क्षयार्ष प्रथमले (486–465 ई.पू.) ग्रीसमाथि आक्रमण गरे र 480 ई.पू. मा सलामिसमा आफ्नो जहाजी बेडा गुमाए। तिनका छोरा अर्तासास्त प्रथम (465–424 ई.पू.) ती राजा थिए, जसको सेवा नहेम्याहले शूशनमा गरे।
बाइबलमा · 445 ई.पू. · यरूशलेम
नहेम्याह र पर्खालहरू
फारसी राजाका कचौरा-वाहक नहेम्याहले रातमा यरूशलेमका भत्केका पर्खालहरू निरीक्षण गर्छन् र तिनलाई फेरि बनाउन मानिसहरूको अगुवाइ गर्छन्।
यसरी म यरूशलेम आइपुगेँ, र त्यहाँ दिन रहेँ। म र केही मानिसहरू रातमा उठ्यौँ। यरूशलेमको निम्ति परमेश्वरले मेरो ह्रदयमा हालिदिनुभएको बोझबारे मैले कसैलाई बताइनँ। म चढिरहेको पशुबाहेक त्यहाँ अरू कुनै पशु थिएन। म राति बेँसी ढोका भएर बाहिर निस्केँ, अनि यरूशलेमका पर्खालहरू भत्केका र मूल ढोकाहरू जलाइएका ठाउँको निरीक्षण गर्दै म फोहोर ढोका रा स्यालको पोखरीतिर गएँ। त्यसपछि म फुहारा ढोका र राजाको तलाउमा गएँ। त्यो ठाउँ यति सानो थियो कि म चढिरहको पशु जानलाई ठाउँ नै पुगेन। त्यसैले त्यस रात म उपत्यका भएर गएँ, र पर्खालको निरीक्षण गरेँ, अनि म फर्केर बेँसी ढोकाबाट भित्र प्रवेश गरेँ। यसरी म फर्किएँ। म कहाँ गएँ र मैले के गरेँ भन्ने बारेमा शासकहरूलाई थाहै भएन, र यति बेलासम्म मैले यहूदीहरूलाई पनि भनेको थिइनँ, न पुजारीहरू, न प्रतिष्ठित मानिसहरू, न शासकहरू, न त काम गर्ने बाँकी मानिसहरूलाई भनेको थिएँ। मैले तिनीहरूलाई भनेँ, “हामी कस्तो सङ्कष्टमा छौँ, यरूशलेम कसरी भग्नावशेषमा परिणत भएको छ र यसका मूल ढोकाहरू आगोले नष्ट पारिएको छ भनी तिमीहरूले देखेका छौ। आओ, हामी फेरि अपमानित नहोऔँ भनेर यरूशलेमको पर्खाल पुनर्निर्माण गरौँ।” मेरा परमेश्वरको असल हात ममाथि र राजाले मलाई भन्नुभएका वचनहरूमाथि थियो भनी मैले तिनीहरूलाई बताएँ। तिनीहरूले भने, “उठौँ, र निर्माण गरौँ।” त्यसैले असल कामको लागि तिनीहरूले आ-आफ्ना हात मजबुत पारे। तर जब होरोनी सन्बलत, अम्मोनी अधिकारी तोबिया र अरबी गेशेमले यो कुरा सुने तिनीहरूले हामीलाई खिसी गरे र गिल्ला गरेर भने, “तिमीहरू के गर्दै छौ? के तिमीहरू राजाको विरुद्धमा विद्रोह गर्दै छौ?” तब मैले तिनीहरूलाई जवाफ दिएँ, “स्वर्गका परमेश्वरल हामीलाई सफलता दिनुहुने छ। हामी उहाँका दासहरू हौँ, अनि हामी उठ्ने छौँ र निर्माणको काम गर्ने छौँ। तर यरूशलेममा तिमीहरूको कुनै हिस्सा, कुनै हक र कुनै ऐतिहासिक दाबी छैन।”त्यही समयमा संसारमा
फारसी राजा अर्तासास्त प्रथमका कचौरा बोक्ने नहेम्याह 445 ई.पू. मा यरूशलेम आए र यसका पर्खालहरू फेरि बनाए। एक पुस्ताअघि, एस्तरको पुस्तकका राजा अहासूरसलाई प्रायः क्षयार्ष प्रथम (जर्क्सिज) मानिन्छ। यहाँ 5औँ शताब्दी ई.पू. को संसार छ।
नहेम्याहले यरूशलेमका पर्खालहरू फेरि बनाइरहँदा, पेरिक्लिसको अधीनमा एथेन्सले आफ्नो अक्रोपोलिसमा पार्थेनन बनाइरहेको थियो, जुन 447 ई.पू. मा सुरु भएको थियो।
ग्रीक इतिहासकार हेरोडोटसले आफ्नो “इतिहास” लेखे, पश्चिममा इतिहासको पहिलो ठुलो कृति। पुस्तक 4 मा तिनले सिथियनहरू र बोरिस्थेनिस — निप्रो — को वर्णन गर्छन्, जसलाई तिनी नील नदीपछिको सबैभन्दा उर्वर नदी भन्छन्। तिनी सम्भवतः यसको मुखनजिकको ओल्बिया गएका थिए।
आस्वानको एलिफ्यान्टाइन टापुमा यहूदी सिपाहीहरूले फारसीहरूको सेवा गर्थे र तिनको आफ्नै मन्दिर थियो। 407 ई.पू. का तिनका अरामी पत्रहरूले सामरियाका शासक सन्बलतका छोराहरूको उल्लेख गर्छन् — नहेम्याहका विरोधी (नहेम्याह 2:10)।
चीनमा पुरानो व्यवस्था टुक्रिएर सातवटा प्रतिद्वन्द्वी राज्य बने। यस अशान्त युगमा “सय विचारधारा” का चिन्तकहरूले — कन्फ्युसियस, मोजी र ताओवादी गुरुहरूका अनुयायीहरूले — कसरी बाँच्ने र कसरी शासन गर्ने भनेर बहस गरे।
स्रोतहरू: Theographic Bible Metadata, CC BY-SA 4.0 · OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार