Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › बाइबल के भन्छ › बुढेसकाल

जीवन र काम

बुढेसकाल बारे बाइबल के भन्छ

यस विषयका लागि पाठकहरू सबैभन्दा बढी फर्केर पढ्ने 10 पद, पवित्र बाइबल (ULB) बाट पूरै उद्धृत।

हितोपदेश 16:31फुलेको कपाल शोभाको मुकुट हो। ठिक तरिकाले जिएर यसलाई प्राप्‍त गर्न सकिन्छ।
यशैया 46:4तिमीहरूका बुढेसकालमा पनि उही हुँ र तिमीहरूका कपाल फुल्‍ने बेलामा पनि म तिमीहरूलाई बोक्‍नेछु। मैले तँलाई बनाएँ र म नै तँलाई बोक्‍नेछु। म तँलाई बोक्‍नेछु र म तँलाई छुटकारा दिनेछु।
हितोपदेश 20:29युवाहरूको महिमा तिनीहरूको शक्ति हो, र पाकाहरूको शोभा तिनीहरूको फुलेको कपाल हो।
लेवीहरू 19:32फुलेका केश भएकाहरूका उपस्थितिमा खडा होओ र वृद्ध मानिसको उपस्थितिलाई आदर गर। तिमीहरूका परमेश्‍वरको भय मान। म परमप्रभु हुँ।
२ कोरिन्थी 4:16त्यसकारण हामी निराश हुँदैनौँ। हामी बाहिरी रूपमा विनाश हुँदै गए तापनि, भित्री रूपमा हामी प्रतिदिन नयाँ भइरहेका छौँ।
अय्यूब 12:12पाका मानिसहरूसित बुद्धि हुन्छ। लामो आयुमा समझशक्ति हुन्छ।
भजनसंग्रह 71:18वास्तवमा, हे परमेश्‍वर, म वृद्ध हुँदा र मेरो कपाल फुल्दा पनि मलाई नत्याग्‍नुहोस्, जसरी मैले तपाईंको सामर्थ्य अर्को पुस्तालाई, तपाईंको शक्ति आउनेवाला हरेकलाई घोषणा गरिरहेको छु।
भजनसंग्रह 71:9मेरो वृद्ध अवस्थामा मलाई टढा नफाल्‍नुहोस्। मेरो बल कमजोर हुँदा मलाई नत्याग्‍नुहोस्।
भजनसंग्रह 92:14ती बुढा हुँदा पनि तिनले फल फलाउँछन्। ती ताजा र हरिया नै रहन्छन्,
हितोपदेश 17:6नाति-नातिनाहरू पाकाहरूका मुकुट हुन्, र बुबाआमाले तिनीहरूमा आदर ल्याउँछन्।

यी पाठकहरूले यस विषयका लागि प्रायः खोज्ने पदहरू हुन् — यसबारे कुनै शिक्षा होइन। हरेकलाई त्यसको अध्यायमा पढ्नुहोस्।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार