Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › बाइबल के भन्छ › उदारता

जीवन र काम

उदारता बारे बाइबल के भन्छ

यस विषयका लागि पाठकहरू सबैभन्दा बढी फर्केर पढ्ने 11 पद, पवित्र बाइबल (ULB) बाट पूरै उद्धृत।

लुका 6:38अरूहरूलाई देऊ र तिमीहरूलाई पनि दिइनेछ। प्रशस्त परिमाणमा खाँदी-खाँदी, हल्लाई-हल्लाई पोखिने गरी, तिनीहरूले तिमीहरूका पोल्टामा खन्याउनेछन्। जुन नापले तिमीहरू नाप्‍तछौ, त्यहीँ नापले तिमीहरू पनि नापिनेछौ।”
प्रेरित 20:35सबै कुरामा मैले तपाईंहरूलाई कसरी काम गरेर कमजोरहरूको सहायता गर्नुपर्छ र प्रभु येशूका वचनहरूको सम्झना गर्नुपर्छ भन्‍ने उदाहरण दिएको छु, जसरी उहाँ आफैँले यी वचनहरू भन्‍नुभयो, ʻलिनुभन्दा दिनु अझ बढी आशिष्‌को कुरो हो।ʼ”
२ कोरिन्थी 9:7हरेकले आफ्नो हृदयमा सङ्कल्प गरेअनुसार देओस्। दुःखित भएर र करकापमा परेर कसैले पनि नदेओस्। खुसीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ।
हितोपदेश 11:24–25जसले छर्छ, त्यसले धेरै बटुल्ने छ। जसले दिनुपर्ने पनि समातेर राख्छ, त्यो दरिद्रतामा पर्छ। उदार व्यक्तिको उन्‍नति हुने छ, र अरूलाई पानी दिने व्यक्ति आफैले पानी पाउने छ।
हितोपदेश 19:17गरिबप्रति दयालु हुनेले परमप्रभुलाई सापट दिन्छ, र उहाँले त्यसले गरेको कामको प्रतिफल दिनुहुने छ।
२ कोरिन्थी 9:6यसको अर्थ होः थोरैसँग छर्नेले थोरै बटुल्छ; आशिष्‌ पाउने उद्देश्यले छर्नेले आशिष्‌कै कटनी गर्छ।
१ तिमोथी 6:17–19यस संसारका धनीहरूलाई भन, यस संसारका धनमा गर्व नगर्न भन, र अनिश्‍चित सम्पत्तिमा आशा नगर्न भन। बरु तिनीहरूले परमेश्‍वरमा आशा राखून्। उहाँले हामीलाई सबै साँचो सम्पत्तिहरू हाम्रा आनन्दका लागि दिनुहुन्छ। तिनीहरूलाई असल काम गर्न, तिनीहरू असल काममा धनी हुन, उदार हुन र बाडचुड गर्ने इच्छा गर्न भन। यसरी तिनीहरूले आउने कुराको लागि असल जग भण्‍डार गर्नेछन्, यसैले तिनीहरूले साँचो जीवनलाई पक्रनेछन्।
हिब्रू 13:16अनि हामीले एक अर्कालाई भलाइ गर्न र सहायता गर्न नबिर्सौं। किनकि यस्तै बलिदानहरूसँग परमेश्‍वर अति प्रसन्‍न हुनुहुन्छ।
१ यूहन्ना 3:17तर जससँग संसारका थोकहरू छन्, जसले आफनो भाइ खाँचोमा परेको देखेर पनि दयाको हृदय त्यसबाट बन्द गर्छ भने कसरी परमेश्‍वरको प्रेम त्यसमा रहन्छ?
हितोपदेश 22:9उदार दृष्‍टि भएको मानिस आशिषित् हुने छ, किनकि त्यसले आफ्नो रोटी गरिबहरूसित बाँडचुँड गर्छ।
हितोपदेश 3:27तँ शक्तिमा रहुञ्‍जेलसम्म भलाइ गरिन योग्य भएकाहरूबाट त्यसलाई नरोक्।

यी पाठकहरूले यस विषयका लागि प्रायः खोज्ने पदहरू हुन् — यसबारे कुनै शिक्षा होइन। हरेकलाई त्यसको अध्यायमा पढ्नुहोस्।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार