Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › बाइबल के भन्छ › लोभ

जीवन र काम

लोभ बारे बाइबल के भन्छ

यस विषयका लागि पाठकहरू सबैभन्दा बढी फर्केर पढ्ने 10 पद, पवित्र बाइबल (ULB) बाट पूरै उद्धृत।

हिब्रू 13:5तिमीहरूका चालचलनलाई रुपियाँ-पैसाको प्रेमबाट अलग राख। तिमीहरूसँग भएका थोकहरूमा सन्‍तुष्‍ट होओ। किनकि परमेश्‍वर आफैँले यसो भन्‍नुभएको छ, “म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ, न त म तिमीहरूलाई त्याग्‍नेछु।”
१ तिमोथी 6:10रूपैयाँ पैसाको मोह नै सबै किसिमको खराबीहरूको जड हो। यसको चाह गर्ने केही मानिसबाट टाढा भडकाइएका छन् र धेरै पीडाले आफैलाइ घोचेको छन्।
मत्ती 6:24कसैले पनि दुई जना मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले कि त एउटालाई घृणा गर्छ र अर्कोलाई प्रेम गर्दछ, वा एउटाप्रति समर्पित हुन्छ र अर्कोको उपेक्षा गर्दछ। तिमीहरूले परमेश्‍वर र धन दुवैको सेवा गर्न सक्दैनौ।
फिलिप्पी 2:4आफ्ना आवश्यकताहरूमा मात्र ध्यान नदेओ, तर अरूहरूका आवश्यकताहरूमा पनि ध्यान लगाओ।
लुका 12:15र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हेर आफैँलाई लोभी इच्छाहरूबाट अलग राख, किनभने कसैको पनि जीवन उसको प्रशस्त धन सम्पत्तिको कारणले गर्दा जीवन प्रशस्ततामा रहन सक्दैन।”
हितोपदेश 28:25लोभी मानिसले द्वन्द्व निम्त्याउँछ, तर परमप्रभुमा भरोसा गर्नेको उन्‍नति हुने छ।
१ तिमोथी 6:9अब, धनी हुन चाहनेहरू परिक्षामा पर्छन, पासोमा फस्‍छन्। तिनीहरू धेरै मूर्ख र हानिकारक वासनाहरूमा फस्छन्, र मानिसलाई बरवादी र विनाशमा दुब्छन्।
उपदेशक 5:10चाँदीलाई प्रेम गर्ने चाँदीबाट सन्तुष्‍ट हुने छैन, र धन-सम्पत्तिलाई प्रेम गर्नेले सधैँ यसको बढी चाह गर्छ। यो पनि बाफ हो।
हितोपदेश 15:27चोरी गर्नेले आफ्नो परिवारमा सङ्कष्‍ट ल्याउँछ, तर घुसलाई घृणा गर्नेचाहिँ बाँच्ने छ।
हितोपदेश 11:24जसले छर्छ, त्यसले धेरै बटुल्ने छ। जसले दिनुपर्ने पनि समातेर राख्छ, त्यो दरिद्रतामा पर्छ।

यी पाठकहरूले यस विषयका लागि प्रायः खोज्ने पदहरू हुन् — यसबारे कुनै शिक्षा होइन। हरेकलाई त्यसको अध्यायमा पढ्नुहोस्।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार