट्टिको बार्दलीको लमाइ नापे, ती एक सय हात थिए। पवित्र-स्थान र दलान,पवित्र-स्थानको अगाडिको काठको वेदीजस्तो थियो, जुन सबैतिर तिन हात अग्लो र दुई हात लामो थियो। त्यसको कुनाका चौकोसहरू, आधार, र पाटाहरू काठले बनेका थिए। अनि ती मानिसले मलाई भने, “यो त्यो टेबल हो जुन परमप्रभुको सामु रहन्छ।”यी बार्दलीहरूको लमाइ एक सय हात र चौडाइ पचास हात थियो।ती बार्दलीहरूका अगाडि दश हात चौडा र एक सय हात लामो बाटो थियो। ती बार्दलीहरूका ढोकाहरू उत्तरतर्फ थिए।बाहिरी भित्ता कोठाहरूबाट भएर बाहिरी चोकसम्म पुग्थे, र चोकचाहिं कोठाहरूको अगाडि थियो। त्यो भित्ताको लमाइ पचास हात थियो।बाहिरी चोकका कोठाहरूको लमाइ पचास हात थियो, र पवित्र-स्थानतिर फर्केका कोठाहरूको लमाइ एक सय हात थियो।तिनले पूर्वी भागलाई एउटा नाप्ने लौरोले नापे, नाप्ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो।वेदीका नापहरू लामो हातको नापअनुसार यस्ता हुन्—लामो हातको नाप एक हात र चार अङ्कुलको चौडाइ बराबर हुन्छ। वेदीको वरिपरिको नाल एक हात गहिरो, र त्यसको चौडाइ एक हात हुनेछ। त्यसलाई घेर्ने बिटको नाप एक बित्ता हुनेछ। योचाहिं वेदीको आधार हो।भूँइको नालदेखि वेदीको तल्लो किनारसम्म दुई हात, र किनार आफैचाहिं एक हात चौडा छ। अनि वेदीको सानो किनारदेखि ठुलो किनारसम्म चार हात, र ठुलो किनारचाहिं एक हात चौडा छ।होमबलिको निम्ति वेदीको अगेनो चार हात अग्लो छ, र अगेनोमा माथि फर्केका चारवटा सिङ छन्।त्यसको चारैतिर त्यसको बिट चौध हात लामो र चौध हात चौडा छ, र त्यसको किनार आधा हात चौडा छ। नालचाहिं पूर्वतिर फर्केका खुट्किलासहित सबैतिर एक हात चौडा छ।”यसबाट पाँच सय हात लमाइ र चौडाइको वर्गाकार क्षेत्र हुनेछ जसले पवित्र स्थानलाई घेर्नेछ, र त्यसको वरिपरिको सिमाना पचास हात चौडा हुनेछ।ती मानिस पूर्वतिर गइरहँदा, तिनको हातमा एउटा नाप्ने टाँगो थियो। तिनले एक हजार हात नापे र तिनले मलाई त्यो पानीको बाटोहुँदै गोलिगाँठोसम्म पानी आउने ठाउँमा ल्याए।जकरिया1
स्वर्गदूतले मलाई भने, “तिमी के देख्दैछौ?” मैले जवाफ दिएँ, “मैले नौ मिटर लामो र साढे चार मिटर चौडा चर्मपत्रको मुट्ठो उडिरहेको देख्दै छु।”मत्ती1
अनि तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ र?लुका1
र के तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो जीवनको आयुमा एकपल पनि थप्न सक्छौ र?यूहन्ना1
अरू चेलाहरू डुङ्गामा चढे (किनकि तिनीहरू जमिनबाट धेरै टाढा थिएनन्, करिब सय मिटर टाढा मात्र थिए), र तिनीहरूले माछाले भरिएको जाल तानिरहेका थिए।प्रकाश1
तिनले त्यसको पर्खाल पनि नापे, मानिसहरूद्वारा नाप्दा त्यो पैँसट्ठी मिटरको थियो। (जुन स्वर्गदूतहरूले पनि नापेको हो)।स्रोतहरू: Tyndale Open Bible Dictionary © 2023 Tyndale House Publishers, CC BY-SA 4.0 — रूपान्तरित र छोटो पारिएको; मूल रचना tyndaleopenresources.com मा निःशुल्क उपलब्ध छ · Human-made Things in the Bible © United Bible Societies 2025, adapted from R. Pritz, The Works of Their Hands: Man-made Things in the Bible © 2009 UBS, CC BY-SA 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार