Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › बाइबल के भन्छ › धैर्य

जीवन र काम

धैर्य बारे बाइबल के भन्छ

यस विषयका लागि पाठकहरू सबैभन्दा बढी फर्केर पढ्ने 10 पद, पवित्र बाइबल (ULB) बाट पूरै उद्धृत।

१ कोरिन्थी 13:4–5प्रेम सहनशील र दयालु हुन्छ। प्रेमले डाह वा घमण्ड गर्दैन। यो अहङ्कारी हुँदैन। वा प्रेम रुखो हुँदैन। यसले आफ्नै स्वार्थ खोज्दैन। यो सजिलै रिसाउँदैन न त यसले खराबीको हिसाब राख्छ।
रोमी 12:12तिमीहरूमा भएको भविष्यप्रतिको निश्‍चयताको बारेमा आनन्द मनाओ। दुःखमा धैर्य गर। निरन्तर प्रार्थना गर्दै रहो।
२ पत्रुस 3:9अरूले सोचेजस्तै परमेश्‍वर आफ्नो प्रतिज्ञाको बारेमा ढिलो गर्नुहुन्‍न, तर तिमीहरूको निम्ति उहाँ धैर्यवान् हुनुहुन्छ। उहाँ तिमीहरूमध्ये कोही पनि नाश होस् भन्‍ने चाहनुहुन्‍न, तर उहाँले सबैलाई पश्‍चात्ताप गर्ने समय दिने चाहना गर्नुहुन्छ।
रोमी 8:25तर यदि हामी अझैसम्म नदेखिएका कुरामा विश्‍वस्त छौँ भने, हामी यसको लागि धैर्यसाथ प्रतीक्षा गर्दछौँ।
भजनसंग्रह 27:14परमप्रभुको आसा गर। बलियो होओ र तिमीहरूका हृदय उत्साहित होस्। परमप्रभुको आसा गर।
हितोपदेश 15:1विनम्र जवाफले क्रोधलाई हटाउँछ, तर कठोर वचनले रिस उठाउँछ।
भजनसंग्रह 37:7परमप्रभुको सामु मौन बस र धैर्यपूर्वक उहाँको आसा गर। आफूले गरेका कुरामा कोही सफल हुँदा वा त्यसले दुष्‍ट षड्यन्त्रहरू बनाउँदा क्रोधित नहोऊ।
गलाती 6:9हामी असल काम गर्न थकित नहोऔँ, किनकि यदि हामीले हरेस खाएनौँ भने ठिक समयमा हामीले फसलको कटनी गर्नेछौँ।
एफिसि 4:2ज्यादै विनम्रता र कोमलता र धैर्यतामा जिओ। एकले अर्कालाई प्रेममा स्वीकार गर।
कलस्सी 3:12त्यसकारण, परमेश्‍वरका चुनिएकाहरू, पवित्र र प्रियहरू, करुणामय हृदय, दया, नम्रता, दीनता, र धैर्य धारण गर।

यी पाठकहरूले यस विषयका लागि प्रायः खोज्ने पदहरू हुन् — यसबारे कुनै शिक्षा होइन। हरेकलाई त्यसको अध्यायमा पढ्नुहोस्।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार