गृहपृष्ठ › बाइबल के भन्छ › घमण्ड
जीवन र काम
घमण्ड बारे बाइबल के भन्छ
यस विषयका लागि पाठकहरू सबैभन्दा बढी फर्केर पढ्ने 10 पद, पवित्र बाइबल (ULB) बाट पूरै उद्धृत।
फिलिप्पी 2:3
स्वार्थ र रित्तो अहङ्कारमा केही नगर। बरु नम्रतामा आफूलाईभन्दा अरूहरूलाई उच्च ठान।हितोपदेश 8:13
परमप्रभुको भय खराबीलाई घृणा गर्नु हो। म घमण्ड, अहङ्कार, दुष्ट मार्ग र भड्काउने बोलीवचनलाई घृणा गर्दछु। म तिनीहरूलाई घृणा गर्दछु।१ शमूएल 2:3
यति धैरै घमण्ड गरेर अहंकारी नहो। तेरो मुखबाट अहंकारका कुनै कुरा ननिस्कोस्। किनकि परमप्रभु ज्ञानका परमेश्वर हुनुहुन्छ। उहाँद्वारा नै कामहरू जोखिन्छन्।हितोपदेश 16:18
विनाशअगि घमण्ड आउँछ, र पतनअगि हठी आत्मा आउँछ।रोमी 12:3
किनभने मलाई दिइएको अनुग्रहअनुसार म यो कुरा भन्छु, कि तिमीहरूमध्ये कसैले पनि आफूलाई जस्तो ठान्नुपर्ने हो सोभन्दा बढी नठानोस्। बरु, परमेश्वरले हरेकलाई दिनुभएको विश्वासको नापबमोजिम बुद्धिमानी ढङ्गले सोच्नुपर्छ।हितोपदेश 16:5
अहङ्कारी हृदय भएको हरेकलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर यो निश्चित छ, कि तिनीहरू दण्डविना उम्कने छैनन्।यशैया 13:11
संसारलाई त्यसको दुष्टताको निम्ति अनि दुष्टहरूलाई तिनीहरूका अपराधको निम्ति म सजाय दिनेछु। घमण्डीको अहङ्कारलाई म अन्त गर्नेछु र निर्दयीको अहङ्कारलाई तल खसाल्नेछु।हितोपदेश 11:2
जब घमण्ड आउँछ, तब अपमान आउँछ, तर विनम्रतासित बुद्धि आउँछ।हितोपदेश 29:23
मानिसले घमण्डले त्यसलाई तल खसाल्छ, तर विनम्र आत्मा भएको मानिसलाई आदर दिइने छ।हितोपदेश 27:2
कसैले तेरो प्रशंसा गरोस्, तेरै आफ्नै मुखले होइन; परदेशीले गरोस्, तेरो ओठले होइन।यी पाठकहरूले यस विषयका लागि प्रायः खोज्ने पदहरू हुन् — यसबारे कुनै शिक्षा होइन। हरेकलाई त्यसको अध्यायमा पढ्नुहोस्।
स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार